लोकसेवा आयोगको उपसचिव तहको परीक्षा स्थगित

द एभरेष्ट पोष्ट
२४ पुष २०८२ १७:४३
लोकसेवा आयोगको उपसचिव तहको परीक्षा स्थगित

काठमाडौं : लोकसेवा आयोगले उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरेको छ। निर्वाचन आयोगको आग्रहमा आयोगले माघ १० गतेदेखि २८ गतेसम्म तय गरिएको परीक्षा स्थगित गरिएको हो।

आयोगका उपसचिव कुलप्रसाद सापकोटाका अनुसार २०८२ असोज २९ गते प्रकाशित सूचनाको विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी) न्याय/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको मिति २०८२ माघ १० देखि मिति २८ गते सम्मको परीक्षा कार्यक्रम आयोगको पुस २४ को निर्णयानुसार स्थगित गरिएको हो। स्थगित भएको परीक्षा कार्यक्रम १५ दिनको सूचना दिई पछि प्रकाशन गरिने आयोगले जनाएको छ।

यसअघि निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको थियो। माघ पहिलो सातादेखि आचारसंहिता लागू गरेको र कर्मचारी निर्वाचनमा खट्नुपर्ने भएकाले माघमा हुने उपसचिव (अप्राविधिक/प्राविधिक) तहको परीक्षा स्थगित गर्न आयोगले पत्राचार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस