पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोही प्रणालीले गर्दा अहिले वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको पछिल्लो सूचनामा भनिएको छ, “अहिले पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको छ र पानी परिरहेको छ । त्यसैगरी गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै ठाउँहरूमा र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ ।”
यसअघि महाशाखाले पानी पार्ने प्रणाली पूर्वतिर फैलिँदै गइरहेको बताएको थियो । अहिले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
