पूर्वराष्ट्रपति भण्डारी र यादवबीच भेटवार्ता
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । लाजिम्पाटमा आज प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम महिला राष्ट्रपति भण्डारीबिच समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो।
पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रपति भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने घोषणा गरेपनि एमालेले तत्काल बन्देज लगाएपछि रोकिएकी छन्। उनको पार्टी सदस्यता एमालेले नवीकरण गरेको छैन। यसैगरी कांग्रेसबाट निर्वाचित यादव भने सामाजिक संघसंस्थाका कार्यक्रममा मात्र सहभागी हुँदै आएका छन्।
