रास्वपाबाट सुदूरपश्चिममा कसकसले दिए उम्मेदवारी ?

द एभरेष्ट पोष्ट
८ माघ २०८२ १९:२६
रास्वपाबाट सुदूरपश्चिममा कसकसले दिए उम्मेदवारी ?

धनगढी, ६ माघ ।
रास्वपाले यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा सुदूर पश्चिमका नौ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

रास्वपाले कैलालीको क्षेत्र नम्बर ४ मा अन्तिम समयमा हरी रेग्मीको उम्मेदवारी रद्द गरेर खेमराज कोईरालालाई उम्मेदवार बनायो । क्षेत्र नम्बर ३ मा टिकट दिएर पठाएका लक्ष्मण चौधरी उम्मेदवार बन्न नपाएपछि उनको स्थानमा जगत जोशीले बाजी मारे ।

कैलाली क्षेत्र नम्बर १ मा कोमल ज्ञवालीले टिकट पाएपछि रास्वपा प्रदेश अध्यक्ष प्रकाश बिष्ट सहित रास्वपाका कार्यकर्ताहरुले रोष प्रकट गरिरहेका छन् ।

अधिकांश निर्वाचन क्षेत्रमा बाहिरबाट उम्मेदवार बनाएको भन्दै विरोध भईरहेको छ ।

शुरुदेखि टिकट वितरणको विरोध गर्दै आएका रास्वपा सुदूर पश्चिम अध्यक्ष बिष्टले सबै कुरा बिर्सेर रास्वपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिममा रास्वपाका उम्मेदवारहरु

१. राजेश सावन्त – दार्चुला–१

२. हरिमोहन भण्डारी – बैतडी–१
३. शैलेश सिंह – बझाङ–१
४. डा. तारा प्रसाद जोशी – डडेलधुरा–१
५. हेमराज थापा – बाजुरा–१
६. नरेन्द्रबहादुर खड्का – डोटी–१
७. ओमप्रकाश रावल – अछाम–१
८. भूपदेव शाह – अछाम–२
९. जनकसिंह धामी – कञ्चनपुर–१
१०. दीपक राज बोहरा – कञ्चनपुर–२
११. ज्ञानेन्द्र महता – कञ्चनपुर–३
१२. कोमल ज्ञवाली – कैलाली–१
१३. केपी खनाल – कैलाली–२
१४. जगत जोशी – कैलाली–३
१५. खेमराज कोइराला – कैलाली–४
१६. आनन्द चन्द – कैलाली–५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस