रास्वपाका आनन्द चन्द भारि मतले विजयी

द एभरेष्ट पोष्ट
२३ फागुन २०८२ १५:१०
रास्वपाका आनन्द चन्द भारि मतले विजयी

यशोदा शर्मा,

कैलाली ।प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका  डा.आनन्दबहादुर चन्द भारी मतले विजयी भएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेको पकड क्षेत्र मानिने कैलाली ५ मा झन््डै २० हजार मतको अन्तरले चन्द निर्वाचित भएका हुन्।
निर्वाचन आयोगको मत परिणाम अनुसार छन्दले ३१,९५३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी मानिएका नेपाली कांग्रेसका नरनारायण शाहले ११,९५८ मत प्राप्त गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७,८७६ मत प्राप्त गरेका छन्। आलेले यस अघिका प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट लगातार तीनपटक चुनाव जितेका थिए।
यसपटक आफ्नो चुनावी मैदान कैलाली क्षेत्र नम्बर ३ लाई बनाएका आले तेस्रो तेस्रो स्थानमा समेटिएका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले ५८३९ मत प्राप्त गरे । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारालाल राणाले १७५५ मत  ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस