सुनको मूल्य ५६ सयले बढ्यो

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १२:२७
सुनको मूल्य ५६ सयले बढ्यो

काठ्माण्डौ- साताको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ।

आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए। यसअघि सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी तोलामा ३ सय ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मोल ५ हजार ५० रुपैयाँ तोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस