वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक राष्ट्रपतिले स्थगित गरे

द एभरेष्ट पोष्ट
१० वैशाख २०८३ १७:५२
वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक राष्ट्रपतिले स्थगित गरे

काठमाडौं : वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक स्थगित गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक स्थगित गर्न सिफारिस गरेको थियो।

यसअघिको मन्त्रिपरिषद् बैठकले संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही बमोजिम राष्ट्रपति पौडेलले बुधबार संसद अधिवेशन आह्वान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस