रास्वपाले स्वीकृत गर्यो सुमनाको राजीनामा
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ।
आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।
श्रेष्ठले गत चैत १८ गते नै पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। पार्टी सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको राजीनाबारे छलफल भएको थिएन। त्यसै थाति रहेको थियो।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
