कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । समितिमा परेका उजुरीलगायत विषयमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिए ।
उनले भने, “बैठकमा एजेन्डा धेरै छन्, बैठकपछि हामी सार्वजनिक गर्नेछौँ ।”
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेकोलगायत विषयमा ७०० भन्दा बढी उजुरी परेको उनले जानकारी दिए ।
ती उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुने उनले बताए । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ ।
