बजेट महत्त्वाकांक्षी होइन, जीडीपीको तुलनामा सानो हो : अर्थमन्त्री

द एभरेष्ट पोष्ट
१७ जेठ २०८३ १७:१९
बजेट महत्त्वाकांक्षी होइन, जीडीपीको तुलनामा सानो हो : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकांक्षी नभएको बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताएका हुन्।

‘विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ’, उनले भने।

उनका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जीडीपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो।

अर्थमन्त्री डा.वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको बताउँदै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताए।

‘भूकम्प अगाडि हाम्रो बजेटको आकार जीडीपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो’, उनले भने, ‘भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो।’

सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस