रेशम थुनामुक्त हुदै, सर्बोच्च अदालतले थुनामुक्त गर्न प्रहरीलाई पत्र पठायो

काठमाण्डौं, १७ बैशाख ।
सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाएको छ ।
रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाएको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।
‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन ।
सर्वोच्च अदालत स्रोतले यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँगसमेत कुराकानी भइरहेको बताएको छ ।
प्रहरी र सर्वोच्चका बीचमा समन्वय नहुदा र प्रहरीले सर्वोच्चको पत्रका बारेमा पुष्टि नगर्दा रेशम पक्राउ परेका हुन् ।
रेशमलाई हिरासतमा राख्न पत्र लेख्ने लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टले टीकापुरमा मारिएकाहरुको आत्माले पोलेकाले पत्र लेखेको बताएका छन् ।
चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत बिष्ट पक्राउ परेका छन् ।