भारतले गरेको हमलालाई पाकिस्तानी रक्षा मन्त्रीले के भने ?

दिल्ली, ७ मे ।
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हालै भारतले पाकिस्तानका विभिन्न स्थानमा गरेको हमलाप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले दाबी गरेका छन् कि भारतले आतङ्ककारी ठेगानाहरूलाई निशाना बनाएको भनेर दाबी गरिए पनि वास्तवमा ती हमलाहरू सामान्य नागरिकहरूमाथि गरिएको हो।
ख्वाजा आसिफका अनुसार, ती लक्ष्यहरूमा दुई वटा मस्जिदसमेत परेका थिए। हमलामा एक बालक र एक महिला शहीद भएको बताइएको छ, र हालसम्मको तथ्यांक अनुसार जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको छ — जसमध्ये दुई जना कश्मीरमा र पाँच जना पाकिस्तानमा मारिएका हुन्।
पाकिस्तानी सेनाले समेत भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। भारतले भने यो कारबाही आतंककारीहरूको विरुद्ध गरिएको दाबी गर्दै आएको छ, तर पाकिस्तानले यो आक्रमण नागरिकहरूमाथिको हमला भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई वास्तविकता बुझ्न आग्रह गरेको छ।
वीवीसीबाट ।