इजरायली हमलामा ६० जनाको मृत्यु

गाजा पट्टी । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण शुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकालको डर उत्पन्न गरेको यस क्षेत्रका २० लाख प्यालेस्टिनीमाथिको नाकाबन्दी हटाउन दबाब दिइएको बताउँदै पहिलो पटक साढे दुई महिनामा गाजामा सहायता ट्रकहरूको सानो सङ्ख्या प्रवेश गर्न अनुमति दिन थालेका छन् ।

तर संयुक्त राष्ट्रसङ्घका निकायहरूले प्रवेश गरेका थोरै ट्रकहरू खाद्यान्न, औषधि र अन्य आपूर्तिको विशाल आवश्यकता पूरा गर्न कहीँ पनि पर्याप्त नभएको बताएका छन् । यस वर्षको शुरुमा युद्धविरामको समयमा दैनिक छ सय ट्रक प्रवेश गरेका थिए ।

उत्तरी गाजामा एक परिवारको घर र एक विद्यालय–बनेको–आश्रयमा भएका दुई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मध्य सहर देइर अल–बालाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने नजिकैको निर्मित नुसिरात शरणार्थी शिविरमा भएको अर्को आक्रमणमा १५ जनाको मृत्यु भएको अल–अक्सा शहीद अस्पतालले जनाएको छ ।

दक्षिणी सहर खान युनिसमा भएको दुई आक्रमणमा १० जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ ।

इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले केवल उग्रवादीहरूलाई लक्षित गरेको बताउँछ । सेनाले नागरिक मृत्युका लागि हमासलाई दोष दिन्छ किनभने यो समूह घना जनसङ्ख्या भएका क्षेत्रहरूमा सञ्चालन गर्दछ ।

गाजामा युद्ध हमास–नेतृत्वका उग्रवादीहरूले दक्षिणी इजरायलमा आक्रमण गरेपछि शुरु भएको थियो । युद्धमा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिस मारिए भने दुई सय ५१ अन्यलाई अपहरण गरिएको थियो ।

उग्रवादीहरूले अझै ५८ बन्दीलाई थुनामा राखेका छन् । अधिकांश युद्धविराम सम्झौताहरू वा अन्य सम्झौताहरूमा फिर्ता गरिएपछि लगभग एक तिहाइ जीवित रहेको विश्वास गरिन्छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजाको ठूलो भाग नष्ट गरेको छ, अधिकांश महिला तथा बालबालिकासहित ५३ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ ।

युद्धले प्यालेस्टिनी जनसङ्ख्याको करिब ९० प्रतिशतलाई विस्थापित गरेको छ र तीमध्ये अधिकांश धेरै पटक विस्थापित भएका छन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद् निर्णयमा सहमति जुटाउन छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच गहिरिँदो अविश्वास देखिएको छ । कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम सिफारिस समितिमार्फत अगाडि सारेको थियो । तर, गठन भएको दुई महिना बितिसक्दा पनि समितिको बैठक एकपल्ट पनि बसेको छैन ।

समिति दुईपटक पुनर्गठन भइसकेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकअघि ओलीले देउवालाई बालुवाटार बोलाएर गभर्नर नियुक्तिका सम्बन्धमा अन्तिम छलफल गर्ने संकेत दिएका छन् ।

 

आशिक खड्काले अष्ट्रेलियामा जिते स्वर्ण पदक

काठमाण्डौ– नेपाली युवा आशिक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न अन्तरराष्ट्रिय शरिर सुगठन प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन । प्रतियोगिताको फिजिकल तर्फ उनले स्वर्ण पदक प्राप्त गरेका हुन । समग्र रुपमा प्रतियोगितामा उनि उपविजेता बन्न सफल भएका थिए ।

खड्का अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । पढाइ, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत जीवन सन्तुलनमा राख्दै उनले शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएका छन् ।

उनी ब्रिसबेनका विभिन्न प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न छन् र समाजमा युवाहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहेका छन् ।

उनको शरीर निर्माण प्रतिको लगाव, निरन्तर अभ्यास र कडा परिश्रमले नेपाली युवाहरूका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अशिकको यस सफलतालाई गर्वका रूपमा लिएको छ ।

 

प्रतियोगिता विजय पश्चात इल्ँ त्तीम् का अध्यक्ष प्रेम शाहिको टोलीले आशिकको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा खादा माला लगाई उनलाई सम्मान गरिएको थियो र विजयीको खुसीमा केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ ।  कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि कर्णाली प्रदेशको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले नै पाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएका छन् । उक्त विज्ञप्तिमा सोमबारदेखि १३ गतेसम्म कर्णाली प्रदेश प्रमुख जोशी अमेरिका जाने उल्लेख गरिएको छ । यो बिचमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आए प्रदेश प्रमुख मियाँले नै प्रस्तुत गर्ने छन् ।

