नेपाल टेलिकमको नगद लाभांश घोषणा

द एभरेष्ट पोष्ट
९ पुष २०८२ ११:५०
नेपाल टेलिकमको नगद लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । लाभांश अर्थमन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २० गते बुक क्लोजको प्रारम्भिक मिति तोकिएको छ । सोभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस