अर्थमन्त्रीको पहिलो निर्णय : आर्थिक स्थितिपत्र तयारदेखि निजी उद्यम-व्यवसायको सुरक्षासम्म
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् ।
सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् ।
निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।
यस्तै, राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय मन्त्री वाग्लेले गरेका छन् ।
यस्तै, निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ ।
