९ महिनामा सवा २ खर्ब निर्यात
काठमाडौं- चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको भएको छ। भन्सार विभागका अनुसार अघिल्लो आवको सोही अवधिमा वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबर भएको थियो। त्यसैगरी, कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबर भएको थियो।
तेस्रो त्रैमासमा वनस्पति तथा जनावरको घिउ र तेल निर्यात उच्च रहेको छ। यसअधिमा १ खर्ब ५ अर्ब रुपैयाँबराबरको घिउतेल निर्यात भयो। त्यसैगरी, कफी, मसला, चिया १४ अर्ब ९८ करोड रुपैयाँबराबरको भएको छ। तेस्रो त्रैमासमा वस्तु आयात भने १४ खर्ब ९० अर्ब रुपैयाँबराबर भएको छ। गत आवको सोही अवधिमा आयात १३ अर्ब ९ अर्ब रुपैयाँबराबर भएको थियो।
९ महिनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ रहेको छ। यस अवधिमा २ खर्ब ५० अर्ब रुपैयाँबराबरको पेट्रोलिय पदार्थ आयात भएको छ। यस अवधिमा तेस्रो मुलुकबाट १ खर्ब २९ अर्ब रुपैयाँबराबर वनस्पति घिउ तेलको आयात भएको छ।
त्यसैगरी, ९ महिनामा मेसिनरी र मेकानिकल उपकरण तथा पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब रुपैयाँबराबर आयात भएको छ भने १ खर्ब ५ अर्ब रुपैयाँबराबरको फलाम र स्टिलमा खर्च भएको छ। त्रैमासमा ८३ अर्ब ७ करोड रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ।
९ महिनाको अवधिमा कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।
यस आवमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँबराबर भएको छ। अघिल्लो आव भने ११ खर्ब २१ अर्ब रुपैयाँबराबर भएको थियो। भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। नेपालबाट भारततर्फ भने १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ। चीनबाट ३ खर्ब रुपैयाँबराबरको वस्तु आयात भएको भने १ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। यसै अवधिमा अर्जेन्टिनाबाट ८७ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने निर्यात भने न्यून रहेको छ।
