कैलाली ३ नम्बर क्षेत्रबाट प्रकाश मिश्रसहित ७ जनाको नाम सिफारिस

द एभरेष्ट पोष्ट
१२ पुष २०८२ १२:३२
कैलाली ३ नम्बर क्षेत्रबाट प्रकाश मिश्रसहित ७ जनाको नाम सिफारिस

कैलाली । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले कैलाली क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा प्रकाश मिश्रसहित ,विरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य, कमल प्रसाद चौधरी रहेका छन् । त्यस्तै महिलातर्फबाट विनीता चौधरी र युवातर्फबाट वीरेन्द्र डिसीको नाम सिफारिस गरिएको छ ।

कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले एक महिला नव युवासहितका आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस