कांग्रेस संसदीय दलको विधान पारित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ । बिहीबार (वैशाख १०) बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो । विधान पारित भएसँगै अनुमोदनका निम्ति पार्टी कार्यालयमा पत्राचार गरिएको सांसद बासना थापाले जानकारी दिइन् ।
“अनुमोदनका लागि आज पत्राचार भएको छ । निर्वाचन प्रक्रिया त हामीले सुरु गरिसक्यौँ,” उनले भनिन्, “मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिसक्यौँ, सर्वसम्मतिको प्रयास भइरहेको छ । कतिजना उमेदवार हुन्छन्, त्यसपछि कुरा हुन्छ ।”
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति शुक्रबार (वैशाख ११) निर्वाचनको मिति तय छ ।
