२० दिन थपियो जाँचबुझ आयोगको म्याद

द एभरेष्ट पोष्ट
९ माघ २०८२ १६:५०
२० दिन थपियो जाँचबुझ आयोगको म्याद

काठ्माण्डौ- भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।

उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ।

अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस