विमान दुर्घटना : महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित पाँचजनाको मृत्यु
काठमाडौं : महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावरसहित पाँचजनाको विमान दुर्घटनामा परी मृत्यु भएको छ। बुधबार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा उनीसहित पाँचजनाको मृत्यु भएको हो।
बिहान करिब ८ बजे मुम्बईबाट उडेको चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ ।
विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुन् । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता हुन्। उनका श्रीमती र दुई छोरा छन्।
