ब्रिज कोर्स बन्दको सूचना मन्त्रालयले वेबसाइटबाट हटायो

द एभरेष्ट पोष्ट
१६ चैत २०८२ १४:०४
ब्रिज कोर्स बन्दको सूचना मन्त्रालयले वेबसाइटबाट हटायो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ ।

आइबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअगाडि लिँदै आएको इन्ट्रान्स तयारी तथा ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाएको थियो ।

तर, सोमबा सो सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, सूचनामा केही विषय अस्पष्ट रहेको र सो सूचनालाई प्रस्ट पार्नुपर्ने भएकाले अहिले हटाइएको हो ।

उनका अनुसार, प्रस्ट हुने गरी फेरि वेबसाइटमा राखिने बताइएको छ ।

मन्त्रालयले आगामी १ वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस