सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:०२
सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने

कैलाली । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासका लागि विशेष योजना अघि सारेको छ । आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वणिम वाग्लेले सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको चतुर्दिक विकास गरिने बताएका हुन् ।

बजेट वक्तव्य अनुसार सुदूरपश्चिम प्रदेशका विशिष्ट धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

योजना अन्तर्गत अछामको रामारोशन, खप्तड क्षेत्र, बाजुराको बडीमालिका, डोटीस्थित शैलेश्वरी, डडेलधुराको उग्रतारा तथा दार्चुलाको मल्लिकार्जुन क्षेत्रलाई समेटिएको छ । सरकारले ती क्षेत्रहरूको पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन तथा धार्मिक पर्यटन विस्तारमा जोड दिने जनाएको छ ।

अर्थमन्त्री वाग्लेले यी क्षेत्रहरूको योजनाबद्ध विकासका लागि क्षेत्र समिति मार्फत कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे । सरकारले यस योजनाबाट सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस