‘नेपाली भाषा र साहित्यलाई संसारभरी फैलाउदै अनेसास’
भर्जिनिया,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले नेपाली भाषा र साहित्यलाई संसारभरी फैलाउन योगदान पु¥याएकोमा सह्राना गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा कात्तिक १५ गते अमेरिकाको वासिङट्न डी.सी.को मनाससमा आयोजित पुरस्कार वितरण समारोहका वक्ताहरुले नेपाली भाषा र साहित्यको जगेर्ना र अन्तर्राष्ट्रियकरणमा योगदान पु¥याएकोमा मुक्तकण्ठले प्रशंसा गरे ।
समारोहमा बोल्दै मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अनेसासले भाषा र साहित्यको जगेर्नासंगै आदिकवि भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र ईतिहासको समेत जगेर्ना गरिरहेकोमा प्रशंसा गरे ।
भण्डारीले मारुनी, मादल र रोदीघरहरुबाट शुरु भएको साहित्यिक सृजना मौखिकबाट लिखित हुदै सामाजिक सञ्जालमा प्रवेश गरेको बताए ।
त्यो समय कापी,कलम थिएन् । जसका भावनाहरु लेखिएनन् । हामी जन्मिनुभन्दा पहिलेको त्यो समयका मान्छेहरुले हाम्रो कविताको भावना बचाई दिनु भयो, उनले भने, हाम्रो त्यो साहित्यिक उर्जा र सृजनालाई अनेसासले अन्तर्राष्ट्रियकरण गरेको छ ।
घरको चर्चा हुन्छ । तर मान्छेहरु जग बिर्सिन्छन् । घर भत्किएपछि मात्र जगको महत्व थाह हुन्छ, भण्डारीले भने, अनेसास साहित्यको त्यो घर हो, जसको जग बलियो छ ।
उनले नेपाली साहित्यको फैलावट र विश्वव्यापीकरणमा आदिकवि भानुभक्त आचार्यहरुको योगदान उल्लेख्य भएको बताए । उनले भने, मार्टिन लुथर किंग नजन्मिएको भए बाराक ओबामाहरु जन्मिने थिएनन् । भानुभक्त र मोतीरामहरु नजन्मिएको भए लक्ष्मीप्रसाद देवकोटाहरुको जन्म हुने थिएन ।
उनले निराशावादी मान्छेहरुमा उत्साह र आशा सञ्चार गर्ने साहित्य सृजना गर्नु अहिलेको आवश्यकता भएको बताए ।
निराशाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाईरहेको छ, उनले भने, हामीलाई हसाउने, बचाउने र मानव सभ्यता बचाउने साहित्य सृजना आवश्यक भएको छ ।
गोरखा पत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरीले अनेसासले नेपाली भाषा र साहित्यलाई संसारभरी फैलाउन योगदान पु¥याएको भन्दै प्रशंसा गरे ।
महाप्रबन्धक ऐरीले जताततै निराशा र नराकात्मकता हावी भईरहेको चर्चा गर्दै साहित्यले देशभित्र र बाहिर सराकात्मक उर्जा र सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले साहित्यकारहरुले आफ्ना सृजनाहरुमाथि आत्मसमीक्षा गर्नुपर्ने बेला भएको समेत औल्याए ।
उनले नेपाली भाषा, साहित्यको जगेर्नामा योगदान पु¥याउदै आएको गोरखा पत्र संस्थानको सहप्रकाशन मधुपर्क र अनेसासका बीचमा सहकार्य गर्न आफू तयार भएको बताए ।
अनेसास बोर्ड अफ ट्रष्टीका पूर्व सभापति डा. श्याम कार्कीले भाषा मेटिए पहिचान मेटिने बताए ।
उनले प्रवासमा नेपालीको पहिचान जोगाउन अनेसासले भाषा र साहित्य जगेर्नासंगै फैलावटका लागि काम गरिरहेको बताए ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाल बाहिर नेपाली भाषा, साहित्यको जगेर्ना र सम्बद्र्धनमा अनेसासले महत्वपूर्ण योगदान पु¥याएको बताए ।
हामी प्रशस्त पैसा भएर अनेसासमा सक्रिय भएका होईनौ, नेपाली भाषा, संस्कृति प्रतिको अगाध मायाले यसको जगेर्नाका लागि सक्रिय भएका हौ, वाग्लेले भने, अनेसास हाम्रा लागि आमा बा जस्तै हो ।
नेपाली भाषा र साहित्यका पारखीहरुका लागि बा आमा जस्तै रहेको अनेसासलाई प्रवासमा रहेका साहित्यकारहरुले बच्चालाई झै हुर्काएको र फैलाएको वाग्लेले बताए ।
उनले प्रवासमा नेपाली भाषा, साहित्यको जगेर्ना, सम्बद्र्धन र विकासका लागि सन १९९१ मा स्थापना भएको अनेसास संसारभरी फैलिएको बताए ।
प्रवासमा रहेको नेपालीको तेस्रो पुस्तालाई नोवेल पुरस्कारका लागि योग्य नबनाएसम्म अनेसासको जिम्मेवारी पुरा नहुने वाग्लेको भनाई थियो ।
अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पद्म विश्वकर्माले प्रवासमा नेपाली भाषा र साहित्यको जगेर्ना र सम्बद्र्धनका लागिे हरेक वर्ष बिबिध साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको अनेसासले प्रत्येक दुई वर्षमा बिभिन्न बिधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आएको बताए ।
अनेसास पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेयले अनेसासले साहित्यकारलाई प्रोत्साहन, नयाँ पुस्तालाई सृजनामा उत्प्रेरित गर्ने उद्देश्यले बिभिन्न बिधामा कलम चलाउने साहित्यकार र तिनका उत्कृष्ट कृतिहरुलाई पुरस्कार प्रदान गर्दै आएको बताए ।
यो पुरस्कार केवल सम्मान मात्र होईन, नेपाली भाषा र साहित्यलाई विश्वसामु चिनाउने ऐतिहासिक प्रयास हो । यो हाम्रो भाषिक बिबिधता र सामाजिक उत्तरदायित्वको निरन्तरता पनि हो, उनले भने, जसले समुदायकाबीच गौरव र एकताको भावना जगाउने गरेको छ ।
जसको कलम, भावना र सोचले नेपाली समाजलाई नयाँ दिशा र उचाईमा पु¥याएको छ । हामीले त्यस्ता स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएका छौ, जसले नेपाली साहित्यलाई देश विदेशमा नयाँ उचाईमा पु¥याएका छन् ।
अनेसासका महासचिव राजु सिटौलाले नेपाली भाषा, साहित्यको जगेर्ना, विकास र फैलावटका लागि संसारका विभिन्न देशमा गठन भएका च्याप्टरले हरेक वर्ष महाकवि देवकोटा, आदिकवि भानुभक्त आचार्यको जयजयन्तीसंगै बिभिन्न अवसरमा विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको बताए ।
उनले साहित्य लेखनप्रति नयाँ पुस्तालाई आकर्षण गर्न र पुराना पुस्तालाई प्रोत्साहन गर्न पुरस्कार तथा सम्मान कार्यक्रमलाई निन्तरता दिदै आएको बताए ।
एशोसियसन अफ नेप्लिज अमेरिका९एएनए०का अध्यक्ष खगेन्द्र अधिकारी अनेसासले नेपाली भाषा, साहित्यको भाषा जगेर्ना, संरक्षण विकास र अन्तर्राष्ट्रियकरणका लागि अतुलनीय योगदान पु¥याएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।
ब्लड डोनर्स एशोसियसन अमेरिकाका अध्यक्ष महेश्वर पन्तले प्रवासमा रहेका नेपालीहरु शीरमा सगरमाथा, छातिमा बुद्ध, शरीरमा संस्कृति बोकेर बाँचिरहेको बताए ।
उनले अनेसासले प्रवासमा नेपाली भाषा र साहित्यलाई बचाईरहेको जिकिर गरे । उनले भने, नेपाललाई चिन्न नेपाल मात्र हेरेर पुग्दैन । विश्वमान चित्र हेर्नु पर्छ । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीहरुसंगै नेपाल विश्व घुमिरहेको छ ।
११ वटा बिधामा सर्वोत्कृष्ट पुस्तक पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ११ बिधामा पुरस्कार प्रदान गरेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा अनेसासले पूर्व घोषित निर्णय अनुसार दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन उपन्यासलाई प्रदान ग¥यो ।
१००० डलर राशीको अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको उपन्यास वोरालाई प्रदान गरियो ।
अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गरे ।
एक हजार डलर राशीको अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा। तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै छन् लाई प्रदान गरियो ।
त्यसैगरी साँस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा। दुर्गाबहादुर घर्तीको साँस्कृतिक अध्ययन,अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह,अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्वधुनलाई प्रदान गरियो ।
यसैगरी अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरियो ।
अनेसासले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार शनिवार भर्जिनियामा एक समारोहमा प्रदान गरेको हो । कूल ११ हजार छ सय डलर राशीका ११ वटा पुरस्कारका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।
समारोहका प्रमुख अतिथि बोर्ड अफ ट्रष्टीका (विओटी)का पूर्व अध्यक्ष डा. श्याम कार्की र पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेय र दाताहरुले पुस्तकका लेखकहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
तीन वटा पुस्तक विमोचन
समारोहमा अनेसासद्धारा प्रकाशित तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा विभिन्न व्यक्तिहरुका लेखहरु संग्रहित पुस्तक ‘लक्ष्मी प्रसाद देवकोटा : द जेम अफ नेपाली लिटे«चर’ साहित्यकार प्रा.डा. गोपी उप्रेतीद्धारा लिखित ‘फर्म रन टु रिनेवल’, गीता खत्री, ज्योती पौडेल र पुनम काफ्लेद्धारा संयुक्त रुपमा लिखित ‘हिम तंरग’ बिमोचन गरियो ।
समारोहका प्रमुख अतिथि डा. श्याम कार्की, पद्म विश्वकर्मा, सर्वज्ञ वाग्ले, होमनाथ सुवेदी, गीता खत्री, प्रा.डा.गोपी उप्रेती र डा. किथ राईटले विमोचन गरेका थिए ।
डा. उप्रेतीद्धारा लिखित पुस्तकमाथि डा. राईटले टिप्पणी गरेका थिए ।
प्रा.डा. गोपी उप्रेतीले आफ्नो पुस्तक ‘फर्म रन टु रिनेवल’ र गीता खत्रीले ‘हिम तंरग’ को विषयवस्तुका बारेमा जानकारी दिईन् ।
कार्कीलाई अनेसास दीर्घ सेवा पदक प्रदान
सोही समारोहमा टेक्सस निवासी अनेसास ट्रष्टी भीम कार्कीलाई अनेसास दीर्घ सेवा पदक सम्मान प्रदान गरिएको थियो ।
अनेसास टेक्सासको संस्थापक, अनेसास विधान समितिको संयोजक, अनेसास केन्द्रीय सदस्य लगायत विभिन्न तहगत संरचनामा रही दशकौंदेखि प्रवासमा रहेर नेपाली भाषा, साहित्यको प्रवद्र्धनका लागि निरन्तर रुपमा योगदान पु¥याए वाफत अनेसास दीर्घ सेवा पदक २०८२ प्रदान गरिएको पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेय, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पद्म विश्वकर्माद्धारा प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
त्यस्तै समारोहका प्रमुख अतिथि डा. श्याम कार्की र बिओटी सभापति पद्म विश्वकर्माले अनेसासका नयाँ ट्रष्टी शारदा भट्ट (न्यू हेम्शायर), डा. प्रेमप्रसाद शर्मा पौडेल (भर्जिनिया), विरोचन नेपाल (वोष्टन) र थानीरत्न कंडेल (बोष्टन), सुनिल पाठक (कोलोराडो), खेमकुमारी पौडेल (भर्जिनिया) र प्रेमिला गौचन (न्यूयोर्क)लाई अनेसास ट्रष्टी सदस्यता प्रमाण पत्र प्रदान गरेका थिए ।
अमेरिका राज्य संसदद्धारा प्रशंसा पत्र प्रदान
अमेरिकाको राज्य संसदले नेपाली भाषा र साहित्यको उत्थानमा योगदान पु¥याउने व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
अनेसासद्धारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती तथा पुरस्कार वितरण समारोहमा मेरिल्याण्ड राज्य संसदद्धारा नेपाली भाषा र साहित्यको उत्थानमा योगदान पु¥याउने व्यक्तिहरुलाई डेलिगेट डा. हयारी भण्डारीले प्रशंसा पत्र (साईटेशन) प्रदान गरे ।
प्रशंसापत्र प्राप्त गर्नेमा नेजाका पूर्व अध्यक्ष विकास राज न्यौपाने, डा. विजयराज शर्मा,भीम कार्की,वासु सत्याल, प्रकाश नेपाल ,गोविन्द गिरी प्रेरणा,भीम रेग्मी, खेम भट्टचन,दिपा पुन राई, अनु शाह र रामप्रसाद खनाल रहेका छन् ।