केही दिनमा प्रदेश प्रमुख मियाँ कर्णाली प्रदेश प्रस्थान गर्ने उनका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

कमलबजारमा व्यावसायिक उडान नियमित हुँदै

अछाम, जेठ ५ गते । अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए ।

चौथो पटक व्यावसायिक उडानमा काठमाडौँदेखि १५ जना र कमलबजारदेखि १४ जनाले यात्रा गरेको नगर प्रमुख ढकालले बताए । गत हप्ता मौसम खराबीका कारण उडान नभए पनि अन्य हप्तामा नियमित उडान हुने उनको भनाइ छ । वैशाख ७ गतेबाट व्यावसायिक उडानको उद्घाटनसहित सुरु भएको थियो ।

यसैबिच निकट भविष्यमै कमलबजारमा नागरिक उड्डयन प्राधिकरणको कार्यालय समेत कमलबजारमै स्थापना गरिने भएको छ । नगर प्रमुख ढकालका अनुसार अहिले साँफेबगरबाट कर्मचारी खटाइने भए पनि निकट भविष्यमा कमलबजारमै कार्यालय स्थापना गरेर दुई जना कर्मचारी प्राधिकरणबाट खटाईने गरि पहल गरि रहेका उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरुमा आफ्नै कार्यालय रहेका दुई भवन जुन यस अघि प्रहरीको कार्यालय रहको थियो । प्रहरीको कार्यालय आफ्नै नयाँ भवनमा सरे पछि त्यसको मर्मत सम्भार तथा व्यवस्थापन गरेर कार्यालय स्थापना गरिने उनले बताए ।

हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यवसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगर प्रमुख ढकालले बताए । नियमित उडान हुँदा यस क्षेत्रका नागरिकलाई सहजता हुने भएको छ ।

तीनकुने घटना अपराध कर्म हो, कुनै धर्म र आस्थासँग नजोडौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन्।आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरे ।

‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु’, गृहमन्त्री लेखकले भने, ‘हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरीत छ जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन।’

उनले उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए । ‘जोसुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘तीनकुनेमा राजावादी समूहबाट भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा मैले यसअघि संसद्कै सम्मानित राज्य व्यवस्था समितिलाई जानकारी गराइसकेको छु ।’

मन्त्री लेखकले उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको एक निजी घरमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए । साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले जानकारी दिए। ‘स्वदेशी उत्पादनमा आधारित औषधि कम्पनीमा आगो लगाइएकाले हिंसात्मक प्रदर्शनका आयोजकहरुले यसको जिम्मेवारी लिनुपर्ने कुरामा सरकार प्रष्ट रहेको छ’, उनले भने।

तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान जारी रहेको बताउँदै उनले उक्त घटनामा गोली लागि घाइते भएका व्यक्तिमध्ये हाल तीन जना उपचाररत रहेका र बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेका जानकारी दिए । ‘उक्त घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गरिरहेको छ’, उनले भने, ‘अन्य व्यवस्था प्रचलित कानुनबमोजिम हुनेनै छ भन्ने बेहोरा अनुरोध छ।’

त्यसैगरीे झापाको गिरिबन्धु चिया बगानसम्बन्धी निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाइसम्बन्धी प्रश्नमा मन्त्री लेखकले आदेशको कार्यान्वयन सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालय प्रस्तुत मुद्दाहरुमा प्रत्यर्थी नभएकाले आदेश कार्यान्वयनका लागि यस मन्त्रालयमा जानकारी प्राप्त भई पत्राचार हुने अवस्था नरहेको बताए। ‘प्रस्तुत मुद्दाहरुमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०८०-१०-२४ मा भएको आदेशको कार्यान्वयन सम्बन्धित मन्त्रालय तथा निकायहरुबाट भइरहेको व्यहोरा अनुरोध गर्न चाहन्छु।’

गृहमन्त्री लेखकले नेपाल सरकार, गृह मन्त्रालय नेपालको संविधान, नेपालको कानुन तथा सम्मानित अदालतका फैसला तथा आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव क्रियाशील रहेको उल्लेख गरे।

 

सावित्रा भण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ स्थापना

लमजुङ : नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को सम्मानमा लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदीबजार चोकको नाम ‘साम्बा चोक’ राखिएको छ। चोकमा विशेष रूपमा साम्बा स्तम्भ समेत निर्माण गरिएको छ।

साम्बा स्तम्भको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्। फुटबलमा आफ्नो योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउँदै आएकी भण्डारीको सम्मानमा चोक नामाकरण र स्तम्भ निर्माण गरिएको आयोजकले जनाएको छ।

हाल सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ‘एना भान गेङगाङ्प’ मा आबद्ध छिन्। उनी घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय फुटबलमा समेत नेपाललाई गौरव दिलाउँदै आएकी खेलाडीका रूपमा परिचित छिन्।
उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, वडा अध्यक्ष हरिश चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा सावित्राका आमाबुवालाई समेत विशेष सम्मान गरिएको थियो।

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने

काठमाडौँ, ५ जेठ : राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ । अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

भारतहुँदै तेस्रो मुलुक जाँदा एनओसी लिएर मात्रै जान दूतावासको आग्रह

काठमाडौं : नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतहुँदै एनओसीको आवश्यक पर्ने मुलुकको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा दूतावासद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

भारतीय विमानस्थलहुँदै मध्यपूर्वका मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढ्न थालेपछि नेपाली पनि अलपत्र पर्नसक्ने भन्दै नेपाली राजदूतावासले श्रम स्वीकृति वा एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो।
दूतावासले सोमबार एक सूचना जारी गर्दै  भारतहुँदै एनओसीको आवश्यकता पर्ने मुलुकहरूको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा नेपाली राजदूतावास नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

पछिल्लो समय भारतीय विमानस्थलहुँदै मध्यपूर्वका मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढिरहेको राजदूतावासले जनाएको छ।

‘पछिल्लो समयमा भारतीय विमानस्थल हुँदै मध्यपूर्वका केही मुलुकहरुको भ्रमणमा जान नक्कली श्रम स्वीकृति (Labour Permit) र No Objection Certificate (NOC) देखाई अध्यागमन पार गर्न खोज्नेको संख्या बढी रहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त हुन आएको छ। यसगरी,नक्कली कागजातहरु प्रयोग गर्न खोज्ने व्यक्तिहरुलाई भारतीय अद्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाइएका व्यक्तिहरुको संख्यामा पनि सोही अनुरुप वृद्धि हुँदै गइरहेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ ,’सूचनामा भनिएको छ।

दूतावासले एनओसीको आवश्यकता पर्ने देशहरूको सूची,एनओसी प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया,पेश गर्नुपर्ने कागजातहरू र बुझाउनुपर्ने दस्तुर सम्बन्धी विस्तृत  जानकारी राजदूतावासको वेभसाइटमा प्राप्त गर्न सकिने समेत जनाएको छ।

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो ।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।

उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गरे ।

‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गरे । उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाए ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरे ।

युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक-सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चा अधिकारीलगायत सहभागी थिए ।

प्रवासी मञ्चको चौथो अधिवेशन टेक्सासमा आयोजना हुदै

टेक्सास, १८ मे ।
प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन टेक्सासमा आयोजना हुने भएको छ ।

आईतवार भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले चौथो अधिवेशन मे ३१ देखि जुन १ सम्म टेक्सास राज्यको ड्यालसमा आयोजना हुने जानकारी दिए ।

अध्यक्ष लामिछानेले दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापाले गर्ने बताए ।

पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि मंगलदास श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जानकारी दिईएको थियो । जसमा बुद्ध लामा, कुलमणी आचार्य, डा. निर्मल पौडेल र कृष्ण भण्डारी सदस्य रहेका छन् ।
अध्यक्ष लामिछानेले अमेरिकाको २७ राज्यमा विस्तार भएको मञ्चका ८६३ सदस्य रहेको जानकारी दिए । उनले अधिवेशनमा २३५ प्रतिनिधिले भाग लिने बताए ।

सचिव छवि पाण्डेले नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अनलाईन मार्फत समेत मतदान गर्ने व्यवस्था मिलाईएको बताए ।

मञ्चका सचिव पाण्डेले सञ्चालन गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष थापाले  मञ्चको स्थापनाको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

प्रवासी नेपाली मञ्च नेकपा एमालेको प्रवास गंगठन हो ।

सहिद दशरथ चन्द विश्वविद्यालयलाई तीन सय बेडको स्वीकृति दिन सांसद आलेको आग्रह

काठमाण्डौं, ४ जेठ ।
प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आलेले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैय्या अस्पतालको लागि स्थायी स्वीकृति र ६ सय कर्मचारीको स्थायी दरबन्दी दिन माग गरेका छन्।

प्रतिनिधिसभामा आइतबार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै आलेले यस्तो माग गरेका हुन् ।

‘हाल ५० बेड मात्र अस्थायी स्वीकृति भएको छ। कम्तीमा तीन सय बेडको स्थायी स्वीकृति भयो भने तीन वर्षपछि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ। यदि यसमा ढिलाइ गर्यौं भने यो समय ढल्किँदै जान्छ, सांसद आलेले आग्रह गर्दै भने, त्यसैले छिटोभन्दा तीन सय बेडको स्वीकृति दिनुस् । तब मात्रै ४० जनाले एमबिबिएसको विद्यार्थी पठनपाठन गर्न पाउनेछन्।’

हाल सय बेड मात्रै स्वीकृति भएकोमा बिएन, बिएससी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, एचएलगायतको पढाइ गर्न सकिने भए पनि उनले अब तीन सय बेड नै अविलम्ब स्वीकृत गर्न माग गरे। सांसद आलेले विश्वविद्यालयमा अहिलेसम्म १४१ मात्रै दरबन्दी रहेको भन्दै कम्तीमा ६ सय दरबन्दी छिटोभन्दा छिटो सिर्जना गर्न माग गरे।

विश्वविद्यालयको विभिन्न संरचना निर्माणमा हालसम्म सात अर्ब १० करोड खर्च भइसकेको भन्दै उनले शिक्षा मन्त्रालयको नाममा रहेका भवनहरू छिटोभन्दा छिटो विश्वविद्यालयको नाममा गर्न माग गरे।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

काठमाण्डौं, ४ जेठ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ।

आइतबारको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको हो।

विधेयकलाई पारित गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन्।

यो विधेयक पारित भएसंगै कैलालीको गेटामा मेडिकल कलेजका लागि निर्माण गरिएका अर्बौ रुपैया संरचनामा विश्व विद्यालय सञ्चालन गर्ने बाटो खुलेको छ ।

मेडिकल कलेज सञ्चालन गर्नु पर्ने सुदूर पश्चिमका वासिन्दाको वर्षौदेखिको एउटा माग पुरा भएको छ । यद्दपि पारित भएको बिधेयक पूर्ण भने छैन् ।

पारित भएको बिधेयकमा ५० शैयाको अस्पताल सञ्चालन गर्ने स्वीकृत भएकोले एमवीवीएसको पढाई सञ्चालन र तत्काल सुविधायुक्त मेडिकल कलेज सञ्चालन गर्न भने कठिनाई हुनेछ ।

एमवीवीएसको पढाई सञ्चालनका लागि तीन सय शैयाको अस्पतालको स्वीकृत आवश्यक पर्छ । र, त्यति शैयाको अस्पताल सञ्चालनमा आएको तीन वर्षपछि मात्र एमवीवीएसको पढाई सञ्चालन गर्न पाईने नीतिगत प्राबधान छ ।

दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सो क्रममा अदालतले राज्य विरुद्धको कसूरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रसाईं आन्दोलन हिंसात्मक बनाउन मद्धत गर्दै भारत भागेका थिए ।

 

पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ

काठमाडौं । पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर ज्योति मल्होत्रा पक्राउ परेकी छन् ।हरियाणाको हिसार निवासी मल्होत्रालाई केही दिनअघि नै प्रहरीले पक्राउ गरे पनि हालै मात्र घटनाबारे खबर बाहिरिएको हो ।

मल्होत्राको ‘ट्राभल विथ जो’ नामक युट्युब च्यानलमा ३.७८ लाख सब्सक्राइबर छन् र उनलाई सामाजिक सञ्जालमा लोकप्रिय अनुहार मानिन्थ्यो । मल्होत्राका इन्स्टाग्राममा १.३३ लाख, फेसबुकमा ३.२१ लाख फलोअर्स छन् । उनी मनाली, मसूरी, जैसलमेर, जयपुर र कश्मीर जस्ता भारतका विभिन्न पर्यटकीय स्थलहरूमा भ्लगहरू बनाएर लोकप्रिय भएकी थिइन् ।

अनुसन्धान एजेन्सीहरूले ज्योतिको पाकिस्तान भ्रमण र त्यहाँका केही व्यक्तिहरूसँगको उनको भेटघाट शङ्कास्पद रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्वीरमा उनी पाकिस्तानी उच्चायुक्तको पार्टीमा अन्य भारतीय भ्लगरहरूसँग देखिएकी थिइन् । यहीँबाट उनको कथित जासुसीको कथा सुरु भएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

प्रहरी स्रोतका अनुसार ज्योतिलाई विदेशी एजेन्टहरूले पाकिस्तानको सकारात्मक छवि देखाउन र यसको नीतिहरूको पक्षमा प्रचार गर्न रोजेको दाबी छ । साथै, पाकिस्तानमा उनको व्यवहार शङ्कास्पद रहेको र उनी देशको सुरक्षाको लागि खतरा मानिने केही व्यक्तिहरूसँग सम्पर्कमा रहेको भनिएको छ ।

अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको एसपी हिसार शशांक कुमार सावनले जानकारी दिए ।

तीन पटक पाकिस्तान भ्रमण

पहलगाम आतंकवादी घटना र अपरेसन सिन्दुरपछि केन्द्रीय अनुसन्धान एजेन्सी आईबीले संदिग्धहरूको सूचीमा समावेश गरेको थियो ।

देशको गुप्तचर जानकारी साझा गर्ने बारेमा इनपुट प्राप्त भएपछि ज्योतिको मोबाइल फोन र सामाजिक सञ्जाल खाताहरू ट्रेस गरिएको थियो ।

हिसारका डीएसपी कमलजीतले भने, “नयाँ अग्रसेन एक्सटेन्सन कोलोनीकी निवासी ज्योतिले ट्राभल विथ जो नामको युट्युब च्यानल चलाउँछिन् । अनुसन्धानबाट उनी सन् २०२३ मा भिसा लिन पाकिस्तान उच्चायोग गएको खुलासा भएको छ । त्यहाँ उनको भेट एहसान उर रहिम उर्फ ​​दानिशसँग भयो । यसपछि उनले दानिशलाई फोनबाट सम्पर्क गर्न थालिन् र तीन पटक पाकिस्तानको यात्रा गरिन् । दानिशको अनुरोधमा उनले पाकिस्तानमा उनका परिचित अली अहवानलाई भेटिन् । अली अहवानले ज्योतिको बसाई र यात्राको व्यवस्था गरे र पाकिस्तानी गुप्तचर अधिकारीहरूसँग उनको भेटघाटको पनि व्यवस्था गरे ।”

ज्योतिले प्रहरीलाई बताएअनुसार दानिशको सल्लाहमा उनले पाकिस्तानी इन्टेलिजेन्स अपरेटिभ ९पीआईओ० शाकिर उर्फ ​​राणा शाहबाजलाई भेटिन् र उनको मोबाइल नम्बर पनि लिएकी थिइन् ।

डीएसपीले भने, “कसैलाई थाहा नहोस् भनेर ज्योतिले शाकिरको फोन नम्बर जाट रन्धावाको नामले आफ्नो मोबाइलमा सेभ गरिन् । भारत आएपछि उनी व्हाट्सएप, स्न्याप च्याट, टेलिग्राम मार्फत शाकिर र अरूसँग सम्पर्कमा रहन थालिन् र उनीहरूलाई राष्ट्रविरोधी जानकारी दिन थालिन् ।”

भारत सरकारको विदेश मन्त्रालयले जासुसीको आरोपमा दानिशलाई वान्टेड घोषित गरेको छ ।

आईबीबाट इनपुट प्राप्त गरेपछि हिसार प्रहरीले ज्योतिको सामाजिक सञ्जाल खाताहरूको निगरानी गर्न थाल्यो । उनका भिडिओ र फोन कलहरू पनि जाँच गरियो ।

प्रहरीले उनलाई शुक्रबार राति करिब २ बजे पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार ज्योतिले भारतीय सैन्य अड्डाहरूसँग सम्बन्धित संवेदनशील जानकारी पाकिस्तानलाई पठाउँथिन् ।

पाकिस्तानी एजेन्सीहरूले सामाजिक सञ्जालमा पाकिस्तानको सकारात्मक छवि देखाउन ज्योतिलाई सक्रिय रूपमा प्रयोग गरे । प्रारम्भिक अनुसन्धानबाट ज्योतिको जनअधिकार अधिकृतको एक व्यक्तिसँग घनिष्ठ सम्बन्ध रहेको खुलेको छ ।

हिसार प्रहरीले पाकिस्तानको लागि जासुसी गर्ने अन्य पाँच जनालाई पक्राउ गरेको छ । यसमा मल्होत्रा का साथीहरू समावेश छन् ।

यता, ज्योतिका बुवा हरिश मल्होत्राले मिडियासँग कुरा गर्दै भने, ‘मेरी छोरी दिल्लीमा बस्दा महिनामा २०(२५ हजार रुपैयाँ कमाउँथिन् । कोभिडपछि उनी हिसार फर्किइन् । ज्योतिले यात्रा भ्लगिङको शौकको लागि मात्र युट्युब सुरु गरेकी थिइन्, तर अहिले उनीमाथि लगाइएका आरोपहरू स्तब्ध पार्ने खालका छन् ।”

संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो।

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए।

उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए। उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ। विधेयकका ६२ वटा दफा सरकारले प्रस्ताव गरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए।

उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयकउपचर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ। विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ। १३ वटा नयाँ दफा थप गरिएको छ छ। चारवटा दफालाई हटाइएको छ। १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ। ६२ वटा दफालाई सरकारले प्रश्ताव गरेकै स्वरुपमा टुंगोमा पुर्याइएको छ।’

समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ।

 

अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु

गाजा पट्टी । इजरायली आक्रमणमा गाजा पट्टीभरि रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् ।

इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन ।

दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताए ।

उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । हमासद्वारा सञ्चालित सरकारअन्तर्गत सञ्चालित नागरिक सुरक्षाका अनुसार जबालियामा रहेको परिवारको निवासमा भएको अर्को आक्रमणमा सात बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले रातभरि भएका आक्रमणहरूबारे तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले आफ्नो कारबाहीबाट हुने नागरिक हताहतीको दोष हमासलाई दिन्छ किनकि यो लडाकू समूह नागरिक क्षेत्रहरूबाट सञ्चालन हुन्छ ।

इजरायलले गाजामा आफ्नो युद्धलाई ‘गिदियनको रथ’ नामक नयाँ आक्रमणका साथ बढाएको छ । यसमा इजरायलले क्षेत्र कब्जा गर्ने, लाखौँ प्यालेस्टिनीलाई गाजाको दक्षिणमा विस्थापित गर्ने र सहायताको वितरणमा बढी नियन्त्रण लिने योजना बनाएको बताएको छ ।

रवि लामिछानेविरुद्धको मुद्धामा मिसिल प्रमाण झिकाउन आदेश

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले मिसिल प्रमाण झिकाउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश दिएको हो ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए। त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला न्यायाधीश नितेश राईको इजलासले गएको पुस २५ गते गोर्खा मिडियाका पूर्वएमडी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

 

नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

काठमाडौं–नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो।

प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो।

अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन्।

उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो।

सुदूरपश्चिम सरकार र आन्दोलनरत कर्मचारीबीच पाँच बुँदे सहमति

कैलाली — सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ । ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तहरूमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याउने विषयमा सहमति भएको हो ।

छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा प्रदेश सरकारकातर्फबाट पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, सांसद विक्रमसिंह धामी र सांसद चक्रबहादुर रावलसहितको टोली र कर्मचारीका तर्फबाट स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक झलकबहादुर तौल र सदस्य इन्द्र रावल रहेका थिए।

सहमतिसँगै कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रदेश सरकारले मन्त्रिपरिषद्‌बाट स्वीकृत भएर प्रदेश सभामा पेस भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र जारी गर्ने प्रतिबद्धता जनाएको छ ।

Five-point agreement between the Far West government and the agitating employees

Five-point agreement between the Far West government and the agitating employees

रियालिटी शोका विजेताले अमेरिकी नागरिकता पाउने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब रियालिटि सोका विजेतालाई अमेरिकी नागरिकता दिने भएका छन्।

अमेरिकी नागरिकता अब कानुनी प्रक्रिया र सीपका कागजातमार्फत मात्र नभइ रियालिटी टिभी कार्यक्रमहरू मार्फत पनि प्राप्त गर्न सकिने जनाइएको छ।
अमेरिकी गृह मन्त्रालयले यसका लागि ‘द अमेरिकन शो’ प्रोजेक्ट बनाएको छ। यस टिभी कार्यक्रममा विभिन्न देशका आप्रवासीहरूले अमेरिकी परम्परा, रीतिरिवाज र देशभक्तिसँग सम्बन्धित कार्यहरूमा भाग लिनेछन्।
विजेतालाई अमेरिकी नागरिकता प्रदान गरिनेछ। यो रियालिटी शो नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण पनि हुनेछ। ुद अमेरिकन शोु परियोजनाको पहिलो एपिसोडमा १२ जना प्रतियोगीहरू हुनेछन्।

