परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता

द एभरेष्ट पोष्ट
४ वैशाख २०८३ १३:४८
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबिच आज शिष्टाचार भेटघाट भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

सो अवसरमा व्यापार, शिक्षा र विकास साझेदारी जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा दुवै देशलाई फाइदा पुग्ने गरी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस