कैलाली- २ मा रास्वपाका खनालको उम्मेदवारी दर्ता
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केपी खनालले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गारएका छन् ।
खनालले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा रास्वपाका नेता, कार्यकर्ता, स्थानीय समर्थक तथा जनताको उपस्थिति रहेको थियो ।
मनोनयन दर्तापछि खनालले चुनावी अभियानमा जनताको विश्वास, सुशासन र परिवर्तन मुख्य एजेन्डा रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर २ का हरेक घरमा पुगेर जनताको पीडा, समस्या र आवश्यकताबारे प्रत्यक्ष संवाद गर्ने योजना रहेको बताए । ‘जनताको सेवा नै हाम्रो धर्म हो । मैले यहाँको हरेक आवाज संसदसम्म पुर्याउनेछु । इमानदार र उत्तरदायी नेतृत्वमार्फत मात्र देशको विकास र समृद्धि सम्भव छ,’ उनले भने ।