कार्यक्रममा कति एपिसोडहरू छन् भन्ने कुरा भने अझै स्पष्ट भएको छैन। आगामी एपिसोडहरूमा भाग लिने प्रतियोगीहरूको कुल संख्याको बारेमा कुनै जानकारी छैन। आप्रवासीहरूलाई पहिले द सिटिजन जहाजमा चढाइनेछ र न्यूयोर्कको एलिस टापुमा लगिनेछ। त्यहाँ विश्व प्रसिद्ध स्ट्याचु अफ लिबर्टी रहेको छ।

उनीहरूलाई यहाँको भव्य हवेलीमा राखिनेछ। यहाँ आन्तरिक गतिविधिहरू हुनेछन्। सिजनको प्रत्येक एपिसोडलाई चार खण्डमा विभाजन गरिनेछस् हेरिटेज च्यालेन्ज, एलिमिनेशन च्यालेन्ज, टाउन हल मिटिङ र फाइनल भोटिङ। यी कामहरू निकै चुनौतीपूर्ण हुनेछन्।

प्रथम तीन विजेताहरूलाई पुरस्कार पनि प्रदान गरिनेछ। विजेताले १० लाख अमेरिकन एयरलाइन्स पोइन्ट, १० लाख रुपैयाँ बराबरको स्टार बक्स गिफ्ट कार्ड र अमेरिकाका ७६ पेट्रोल पम्पहरूबाट जीवनभर निःशुल्क इन्धन भर्ने सुविधा पाउनेछन्।

 

हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो

एजन्सी । हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आइतबार बिहान आगलागी हुँदा  १७ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये  ८ जना बालबालिका रहेको सञ्चारमाध्यमले जानकारी लिएका छन्।

आगलागीबाट १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको पनि प्रहरीले जानकारी दिएको छ।

केही मानिस अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो। आगलागी सर्ट सर्किटका कारण भएको उल्लेख छ।

प्रहरीका अनुसार तीन तल्ले भवनको भुइँ तल्लामा आगो लागेको हो। सबै मृतक यही तलाका थिए। बिहान ६ बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो। त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए। घटनामा करिब १० जनालाई अस्पताल भर्ना गरिएको पनि सञ्चारमाध्यममा उल्लेख छ।

ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाइते

न्यूयोर्क, १७ मे ।
अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाईते भएका छन् ।

शनिबार राति ८ः२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घाईते हुनेहरु सबै जहाजमा सवार थिए । जसमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ।

उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो।

मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।
तस्वीर : सीएनएन

गणतन्त्र विकल्पहीन व्यवस्था हो: चित्र बहादुर केसी

कैलाली । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राजावादीले सकेको भए काठमाडौँ नै जलाउने बताएका छन् । धनगढीमा वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र पुनर्स्थापनाको प्रयत्नप्रति केसीले कडा आपत्ति जनाए ।

‘मैले प्रत्यक्ष निरंकुश राजतन्त्रको अनुभव गरेको मान्छे हु’ । गणतन्त्र, यद्यपि त्रुटिपूर्ण छ, तर राजतन्त्रभन्दा कयौँ गुना राम्रो व्यवस्था हो,” उनले स्पष्ट पारे । नेतृत्वको असफलता र राजनीतिक भ्रष्टाचारले जनतामा मोहभंग भएको स्वीकार गर्दै गणतन्त्र जनताको व्यवस्था भएको र सधैँ जनता स“गै हुनु पर्ने उनको भनाइ छ ।

वर्तमान देशको राजनीतिक अवस्था नेतृत्वको नैतिक कमजोरपनको परिणाम भएको उनको ठहर छ । “नेतृत्व गर्नेहरू राष्ट्र प्रतिबद्ध, इमानदार र निष्कलङ्क हुनुपर्ने हो। तर अहिलेको नेतृत्वले त्यो स्तर कायम राख्न सकेन,” केसीले भने ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चैत १५ गते तीनकुनेमा भएको घटनालाई प्रति चिन्ता व्यक्त गर्दै गणतन्त्र विरोधी शक्तिहरू मौलाउदै गएको बताए । ‘गणतन्त्रवादीहरूको कमजोरी र छिमेकी राष्ट्रबाट पाइरहेको समर्थनले राजावादीहरू पुनः सक्रिय भएका छन्,’ भट्टले भने ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष हरिकृष्ण पाण्डे, नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी, वामपन्थी नेता रामचन्द्र भट्ट, नेकपा केन्द्रीय सदस्य भरत बम लगाएको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री र कोप–२९ का अध्यक्षबीच हिमालदेखि समुद्रसम्मको अवधारणामा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन्।

प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए। उनले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास अगाडि बढाउनु पर्ने बताए ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पुर्‍याउने बताए। भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैरआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

 

बझाङका सबै पालिकामा एमालेको अधिवेशन सम्पन्न

बझाङ । बझाङ जिल्लाका १२ वटै स्थानीय तहमा नेकपा ९एमाले०को पालिका अधिवेशन सम्पन्न भएको छ । फागुन १६ गते साइपाल गाउँपालिकाबाट सुरु भएको अधिवेशन सम्पूर्ण पालिकामा सम्पन्न भएको हो ।

अधिवेशनबाट साइपाल गाउँ कमिटी अध्यक्षमा मङ्गल बोहरा, तलकोटमा कृष्णबहादुर सार्की, मष्टामा दविराज बोहरा, जयपृथ्वी नगर कमिटीमा हरिचन्द्र जोशी, बुङ्गल नगर कमिटीमा दीपकराज जोशी र वित्थडचिर गाउँकमिटीमा दिपेन्द्र बोहरा निर्वाचित भएका छन् ।

त्यस्तै, खप्तडछान्नामा किरण सिंह, छविसपाथीभेरामा कलकबहादुर थापा, सुर्मा गाउँ कमिटीमा अक्कल विक, थलारामा विष्णु विष्ट, दुर्गाथलीमा हेमराज विष्ट र केदारस्युँ गाउँपालिकामा लोकेश भण्डारी पालिका अध्यक्षमा निर्वाचित भएको नेकपा ९एमाले० जिल्ला कमिटी बझाङका सचिव नयन बोहराले जानकारी दिए ।

उनका अनुसार केही पालिकामा निर्वाचन प्रक्रिया अपनाइए पनि अधिकांश पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको थियो । जिल्ला कमिटीका अध्यक्ष दिलबहादुर भण्डारीका अनुसार पालिका अधिवेशन सकिएसँगै पार्टी अहिले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा वडा अधिवेशनतर्फ केन्द्रित भइरहेको छ । अधिवेशनले निष्क्रिय रहेका कार्यकर्तालाई पुनः सक्रिय बनाएको उनको भनाइ छ ।

जिल्ला उप–सचिव पंकज भण्डारीले पार्टी गतिविधि अझ सशक्त बनाउँदै लैजाने, नयाँ तथा पुराना नेता कार्यकर्तालाई सक्रिय बनाउँदै ‘मिसन ८४’ लाई लक्ष्यित गरेर सबै क्षेत्रमा पार्टीलाई बलियो बनाउने रणनीति रहेको बताए। नेकपा (एमाले) केन्द्रीय सदस्य ऐन महरले बझाङ जिल्ला कमिटीलाई संगठन निर्माण तथा सुदृढीकरण अभियानलाई तीव्र बनाएकोमा बधाई ज्ञापन गरेका छन्।

उनले भने, “जिल्लाका १२ वटै पालिकाको अधिवेशन सम्पन्न हुनुका साथै कुल ९४ मध्ये ६५ वटाभन्दा बढी वडाको अधिवेशन पनि सम्पन्न हुनु सुखद र उत्साहजनक विषय हो। सदस्यता नवीकरण र वृद्धिको अभियानले पार्टीलाई अझ सशक्त बनाएको छ। यो अभियानलाई अझ सुदृढ बनाउँदै लैजाने कार्यमा नेकपा (एमाले) बझाङ जिल्ला कमिटीलाई हार्दिक बधाई तथा आगामी कार्यका लागि शुभकामना व्यक्त गर्दछु ।’

काँग्रेस महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा बिशेष संवाद 

काठमाडौं । काँग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा जेठ ३ गते शनिबार सगरमाथा बेसक्याम्पमा `जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा´ बिषयमा बिशेष संवाद सम्पन्न भएको छ l

शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए l ३१ पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर शुरु गरिएको बिशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले वाचन गरेका थिए l

लुक्लादेखी ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका महामन्त्री शर्मा यो साता दुई काममा व्यस्त रहे l पहिलो- आरोहण प्रशिक्षण l दोस्रो- हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण l

 

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए l पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू बिशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे l

शर्माले बेसक्याम्पमा संचार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता बिषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठुला रास्ट्रहरुमाथी दबाब बढाउन साना रास्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए l

कार्यक्रममा किर्तिमानी आरोही कामिरिता शेर्पां, डा आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए l

 

डोटीबाट प्रचण्डले भने- जनबलले माओवादी तीनपटक सत्तामा पुगेको हो

डोटी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन्।

शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए।

उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।’

अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका  पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । 

खोज्नुहोस