शपथ लगतै बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको वधाइ
काठमाडौं : बालेन (बालेन्द्र) शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले वधाइ तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मार्फत बालेनलाई शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा बालेनको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वासलाई प्रतिबिम्वित गर्ने बताउँदै मोदीले बालेनको कार्यकालमा नेपाल–भारत मित्रता सहकार्य अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले दुई देशका जनताको पारस्पारिक हितका लागि बालेनसँग नजिकबाट काम गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।
