कक्षा १२ पास गरेकाका लागि दुई वर्षे जनरल नर्सिङ कार्यक्रम ल्याइने
काठमाडौं- सरकारले कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । जनरल नर्सिङ कार्यक्रमको पढाइ अवधि दुई वर्षको हुने बताइएको छ।
एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ। साथै स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) ३ र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।
ट्रेन्डिङ
सम्बन्धित
उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई “एक्सिलेन्ट एक्याडेमिक अफ दि इयर अवार्ड” प्रदान
२३ कार्तिक २०८२ १८:०३
