बंगलादेशमा फेरि भड्कियो हिंसा

ढाका : अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ुबंगबंधुु को ढाकास्थित धनमन्डी(३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ। सामाजिक सञ्जालमा ‘बुलडोजर र्‍याली’ को घोषणा भएपछि हिंसा भएको थियो। आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार ुद डेली स्टारु मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ुबंगलादेश विरोधी गतिविधिु का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले के गरे ?

प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो।

यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले ुबुलडोजर प्रदर्शनु को आह्वान गरेका थिए। उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो।

तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी(३२ मा प्रवेश गरे।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे।

राती ९स्३० बजे भवनमा आगो लागेको थियो। अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे। यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो।

एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ुफासीवादु को प्रतीक भएकोले जलाउन चाहेको बताए।

 

संसद् बैठकमा अध्यादेश पेश नहुने

काठमाडौं : सरकारले ल्याएको अध्यादेश आजको संसद्को दुवै सदनमा स्वीकृतीका लागि पेस नहुने भएको छ। संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुवै बैठकमा अध्यादेश पेस नहुने जानकारी दिए।

पाण्डेले आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले अध्यादेश पेस गर्ने कार्यसूचीबाट हटाइएको हो। यादवले आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका थिए।

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

काठमाडौं । ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका छ । एलन मस्क टेस्ला, स्पेस एक्स, एक्सलगायत कम्पनीका मालिक हुन् । उनलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको थियो । यो विभागले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाउने छ ।

सोही योजनाअनुसार मस्कले कमजोर कार्यसम्पादन भएको बहानामा कर्मचारीलाई हटाउन खोजेको बताइन्छ । ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट द डेलीमा पनि मस्कको कार्यशैलीबारे विवेचना गरेका छन् । उनले उक्त पोडकास्टमा कार्यस्थलमा व्यापक परिवर्तन दानवीय शैलीमा घुसपैठ गर्ने व्यक्तित्व मस्कमा रहेको आरोप लगाएका थिए ।

उनले अरबपति नेतृत्वशैलीमा काम गर्न खोजेको पनि बताएका छन् । कर्मचारी कटौतीसँगै निश्चित समय दिएर उनले रातरातभर जाग्राम बस्दै चिसो भूइँमा बसेर आफ्नो कम्पनी टेस्ला, स्पेश एक्स र अहिले सरकारी दक्षता विभागलाई काम लगाइरहेको स्वानले बताएका छन् ।

मस्कले पठाएको यो पत्र उनले पत्र सन् २०२२ मा ट्विटरको कर्मचारीलाई पठाइएको जस्तै रहेको दाबी गरिएको छ । यसले वासिङ्टनका कार्यालयमा अराजकता र सरकारी कर्मचारीमा यसले डर पैदा गराएको छ । ‘ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरेको जस्तो देखिन्छ’, स्वानले उक्त पोडकास्टमा भनेका छन् ।

 

रवि लामिछानेलाई पठाइयाे न्यायिक हिरासत

काठमाडौं । साहारा चितवन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।

जिल्ला अदालत चितवनको दयाराम ढकालको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।

हाल लामिछानेलाई भने न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि उनलाई भोलि बिहीबार १० बजे अदालतमा उपस्थित हुनेगरी प्रहरीको जिम्मा लगाइएको हो । बिहीबार फेरि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्नेछन् ।

साहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् ।

सहकारीको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ ।

मुद्दा दायर भएका कूल ३२ मध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध तथा २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । तर, लामिछानेविरुद्ध भने सङ्गठित अपराधको मुद्धा दर्ता गरिएको छैन । यसले चितवनमा लफडा नै सुरु भएको छ । लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएका चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानविन हुने भएको हो ।

जिल्ला प्रहरीले लामिछानेलाई सहकारी ठगी र संगठित अपराध दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालय चितवनले लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा दर्ता गरेको थिएन । यही विषयमा किन उन्मुक्ति दिइयो भन्दै महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिने लुइँटेलको सरूवा गरिएको थियो।

कलौनीको शङ्कास्पद मृत्यु : पोस्टमार्टमबाट खुलेर ठोस कारण, भिसेरा र मुटु थप परीक्षण गर्ने तयारी

कैलाली : कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना थप रहस्यमय बनेको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नसकेपछि प्रहरीले थप परीक्षणको तयारी गरिरहेको छ ।

शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका थिए ।

परिवारको सदस्यहरूको उनको हत्या भएको आशङ्कामा अनुसन्धान गर्न आग्रह गरिरहेका छन् । प्रहरीले भने विभिन्न कोषबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘पहिलो चरणमा पोस्टमार्टम रिपोर्टबाट घटनाबारे केही तथ्य सार्वजनिक होला भन्ने अपेक्षा गरेका थियौँ’ अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टले पनि मृत्युको ठोस कारण खुलाउन सकेको छैन ।’

घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गएको प्रहरीले ठहर गरेको थियो । उनको साथमा प्रहरी औषधी पनि भेटाएको थियो । मृत फेला परेका कलौनीको बाहिर चेट देखिएको थिएन । पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ ।

घटनाको भोली पल्टै भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञसहितको डक्टरको टोलीले पोस्टमार्टम कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेका थिए । त्यसको रिपोर्ट बुधबार आएको हो । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको तर, अक्लुजनका कारण मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ । तर, ठोस कारण भने रिपोर्टमा छैन ।

पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ भने नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगन्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ ।

‘मुटु र भीसेरा परीक्षण पछि थप केही तथ्य सार्वजनिक होला’ अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले भने ‘पोस्टमार्टम रिपोर्टमा धेरै कुरा आएन ।’ कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल अझैसम्म प्रहरीले फोला पार्न सकेको छैन ।

‘पर्स झरेको अवस्थामा भेटिएको थियो । पर्समा पैसा भने थिएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’

प्रहरी नायव उपरीक्षक जोशीले अहिलेसम्म पनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै अनुसन्धान पछि मात्रै केही कुरा भन्न सकिने बताए ।

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।

धनगढी उपमहानगरले तीर्‍यो १ लाख ९० हजार जरिवाना

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिवाना तिरेको छ । उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका – ९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेपछि जरिवाना तिराइएको हो ।

माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो ।
सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गराइएको बताए । उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको बताए ।

मेरा गाउँको खड्क्या मन्त्री

नगेन्द्रप्रसाद आचार्य

“मेरा गाउँको खड्क्या मन्त्री” उपन्यासका लेखक स्वर्गीय गगनसिंह थापा प्रति भावपूर्ण श्राद्धसुमन अर्पण गर्दछु । आदरणीय व्यक्तित्व, साहित्यकार, कर्मठ शिक्षक, निस्वार्थ समाजसेवी तथा निडर नेताका रुपमा स्वयम उपन्यासकार उपन्यासमा उपस्थित भएको पाए ।

अर्कोतर्फ अछामी, खस, थारु, हिन्दी, अंग्रेजी, नेवारी, संस्कृत, डोटेली, भाषाविदका रुपमा पनि उहाँलाई कृतिभित्र नै भेटाए । त्यसैले यो उपन्यास आञ्चलिकताको विशिष्ट स्वरुप मान्न सकिन्छ । उपन्यासको उठान सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको पूर्वी भागमा पर्ने कटासे बजारलाई केन्द्रविन्दु मानी यसैको सेरोफेरोमा आधारित रही जमिदारी प्रथाले पारेको प्रभाव र पञ्चायती शासनको घोर विरोधबाट सुरुवात गरेको पाए ।

आर्थिक अवस्थाले छाक टार्न नसक्ने खड्कबहादुर नेपाली रोजीरोटीको बन्दोबस्त गरिदिन आग्रह गर्दा टीकापुरमा पुगेको उसको दलबललाई गाँसबासभन्दा उल्टै अशिक्षित तथा शारीरिक असक्ततता भएको व्यक्तिलाई हेपुवा शब्दबाट “खड्क्या मन्त्री” को उपाधि पाएको पाइन्छ । “खड्क्या मन्त्री” हजारौ घरबार विहिन वर्गको प्रतिनिधि पात्र हो । “खड्क्या मन्त्री” ले पाएको दुःख मास्टरले गरेको सहयोग सामाजिक मानवताको नमुना योग्य कार्य हो ।

आज पनि हजारौ धौरीहरु रहेकी छन् । जिमिदार बाजेको एक्लो छोरो काठमाडौको महंगो कलेजमा पढ्ने प्रेमप्रसाद शर्मा डेरामा समेत कमैया, कमलरी राखी खाना पकाउने, लुगा धुने मान्छे राख्नुले उच्च वर्गीय खानदानको हैकमवादी प्रवृतिको झल्को दिएको छ । राजदरबारमा काम गर्ने उच्चपदस्तकी छोरी सुप्रभासित प्रेम सम्बन्धमा राख्नु, पश्चिम कैलालीकी सामान्य परिवारमा जन्मेकी प्रेरणाको सम्बन्ध दरबार निकटको केटासँग भएको देखाउनुमा लेखकले वर्गभन्दा भावनात्मक सम्बन्ध बलियो हुने पक्षलाई दर्शाएको पाइन्छ ।

दरबारबाट नारीप्रति गरिने अभद्र व्यवहारले उच्च वर्गदेखि सर्वसाधारण नारीको कुमारित्वको रक्षा गर्न नसकेको र राज्यले चाहेर पनि मिरेन्द्रलाई नियन्त्रण गर्न नसक्ने अवस्थाको छरप्रष्ट गरिएको छ । त्यसैले सुप्रभाको रक्षा गर्न छोरीलाई प्रेमको साथ कैलाली पाठाएको घटनाले यो उपन्यास झन सान्दार्भिक रहेको छ ।

जिमिदार बाजेको घरमा सुप्रभाको प्रवेशले सुखद ल्याएको केही दिनमा सासु र बुहारीको खटपट सुरु भएको हुन्छ । अर्को तर्फ “खड्क्या मन्त्री” को छोरा राम ठुलो भएर भारतमा रोजगारी गरी धनपैसा कमाएको र सेठकी छोरीसँग विवाह गरी घरजम गरेकाले “खड्क्या मन्त्री” का दिन फर्केका छन्  । सीता गाउँकी मास्टर्नी भएकी छ भने राम भारतमा गई चौकिदारी गरेर घर खेत जग्गा जमिन जोडेको “खड्क्या मन्त्री” को परिवार हो । यता जिमिदारले छोरो प्रेमलाई टाउकोमा हिर्काएको र मष्तिष्कमा असर परेको हुँदा मानसिक असन्तुलन भएको छ । सत्ताको आडमा रहेका उच्चवर्गलाई पुरातनवादी मानसिकताबाट ग्रसित बनेका छन् ।

“खड्क्या मन्त्री” मन्त्री समाजमा सहयोग गर्ने भएकाले प्रेमको खोजी कार्यका “खड्क्या मन्त्री” को छोरा राम र उसकी बुहारी सीताले भारतको लखनउ लगायतको ठाउँमा पुगी खोजी कार्य गर्नु निम्न वर्गीमब मानवतावाद भेटिन्छ । छोरोको पीरमा परी जिमिदार बाजेको मृत्यु हुनुले पञ्चायती सत्ताको अन्त्य भएको संकेत गरेको पाइन्छ । आस्तिक स्वभावकी सुप्रभाले पति प्रमेको वियोगले तड्पिएकी छिन् । सिद्धबाबाले प्रेम जीवित रहेको छ भनेकाले भेट हुनेमा विश्वासमा रहेको पाइन्छ ।

उता सुप्रभाको माइतीबाट काठमाडौ लैजान आएका दाजु भाउजुहरुलाई पारिवारिक कुरा लुकाउँदै काल्पनिक घटना बनाई प्रेमको मानसिकता गुमाएको प्रसङ्गले पारिवारिक गोपनियताको रक्षा सुप्रभाले गरेकोले पारिवारिक तिक्तता हुन नदिएको पाइन्छ । वृद्ध सासुलाई समेत पशुपतिनाथको दर्शन गराउने र काठमाडौ सँगै बस्ने योजना बनाउने बुहारीको मायाले छोराबुहारीको प्रेममा आफूले भाडो हालेको पश्चाताप गरेको पाइन्छ ।

पशुपतिनाथको दर्शन गर्न गएका बेला प्रेमलाई बाबाहरुको हुलबाट सुप्रभाले प्रेमलाई पहिचान गर्नु र पुनः मिलन भएको प्रसङ्गबाट उपन्यासको कथावस्तुको अन्त्य भएको छ । सारमा भन्दा “मेरो गाउँको खड्क्या मन्त्री” उपन्यासमा खड्कबहादुर नेपाली “खड्क्या मन्त्री” को दुखान्त पारिवारिक अवस्था तथा प्रेमिल जोडीको तनावरहित जीवन निर्वाहको नमुना हो । खानको लागि समस्या भएपनि जिन्दगीभरि एक पटक नछुट्न्या भएर “दिदी गोसी ! तमीलाई थाहा छ, हामी जोगी जोगिनी भ’र साथमा गाउँगाउँ हट्टा छौं” (पृ. ६०) । यसैले यो वाउन्नेवीरसँग विवाह गरेकी हौं ।

पठनीयका हिसाबले सरस, रसिलो र सरल भाषाशैलीको प्रयोग गरिएको छ । सामाजिक विकृतिको खरो विरोध गरिएको पाइन्छ । जातीय समानता, वर्गीय विभेदको अन्त्य गर्न यस कृतिको महत्त्वपूर्ण स्थान रहने देखिन्छ । भाषिक समानताको उच्च रुप रहेको छ । खस र अछामी भाषाको प्रयोग भएकाले कतै नेपाली भाषी तथा अन्य भाषाी पाठकका लागि कठिन लाग्न सक्छ ।

उपन्यासमा रतिरागात्मक प्रसङ्गको उठान भएकाले यौन कुण्ठालाई खुलेरै अभिव्यक्त गरिएको छ । घरमा कोही नभएको मौका छोपी बास बस्नु, नगरकोटमा घुम्न गई होटेका कोठामा लुटुपुटु भएर सुत्नुले रागात्मक बनाएको छ । पढ्न थालेपछि पढौं पढौं लाग्ने भएकाले रोचक उपकथाहरुको प्रयोग गरिएको छ । त्यसैले यो उपन्यासमा कर्णाली र सुदूर पश्चिमको भौगोलिक, धार्मिक, साँस्कृति, आर्थिक, राजनीतिक, पारिवारिक र सामाजिक चालचलनको झल्को भेटिन्छ ।

अन्तमा “खड्क्या मन्त्री” को पारिवार, जिमिदार बाजेको पारिवार र सुशान्तको परिवारको सुखद मिलन भएकाले कथावस्तुका हिसाबले गतिशील मान्न सकिन्छ ।

अन्तमा यो उपन्यास प्रकाशन गर्ने स्व. गगनसिंह थापााका छोरा हिक्मत थापा र गगन फाउन्डेसनलाई आभार प्रकट गर्दछु । कृति : मेरा गाउँको खडक्या मन्त्री लेखक : गगनसिंह थापा बिधा : उपन्यास आवरण कला : रमेश पौडेल प्रकाशक : गगन फाउन्डेसन मूल्य : रु . ३००

(रास्कोट, १ कालीकोट)

अमेरिकी सेनाले ११६ अवैध भारतीय आप्रवासीलाई पिर्ता ल्यायो

एजेन्सी । अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको विमान पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

उक्त विमानमा १ सय १६ भारतीय आप्रवासी रहेको र स्थानीय सञ्चार माध्यमहरूका अनुसार, तीमध्ये २५ महिला र १२ बालबालिका रहेका छन्। विमानमा ११ चालक दलका सदस्य र ४५ अमेरिकी अधिकारीहरू पनि रहेका छन्।

बुधबार भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश, र महाराष्ट्रका छन्। तीमध्ये सबैभन्दा धेरै ३३ जना गुजरातका र ३२ जना पञ्जाबका रहेका छन्। अन्य आप्रवासीहरू उत्तर प्रदेश र महाराष्ट्रका हुन्।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बनेपछि, अमेरिकाले गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको देश फर्काउने प्रक्रिया तीव्र बनाएको छ। ट्रम्पले पदभार ग्रहण गरेसँगै अवैध आप्रवासीलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकहरूको न्यायसंगत फिर्तीका लागि तयारी रहेको बताएका थिए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए कि अमेरिकामा रहेका अवैध नागरिकहरूलाई फिर्ता लिन तयार छन्।

पछिल्ला तथ्यांकहरू अनुसार, भारतले अमेरिकामा १७,९४० अवैध वा कागजात नभएका भारतीयलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग सहकार्य गरिरहेको छ। पिउ रिसर्च सेन्टरका अनुसार, अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयको संख्या तेस्रो स्थानमा छ, र यहाँको अनुमानित कागजविहीन भारतीय आप्रवासीको संख्या ७ लाख २५ हजार छ। यो मेक्सिको र एल साल्भाडोरपछि तेस्रो ठूलो संख्या हो।

त्रिकोणात्मक महिला टी–२० सिरिज : नेपालको लगातार पाँचौँ हार

काठमाडौं : काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार पाँचाैँ हार व्यहोरेको छ । आफ्नो पाँचाैँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।

‘उच्चस्तरीय समितिलाई निर्वाचनको काम अगाडी बढाउन कुनै वाधा छैन’

काठमाडौँ – कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई निर्वाचनको काम अगाडी बढाउन कुनै वाधा नभएको जनाएका छन्।

जीएनएन नेटवर्कद्वारा सोमबार आयोजित भर्चुएल अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले  सर्वोच्च अदालतको राजेश शमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत (पहिलो मुद्दा) र बद्री केसी विरुद्ध परराष्ट्र मन्त्रालय (दोस्रो मुद्दा) फरक फरक भएको र पहिलो मुद्दाको बारेमा संक्षिप्त आदेश आइसकेपछि दोश्रो फैसलाले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाई खारेज गरि दिएको जनाए ।

“पहिलो फैसलाले उच्चस्तरीय समिति बनाएको हो । त्यसकारण यो दुईवटा एकले अर्कालाई ‘सुपरसिड’ गरेको पनि होइन । सर्वोच्च अदालतले गरेको प्रत्येक मुद्दाका फैसला स्वतन्त्र हुन्छन् । त्यसका अन्तरवस्तु पनि नितान्त फरक छन् । एनआरएनए संस्थालाई अगाडि बढाउनका लागि गरिएको पहिलो फैसला हो । दोस्रो फैसलामा मन्त्रालयको पत्र बदर गर्न माग गरिएको थियो त्यस अनुसार गरिएको हो । अब एनआरएन कसरी अगाडि जाने भन्ने कुरामा अघिल्लो फैसलाले गरेको निर्णय नै अन्तिम फैसला हो। अहिले उच्चस्तरीय समितिलाई निर्वाचन गराउने आदेश छ, त्यस अनुसार अगाडि बढेर निर्वाचन गराउने अनि सर्वोच्च र परराष्ट्रमा बुझाउने काम गर्नुपर्छ,” थापाले भने ।

यसै गरी अधिवक्ता सरोजकृष्ण घिमिरेले एनआरएनएका राजेश शमसेर राणाले दायर गरेको रिटमा सर्वोच्चले परमादेश जारी  गरी डा. शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर एकताको महाधिवेशन गर्ने  आदेश दिएको जनाए  छ ।  “त्यो फैसलाले  अगाडिको एनआरएनएको बाटो खुला गर्ने नै हाम्रो बुझाइ हो । त्यो फैसलाले नै अगाडिको ‘वे आउट’ सँगै परराष्ट्र मन्त्रालयलाई जुन निर्देशन दिएर उच्चस्तरीय समिति पनि बनाएको छ, त्यो समितिलाई परराष्ट्र मन्त्रालयको सहयोगमार्फत  एनआरएनएमा एकताको महाधिवेशन गरेर नयाँ नेतृत्व बनाउने भन्ने आदेश भएको छ । त्यो परमादेश हो ,” उनले भने।

सहभागीहरुका प्रश्नको जवाफ दिंदै अधिवक्ता घिमिरेले भने, “पहिलो र दोश्रो मुद्दा फरक फरक हुन्।  अन्तरवस्तुहरु नितान्त फरक छन्।  यसमा कन्फ्युज हुने पर्ने अवस्था छैन ” । उनले अदालतको फैसलाको कार्यान्वयन गर्न कुनै वाधा अवरोध गर्न खोजिएमा त्यो अदालतको मानहानी हुने पनि बताए।

कार्यक्रममा विभिन्न देशबाट पत्रकार तथा एनआरएन अभियन्ताहरु सहभागी  थिए।

यूएसएड के हो, अमेरिका राष्ट्रपति ट्रम्प किन यो निकाय बन्द गर्न चाहन्छन्

विदेशी सहायताका लागि अमेरिकी सरकारको मुख्य निकायको रूपमा रहिआएको यूनाइटेड स्टेट्स एजन्सी फर इन्टरन्याश्नल डेभलप्मन्ट (यूएसएड) को भविष्यबारे आशङ्का व्यक्त भइरहेको छ। सो निकायका कर्मचारीले काम गर्न पाइरहेका छैनन् भने ट्रम्प प्रशासनले त्यसलाई विदेश मन्त्रालयमा गाभ्ने योजना बनाइरहेको छ।

यूएसएड अमेरिकी विदेश मन्त्रालयको एउटा शाखाका रूपमा काम गर्ने छ। तर अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजका अनुसार यूएसएडको बजेट तथा जनशक्तिमा महत्त्वपूर्ण कटौती हुने देखिएको छ।

सोमवार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएडको नेतृत्वपङ्क्ति “असहयोगी” भएको आरोप लगाए भने त्यसको “कार्यवाहक प्रमुख” अहिले आफू रहेको पनि बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वरिष्ठ सल्लाहकारमध्ये एक अर्बपति इलोन मस्क यूएसएडप्रति निकै आलोचनात्मक रहिआएका छन्। तर यूएसएड बन्द गर्ने कदमको ठूलो असर विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरूमा पर्न सक्छ।

यूएसएड के हो र त्यसले के गर्छ

यूएसएड अमेरिकी सरकारको तर्फबाट विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरू हेर्नका लागि सन् १९६० को दशकको आरम्भतिर गठन भएको निकाय हो। यूएसएडमा झन्डै १०,००० कर्मचारी छन्। तीमध्ये दुईतिहाइ विदेशमा कार्यरत छन्।

विश्वका ६० वटाभन्दा बढी देशमा यूएसएडका आधारक्षेत्र छन्। त्यसबाहेक अरू दर्जनौँ देशहरूमा पनि उक्त संस्थाले काम गर्छ।

यद्यपि सम्बन्धित क्षेत्रमा अधिकांश कामहरू अरू संस्थाहरूले गर्छन् जोसँग यूएसएडले सम्झौता गरेको हुन्छ र जसलाई त्यसले सहायता उपलब्ध गराउँछ।

त्यसले गर्ने कामहरू थुप्रै छन्। उदाहरणका लागि, यूएसएडले भोकमरी हुने देशहरूमा खाद्यान्न सहायता मात्रै उपलब्ध गराउँदैन, भोकमरीको पहिचान गर्ने प्रणालीमा पनि काम गर्छ। उक्त प्रणालीले भोकमरीको पूर्वानुमान गर्नका लागि डेटाहरू प्रयोग गर्छ।

यूएसएडको अधिकांश बजेट अहिले पनि पोलियो रोग देखिएका देशमा खोप कार्यक्रम तथा भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिने जस्ता स्वास्थ्य कार्यक्रममा खर्च हुने गरेको छ।

बाह्य सहायता र स्वैच्छिक सहायताहरूबाट चल्ने बीबीसीको अन्तर्राष्ट्रिय परोपकारी संस्था बीबीसी मिडिया एक्शनले पनि यूएसएसबाट सहायता पाउने गरेको छ।

सन् २०२४ को एउटा रिपोर्टअनुसार यूएसएडले ३२ लाख ३०,००० अमेरिकी डलर सहयोग गरेको थियो जुन उक्त आर्थिक वर्षमा दोस्रो ठूलो सहायता थियो।

मधेश प्रदेशको हरिवनस्थित एउटा अस्पतालमा यूएसएडसँग सहकार्य गर्दै आएका सामुदायिक स्वास्थ्य सहायक (सीएमए)हरू

तस्बिर स्रोत,USAID Nepal

तस्बिरको क्याप्शन,नेपालमा यूएसएड स्वास्थ्य र शिक्षासहित विभिन्न क्षेत्रमा कार्यरत थियो

अमेरिकी सरकारमाथि कसरी व्ययभार पर्छ?

सरकारी तथ्याङ्कअनुसार अमेरिकाले अन्तर्राष्ट्रिय सहायतास्वरूप सन् २०२३ मा ६८ अर्ब डलर खर्च गरेको थियो।

त्यो रकम विभिन्न निकायलाई वितरण गरिएकोमा यूएसएडले मात्र आधाभन्दा बढी अर्थात्‌ ४० अर्ब डलर पाएको थियो।

अधिकांश रकम एशिया, सब-सहारन अफ्रिका र युरोप – विशेष गरी युक्रेनमा मानवीय सहायतामा खर्च भएको छ।

डोनल्ड ट्रम्प र इलोन मस्कले यूएसएडमा किन आमूल परिवर्तन चाहेका हुन्?

विदेशमा अमेरिकाले गर्दै आएको खर्चको ट्रम्प आलोचक रहिआएका छन् र अमेरिकी करदाताको रकम त्यसरी खर्च गर्नु उचित नभएको उनको तर्क छ। उनको कोपभाजनमा यूएसएड परेको छ। उक्त निकायका वरिष्ठ कर्मचारीहरूलाई उनले “सन्काहा” भन्ने गरेका छन्।

यूएसएडलाई खारेज गरिएमा त्यसप्रति धेरैले समर्थन गर्ने देखिन्छ। अमेरिकी मतदाताहरूले अमेरिकाले वैदेशिक सहायतामा गर्ने खर्चमा कटौती गर्नुपर्ने धारणा राख्दै आएका मतसर्वेक्षणहरूले देखाएका छन्।

शिकागो काउन्सिल अन ग्लोबल अफेअर्सका अनुसार सन् १९७० कै दशकमा गरिएको मतसर्वेक्षणले सहायता कटौतीको पक्षमा मत प्रकट भएको देखाएको थियो।

समीक्षा गर्ने समय तोक्दै ट्रम्पले पद सम्हालेपछि गरेका प्रारम्भिक काममध्ये कार्यकारी आदेश जारी गरी सबै वैदेशिक खर्च ९० दिनसम्मका लागि निलम्बन गर्ने योजना पर्‍यो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वरिष्ठ सल्लाहकार इलोन मस्क

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वरिष्ठ सल्लाहकारम इलोन मस्कले यूएसएडको खरो आलोचना गर्दै आएका छन्

त्यसपछि अमेरिकी विदेश मन्त्रालयले पत्राचार गर्दै कामहरू रोक्न भन्यो। तर पछि मानवीय सहायतासम्बन्धी कामको हकमा निलम्बन फुकुवा गरियो। यद्यपि अमेरिकी घोषणाले अन्तर्राष्ट्रिय विकास जगत्‌लाई निराश तुल्यायो र सेवामा व्यापक अवरोध सिर्जना गर्‍यो।

विश्वका अतिविपन्न देशमा औषधोपचार कार्यक्रम र स्वच्छ खानेपानी आपूर्ति नै रातारात बन्द गर्नुपर्‍यो।

मानवीय सहायतासम्बन्धी एक अनुभवी व्यक्तिले बीबीसीलाई बताएअनुसार अमेरिकी कदमले “सहायता क्षेत्रमा भूकम्प ल्याए जस्तै” भयो।

इलोन मस्कका लागि काम गर्ने अधिकारीहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न रोकिएपछि ह्वाइट हाउस र यूएसएडबीच गत सप्ताहान्तमा तनाव बढेको देखियो। मस्कका कर्मचारीहरूले त्यहाँबाट वित्तीय डेटा लिन खोजेका थिए।

विवरणहरूमा जनाइएअनुसार त्यो घटनापछि दुई वरिष्ठ अधिकारीलाई बिदामा पठाइयो। यूएसएडको वेबसाइट अफलाइन भएको छ र सोमवार कर्मचारीहरूलाई घर बस्न भनियो।

त्यसपछि सोमवार नै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएडको नेतृत्वपङ्क्ति “असहयोगी” भएको आरोप लगाए अनि आफू उक्त निकायको “कार्यवाहक प्रमुख” रहेको घोषणा गरे।

के ट्रम्पले यूएसएड बन्द गराउन सक्छन्?

यूएसएडमाथि ह्वाइट हाउसको महत्त्वपूर्ण प्रभाव रहेको भए पनि त्यो शक्ति सिद्धान्ततः सीमित छ।

सन् १९६१ मा कङ्ग्रेसले वैदेशिक सहायता ऐन पारित गरेपछि यूएसएडको व्यवस्था भएको हो।

त्यो कानुनले वैदेशिक सहायता खर्च सम्बन्धमा कार्यादेश दियो। त्यसको केही समयपछि तात्कालिक राष्ट्रपति जोन एफ केनडीले कार्यकारी आदेशमार्फत्‌ यूएसएड स्थापना गरे।

त्यसपछि सन् १९९८ मा अर्को कानुन पारित भयो जसले यूएसएडलाई उसको अधिकारसहित एउटा कार्यकारी निकायको हैसियत प्रदान गर्‍यो।

टर्कीमा शक्तिशाली भूकम्प गएपछि खोजी तथा उद्धारकार्यमा संलग्न अमेरिकी सैनिकहरू

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,यूएसएडले टर्कीमा शक्तिशाली भूकम्प गएपछि खोजी तथा उद्धारकार्यका लागि ठूलो सहयोग उपलब्ध गराएको थियो

सङ्क्षेपमा भन्नुपर्दा ट्रम्पले कार्यकारी आदेश जारी गरेरै यूएसएडको अन्त्य गराउन सक्छन् भन्ने छैन।

यदि उनले त्यसो गर्ने प्रयत्न गरे भने पनि अदालतहरू र कङ्ग्रेसबाट कडा चुनौतीको उनले सामना गर्नुपर्ने लगभग निश्चित छ। यूएसएडलाई बन्द गराउनका लागि कङ्ग्रेसको आवश्यकता पर्ने छ जहाँ दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको झिनो बहुमत छ।

चर्चामा रहेको एउटा विकल्प भनेको ट्रम्प प्रशासनले यूएसएडलाई छुट्टै सरकारी निकाय रहन दिनुभन्दा अमेरिकी विदेश मन्त्रालयमा गाभ्न सक्छ।

यो नौलो घटना भने हैन। सन् २०२० मा यूकेका तात्कालिक प्रधानमन्त्री बोरिस जोन्सनले त्यहाँको डिपार्टमन्ट अफ इन्टरन्याश्नल डेभलप्मन्टलाई विदेश मन्त्रालयमा गाभेका थिए।

यूएसएड बन्द भए त्यसको के असर पर्ने छ?

अमेरिकाबाट प्राप्त हुने असङ्गत सहायता रकम हेर्दा त्यसको खर्च गर्ने तरिकामा आउने जुनसुकै परिवर्तन निस्सन्देह विश्वभरि महसुस गरिने छ।

युक्रेनका घाइते सैनिकहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराउनेदेखि, भूमिगत विस्फोटक पदार्थहरू हटाउने र अफ्रिकामा इबोला भाइरसको सङ्क्रमण रोक्नेसम्मका काममा यूएसएड संलग्न रहँदै आएको छ। यसको असर साँच्चै नै विश्वभरि पर्ने छ।

विदेशमा ९० दिनसम्म वैदेशिक सहायता निलम्बन गर्ने घोषणापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले खर्च हुने “प्रत्येक डलर” ले अमेरिका सुरक्षित, सुदृढ र अझ समृद्ध हुने कुरा प्रमाणले “पुष्टि” गर्नुपर्ने बताए।

डेमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्पको कदमलाई गैरकानुनी भनेका छन् र राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताएका छन्। सो क्रममा उनीहरूले सिरियामा इस्लामिक स्टेटका लडाकुहरू भएका कारागारको सुरक्षा हेरिरहेकाहरूले अमेरिकी सहायता रोकिएपछि झन्डै काम छोड्नुपरेको रिपोर्टलाई उद्धृत गरेका छन्।

ट्रम्पले वैदेशिक सहायतामा गरिने खर्च “अमेरिका पहिला” भन्ने नीतिसँग मेल खाने गरी भएको हुनुपर्ने स्पष्ट पारेका छन् र अन्तर्राष्ट्रिय विकास कार्यक्रमले थप आघात खप्नुपर्ने छ।

ट्रम्पबाट नियुक्त इलोन मस्कले सरकारी बजेटबाट अर्बौँ डलर कटौती गराउने प्रयास गरिरहँदा अमेरिकाले आगामी वर्षहरूमा वैदेशिक सहायतामा कति खर्च गर्छ भन्नेबारे प्रश्न उठेका छन्। -बीबीसीबाट


Boost Your Gameplay in a Universe of 4,000+ Games Sports & Crypto Included — Secure Your 100% Bonus & 25 Free Spins.

Εμπειρία Παιχνιδιού Επόμενου Επιπέδου: billionairespin login, προσφορές, άμεσες πληρωμές & 24/7 υποστήριξη!

Στην σύγχρονη ψηφιακή εποχή, τα διαδικτυακά καζίνο έχουν γνωρίσει μια εκρηκτική άνοδο στη δημοτικότητά τους, προσφέροντας μια ευρεία γκάμα παιχνιδιών και ψυχαγωγίας στους λάτρεις του τζόγου. Το billionairespin loginαποτελεί μια δημοφιλή επιλογή για τους παίκτες που αναζητούν μια αξιόπιστη και διασκεδαστική πλατφόρμα. Προσφέροντας πληθώρα παιχνιδιών, ελκυστικά μπόνους και άμεσες πληρωμές, το billionairespin κερδίζει την εμπιστοσύνη των παικτών, ενώ παράλληλα διασφαλίζει ένα ασφαλές και δίκαιο περιβάλλον παιχνιδιού. Η ευκολία πρόσβασης και η δυνατότητα παιχνιδιού από οπουδήποτε και οποτεδήποτε billionairespin login καθιστούν τα διαδικτυακά καζίνο μια ελκυστική επιλογή για ένα ευρύ κοινό.

Η Εμπειρία Παιχνιδιού στο Billionairespin

Το Billionairespin ξεχωρίζει για την πλούσια συλλογή παιχνιδιών του, η οποία περιλαμβάνει κουλοχέρηδες, επιτραπέζια παιχνίδια και ζωντανά καζίνο. Οι παίκτες μπορούν να απολαύσουν μια ποικιλία θεμάτων, γραφικών και ήχων, καθώς και διαφορετικά επίπεδα πονταρίσματος, προσαρμοσμένα στις προτιμήσεις και τον προϋπολογισμό τους. Η πλατφόρμα συνεργάζεται με κορυφαίους παρόχους λογισμικού, όπως οι BGaming, Gamzix, Booongo, Endorphina και Winfinity/Platipus Live, διασφαλίζοντας υψηλή ποιότητα και αξιοπιστία.

Η πλοήγηση στον ιστότοπο είναι απλή και φιλική προς τον χρήστη, καθιστώντας εύκολη την εύρεση των αγαπημένων παιχνιδιών και την πρόσβαση σε όλες τις λειτουργίες. Η πλατφόρμα προσφέρει επίσης μια εξαιρετική εμπειρία παιχνιδιού σε κινητά, επιτρέποντας στους παίκτες να απολαμβάνουν τα παιχνίδια τους εν κινήσει.

Πάροχος Λογισμικού Τύπος Παιχνιδιού Δημοφιλή Παιχνίδια
BGaming Κουλοχέρηδες Lucky Lady’s Clover, Book of Dead
Gamzix Κουλοχέρηδες Foxin Wins, Gold of Maya
Booongo Κουλοχέρηδες Sun of Egypt, Book of Sun
Winfinity/Platipus Live Ζωντανό Καζίνο Blackjack, Roulette, Baccarat

Μπόνους και Προσφορές

Το Billionairespin προσφέρει μια σειρά από ελκυστικά μπόνους και προσφορές, σχεδιασμένες για να ανταμείψουν τους παίκτες και να ενισχύσουν την εμπειρία παιχνιδιού τους. Το welcome package μπορεί να φτάσει τα €1.500 και να περιλαμβάνει έως και 250 δωρεάν περιστροφές. Επιπλέον, η πλατφόρμα προσφέρει τακτικά μπόνους επαναφόρτισης, cashback προσφορές και ειδικές προωθήσεις για συγκεκριμένα παιχνίδια.

Οι παίκτες πρέπει να διαβάσουν προσεκτικά τους όρους και τις προϋποθέσεις που ισχύουν για κάθε μπόνους, προκειμένου να κατανοήσουν τις απαιτήσεις στοιχηματισμού και τους περιορισμούς.

  • Μπόνους καλωσορίσματος: Έως €1.500 + 250 δωρεάν περιστροφές
  • Μπόνους επαναφόρτισης: Μπόνους επί των καταθέσεων
  • Cashback προσφορές: Επιστροφή χρημάτων σε περίπτωση απωλειών
  • Ειδικές προωθήσεις: Μπόνους για συγκεκριμένα παιχνίδια

Τρόποι Πληρωμής και Ασφάλεια

Το Billionairespin υποστηρίζει μια ποικιλία τρόπων πληρωμής, συμπεριλαμβανομένων των πιστωτικών/χρεωστικών καρτών και των κρυπτονομισμάτων. Οι καταθέσεις είναι άμεσες, ενώ οι αναλήψεις επεξεργάζονται εντός 24 ωρών. Το ελάχιστο ποσό ανάληψης είναι €50, με όρια €1.000/ημέρα, €3.000/εβδομάδα και €10.000/μήνα.

Η ασφάλεια των παικτών αποτελεί ύψιστη προτεραιότητα. Η πλατφόρμα χρησιμοποιεί προηγμένη τεχνολογία κρυπτογράφησης SSL για την προστασία των προσωπικών και οικονομικών δεδομένων. Επιπλέον, το Billionairespin διαθέτει άδεια από την Curaçao (Terdersoft B.V., OGL/2024/1126/0521), η οποία εγγυάται τη νομιμότητα και τη διαφάνεια των δραστηριοτήτων του.

  1. Κρυπτονομίσματα (Bitcoin, Ethereum, Litecoin, κ.λπ.)
  2. Πιστωτικές/Χρεωστικές Κάρτες (Visa, Mastercard)
  3. Τραπεζικές Μεταφορές (σε ορισμένες περιοχές)

Υποστήριξη Πελατών & Αξιοπιστία

Το Billionairespin προσφέρει εξαιρετική υποστήριξη πελατών 24/7 μέσω ζωντανής συνομιλίας και email. Η ομάδα υποστήριξης είναι άμεση, εξυπηρετική και γνώστης των θεμάτων που αφορούν τα διαδικτυακά καζίνο. Επιπλέον, η πλατφόρμα διαθέτει μια εκτενή ενότητα συχνών ερωτήσεων (FAQ) που καλύπτει τις πιο συνηθισμένες απορίες των παικτών.

Η πλατφόρμα χρησιμοποιεί γεννήτρια τυχαίων αριθμών (RNG) για να διασφαλίσει τη δικαιοσύνη και την τυχαιότητα των αποτελεσμάτων των παιχνιδιών. Έχοντας την άδεια της Κουρασάο, το Billionairespin διασφαλίζει τη δίκαιη λειτουργία και την ασφάλεια των παικτών. Η πολιτική δίκαιου παιχνιδιού είναι διαφανής και διαθέσιμη σε όλους τους παίκτες.

Κανάλι Υποστήριξης Διαθεσιμότητα Χρόνος Απόκρισης
Ζωντανή Συνομιλία 24/7 Άμεση
Email 24/7 Εντός 24 ωρών
FAQ 24/7 Άμεση πρόσβαση σε πληροφορίες

त्यो रेडियोको युग र रेडियो पानासोनीक

दीर्घराज उपाध्याय
(साथमा रञ्जना बिसी)
धनगढी, २२ माघ ।

४० को दशकमा सूचनाका लागि भरपर्दो एउटै माध्यम थियो, रेडियो । त्यो पनि सबैसंग हुदैनथ्यो । जसको घरमा रेडियो हुन्थ्यो, छिमेकीहरु विहान ७ बजेको समाचार सुन्न त्यही भेला हुन्थे । रेडियोको वरीपरी झुम्मिएर एकटकले सुन्थे, ‘यो रेडियो नेपाल हो ।’ अनि समाचारवाचकले आफ्नो नाम भन्थे । र त्यसपछि, समाचारका मुख्य शीर्षकहरु ।

कुरा २०४५ सालको हो । त्यो रेडियोको युग थियो । ईन्द्र बहादुर बिष्टले त्यही युगमा रेडियोलाई जीवन निर्वाहको माध्यम बनाए । जतिबेला उनी २५ वर्षका थिए । त्यसयता उनी रेडियोसंग छुट्टिएनन् । उनले रेडियो बनाए । रेडियोले उनको जीवन । उनले सुत्दा, उठ्दा रेडियो देख्न थालेको पनि ३७ वर्ष भएछ । रेडियोसंग नछुट्टिएको पनि त्यति नै वर्ष भयो । रेडियोको युग ‘बुढो’ भयो । उनी पनि । उनी उमेरले ६२ पुगे ।

हेमलाल रसाईलीको धनगढीमा नेशनल रेडियो सर्भिस थियो । उनी कहाँ भारतीय मिस्त्री काम गर्थे । उनीहरुले छोडेर गएपछि रसाईली मिस्त्रीको खोजीमा मोरङ पुगे ।

उनी घरमै रेडियो खोलखाल गर्थे । बिगार्थे । बनाउथे । रेडियो प्रतिको लगावले उनलाई छ महिने तालिमसंग जोड्यो । उनले झापामा छ महिने रेडियो मर्मत तालिम लिए । त्यहीबेला रसाईली र उनको भेट भयो । रसाईलीलाई मिस्त्री चाहिएको थियो । उनी घरमा खाली बसेका थिए । रसाईलीले बिष्टलाई सोधे, कोशी पारी गएका छौ ।

जवाफमा उनले भने, कोशी पारी टेकेको छैन् । रसाईलीले फकाए, फुक्र्याए, ल हेर अहिलेसम्म कही गएकै रहेनछौ । देश त घुम्नु पर्छ । तिमी त कोशी पनि टेकेको रहेनछौ । हिड् मसंगै । म पोखरा, चितवन, बुटवल, नेपालगञ्ज घुमाउछु । अनि धनगढीमा मेरो रेडियोमा काम दिन्छु ।

बिष्टले नाईनास्ती गरे । नजाने अड्डी कसे । उनका बुवाले केही समय काम गएर आउनु भन्दै पठाए । र, उनी मोरङको उर्लाबारीबाट बसहरु फेर्दै नेपालगञ्ज आईपुगे । अनि त्यहाँबाट रुपेडेहिया हुदै भारतको बाटो भएर पलियाबाट २०४५ साल चैत २२ गते धनगढी आईपुगे ।

एक महिना गरे । त्यसपछि फर्किन खोजे । थप एक महिना रोकिन रसाईलीले आग्रह गरे । त्यसपछि असार लाग्यो । बर्खामा हिड्ने कुरै भएन । उनी त्यसपछि डेढ वर्ष रोकिए । र, फर्किए उर्लावारी ।

केही महिनापछि उनलाई खोज्दै घरमै भरत संग्रौला आईपुगे । संग्रौला उनीभन्दा उमेरले कान्छा थिए । तर नाताले उनी काका भन्थे । संग्रौलाले रसाईलीबाट ३० हजार रुपैयामा पसल किनेका रहेछन् । तर मिस्त्री नभएका कारण पसल बन्द रहेछ । संग्रौलाले तीन महिना पसलमा काम गरिदिन आग्रह गरे । उनी कुनै पनि हालतमा धनगढी फर्किने मुडमा थिएनन । संग्रौलाले उनका बुवासंग ईन्द्रलाई आफूसंग पठाईदिन आग्रह मात्र गरेनन, तीन महिना त्यहाँ कामदारहरुलाई रेडियो बनाउन सिकाईदिएपछि घर फिर्ता पठाई दिने प्रतिबद्धता सुनाए ।

संग्रौलाको आग्रह टार्न नसकेर यस पटक पनि बुवाले उनलाई धनगढी पठाए । तीन महिनाका लागि आएका बिष्टलाई थप केही महिना रोकिदिन आग्रह गरे । उता घरमा बिष्टकी पत्नी र दुई छोरी थिईन् । उनी चाँडोभन्दा चाँडा फर्किन चाहन्थे । तर संग्रौला भने रोकिरहन ।

एक वर्षपछि संग्रौला धनगढी छोडेर काठमाण्डौं पुगे । र, त्यहाँबाट कोरिया । उनले पसलको मूल्य ३० हजार रुपैया तोकेको थिए । त्यो रकम कमाएर दिनु भनेर संग्रौला उनलाई पसल जिम्मा लगाएर हिडेका थिए । कोरियामा काम गर्न थालेपछि उनले खवर पठाए, मलाई पैसा पठाउनु पर्दैन् । पसल चलाउने भए चलाउनु । चलाउन मन नभए बेचेर घर फर्किनु ।

शुरुवाती डेढ वर्षमै उनले रेडियो मेकानिकको रुपमा पहिचान बनाईसकेका थिए । पसल लिएपछि उनले नाम फेरे । नयाँ नाम दिए–पाना सोनी ईलेक्ट्रोनिक्स ।

म यहाँको ढुंगा माटोसंग परिचित भईसकेको थिए,सुनाउछन्, पुराना चिनेकाहरु खोजीखोजी पसलमा आउन थाले । त्यही कारण मलाई काम गर्न सहज भयो ।

उनी सम्झिन्छन्, बोलीरहेको रेडियो सुन्दा कतिपयले त त्यसभित्र मान्छे छ भन्ने ठान्थे । उनी भने त्यही रेडियो खोलखाल गर्थे ।
…………..

सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा मेसु डा. गणेश बहादुर सिंह २० को दशकमा बझाङमा आफ्नो घरमा मर्फी रेडियो रहेको सुनाउछन् । सिंहका अनुसार त्यसताका रेडियोको लाईसेन्स लिनुपथ्र्यो ।

बीबीसी नेपाली सेवाको राति पौने नौ बजेको समाचार उनी नछुटाई सुन्थे । अलईण्डिया रेडियोबाट प्रसारण हुने गीती फर्माईस कार्यक्रम सुन्थे । चिया पसल, घर र चौतारामा रेडियो नेपालको ७ बजेको समाचार सुन्न त मान्छेहरु रेडियोको वरीपरी झुम्मिन्थे, उनी पुराना कुरा सम्झिन्छन्, आम मान्छे विहान ओम जय जगदिश हरे भजनबाट शुरु हुने रेडियो नेपालको प्रसारण सेवा राति सुत्नेबेलासम्म सुन्थे ।

त्यतिबेला सूचना र समाचारको एउटै स्रोत रेडियो रहेको डा. सिंह सुनाउछन् । उनले रेडियो सुन्न थालेको पाँच दशक बित्यो । पहिले सूचनाका लागि पूर्ण रुपमा रेडियोमा निर्भर थियौ । त्यसपछि टेलिभिजनप्रति आकर्षण बढ्यो, उनी भन्छन्, अचेल मोवाईल भए पुग्छ । अरु केही चाहिदैन् ।

यद्यपि अचेल पनि बिहान र साँझ भने समाचार र कार्यक्रम सुन्न उनी रेडियो खोल्छन् ।

सिंहका अनुसार प्रविधिको विकासले रेडियोलाई विस्थापित गरिदियो । मान्छेहरु चियाको समयमा रेडियो सुन्थे । खेतमा काम गर्दा रेडियो सुन्थे । जव मान्छेहरु मोवाईलमा व्यस्त हुन थाले, तव रेडियो सुन्न छोडे ।

……………

कुनै बेला रेडियो र टेप रेकर्डर साथमा हुने मान्छेको शान बेग्लै हुन्थ्यो । मुम्बईबाट आउनेहरुले टेप रेकर्डर घन्काउदै आउँथे । त्यतिवेला नन्द कृष्ण जोशीका गलबन्दीमा रातो धागो देउडा खुव बज्थ्यो । पछि नरेन्द्रराज रेग्मीको चैर मुसी चैर र भोजराज भट्टको जौपात उधुमसंग घन्किन थाल्यो । रेडियो र टेकरेकर्डर हुनु त शान थियो । उनी भन्छन्, बम्बईबाट घाटीमा टेप रेकर्डर झुण्ड्याएर आउनेहरु देउडा घन्काईरहेका हुन्थे ।

मान्छेहरु पहाडबाट बिग्रेका रेडियोहरु डोकोमा बोकेर ल्याउथे । उनको पसलमा नौ वटै जिल्लाबाट रेडियो बनाउन आउनेहरुको भीड लाग्थ्यो । उनलाई रेडियो बनाउन भ्याई नभ्याई  हुन्थ्यो ।

बिष्टको पसलमा रेडियो मर्मत गर्न एक पटक नपुगेका त सुदूर पश्चिममा विरलै रेडियो प्रयोगकर्ता होलान । सरल व्यवहार र पैसाका लागि मोलमोलाई नगर्ने स्वभावका कारण फर्केर अर्को पटक ग्राहक त्यही पुग्छन् । रेडियो मर्मतको दररेट थिएन, त्यसो भन्दैमा जति पैसा पनि लिन भएन, उनी भन्छन्, ग्राहकले घर पुगेर यो नसोचोस कि बिष्टले धेरै पैसा लियो । त्यही सोचेर ग्राहकसंग कहिल्यै बढि रकम लिए ।

मान्छेहरु पहाडबाट बोका बेच्न धनगढी झर्थे । एउटा बोकाको मोल पाँच सय रुपैयासम्म हुन्थ्यो । फर्किदा बोका बेचेको पैसाले पहिले टेपरेकर्डर र व्याट्री किन्थे । बचेको पैसाले अरु सामान । उनी त्यो देखेर अच्चम पर्थे ।

धनगढी आसपासका गाउँबाट मान्छेहरु टाउकोमा दाउराको भारी धनगढी आउथे । २० देखि २५ रुपैयामा दाउरा बेच्थे । त्यो पैसाले खुकुरी चुरोट किन्थे, उनी त्यो युगमा फर्किन्छन्,र सुनाउछन्, मनमा गढेका कुरा, ओहो ! मान्छेहरु कस्तो निस्फिक्री दाउरा बेचेर चुरोट खाने ? कति विन्दास हुन् ?, कुनै कुराको चिन्ता नै छैन् ।

त्यतिबेला पानासोनीक रेडियोको मूल्य सात सय देखि १५ सय रुपैयासम्म पथ्र्यो, उनले सुनाए, मोडेल अनुसार मूल्य फरक फरक थियो । तीन व्याण्डको रेडियोको भने मूल्य दुई हजारदेखि दुई हजार पाँच सय रुपैयासम्म थियो ।

धनगढीमा दुई वटा रेडियोको मूल्यले एक कठ्ठा जमीन किन्न सकिन्थ्यो । उनलाई त्यतिबेला पूर्वतिरबाट आएका साथीहरुले बडहरामा एक कठ्ठा जग्गा किन्न आग्रह गरेका थिए । एक कठ्ठाको मूल्य पाँच हजार रुपैया थियो । उनले जग्गा जोड्ने सोच बनाएनन् । काममै जोड गरे ।

उनी रेडियोमा धागो हालेको पाँच रुपैया । भोलुम बनाएको ४० रुपैयासम्म लिन्थे । दैनिक तीन सय रुपैया भन्दा बढि आम्दानी हुन्थ्यो । त्यतिबेला सबै कुरा सस्तो थिए । एक किलो ईन्द्रासन चामल पाँच रुपैयामा पाईन्थ्यो । प्रतिकिलो मोटो चामलको मूल्य दुई रुपैया ५० पैसा थियो । घर खर्च कटाएर त्यही आम्दानीबाट बचत हुन्थ्यो ।

उनले त्यही कमाईबाट तीन छोरी र एक छोरालाई पढाए । हुर्काए । उनीहरुको विवाह गरे । धनगढी बसपार्कमा घर बनाए ।

एसपीए कलेजमा प्लस टु पास गरेपछि छोरा विमललाई उनले दुई वर्षे ईलेक्ट्रिक विषयको कोर्षका लागि भारतको जयपुर पठाए । त्यहाँबाट फर्किएपछि विमलले नाष्ट कलेजमा जागीर खाए । उनले स्थायी जागीर छुटाएर केही वर्षपछि बिमललाई आफूसंगै काममा लगाए । त्यसयता उनलाई छोरा विमलले काममा सघाईरहेका छन् ।

जतिबेला उनले व्यवसायमा हात हाले । त्यतिबेला सटरको मासिक भाडा थियो, सात सय रुपैया । अहिले १४ हजार रुपैया तिर्छन् । जतिबेला भाडा सस्तो थियो । व्यापार राम्रो थियो । भाडा बढ्दै गयो । व्यापार घट्दै गयो ।

सुदूर पहाडमा भारतीय ब्राण्ड मर्फी २० को दशकमा पुगिसकेको थियो । तराईमा जापानिज कम्पनीको रेडियो पानासोनीक रेडियोले बजार लिएको थियो । पछि नेशनल र नेशनल पानासोनीक आयो । विस्तारै बुस, पारामाउण्ट, फिलिप्स र सोनी    भित्रियो ।

उनी रेडियो र टेलिभिजनका सामान लिन दिल्ली जान्थे । त्यही कलर टीभी देखे । र, सामान लिन जाने क्रममा उनले रंगीन टेलिभिजन पनि बनाउन सिके । हुदा हुदा मान्छेहरुले टेलिभिजन प्रयोग गर्नेहरु पनि घटे । मान्छको घरमा टेलिभिजन सेट त छ । तर सबै मोवाईलमै व्यस्त हुन थाले ।

५० को दशकसम्म धनगढीमा थुप्रै रेडियो मर्मत केन्द्रहरु खुले । उनको पसलकै छेउमा २०४७ सालतिर सिग्मा ईलेक्ट्रोनिक्स खुल्यो । मस्जिदको छेउमा रेडियो मर्मत केन्द्र खुल्यो । तर व्यापार घटेपछि ७० को दशकपछि ती मध्ये अधिकांश पसल बन्द भए । र पलायन भए, अधिकांश व्यवसायी ।

मोवाईल भित्रिएपछि रेडियोको बिक्री घट्यो, बिष्ट भन्छन्, त्योसंगै मर्मत पसलहरु बन्द हुने क्रम बन्द हुने क्रम तिव्र भयो ।

दुई वर्ष अघि धनगढीमा सडक विस्तारका क्रममा मूल सडकका संरचना भत्काईए । र, बजारमा चहलपहल घट्यो । त्यसयता भाडा तिर्न मुस्किल भएको उनी सुनाउछन् ।

अव रेडियोको युग फर्किनेमा उनी आशावादी छैनन् । रेडियो उनका लागि व्यवसाय मात्र होईन । यो त उनको जिन्दगीको अभिन्न हिस्सा हो । जिन्दगी रेडियोसंगै बित्यो, भन्छन्, रेडियो बाहेक केही सोचिएन् । उनले आशावादी हुदै भने, यही विषयमा पढेर आएको छोराले नयाँ तरिकाले व्यवसायी अगाडि बढाउने विश्वास छ ।

राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् ।

त्रिकोणात्मक टि-ट्वान्टी सिरिज : चौथो हार सँगै उपाधि जित्ने सम्भावना सकियो

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० आई शृंखलाको चौथो खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

कीर्तिपुरस्थित खेल मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ रनले पराजित भएको हो। यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर २० ओभरमा जम्मा १०१ रन मात्रै बनाउन सक्यो।नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन्। अन्य खेलाडी खासै चल्न सकेनन्।

नेपाल अहिलेसम्म नेदरल्यान्ड र थाइल्यान्ड दुवैसँग २/२ पटक पराजित भइसकेको छ।

त्रिपल राउन्ड रोबिन संरचनामा खेल भइरहेकाले नेपालले अझै दुवै देशसँग १/१ खेल खेल्नेछ। तर, अबका खेल केवल अभ्यासका लागि मात्रै हुनेछन्।

उपाधिका लागि भने थाइल्यान्ड र नेदरल्यान्ड भिड्ने छन्।

त्रिकोणात्मक टि-ट्वान्टी सिरिज : जितका लागि नेपाललाई १०७ रनको लक्ष्य

काठमाडौँ, २२ माघः  त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् ।  नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

भ्रमणका लागि नेपाल आइपुगिन् बेलायती राजकुमारी

काठमाडौं । बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी श्रीमति सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही बेरमा नेपाल आउँदैछन् । उनी भारत हुँदै नेपाल आउँदैछन् ।

राजकुमार दम्पत्तिले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ भने काठमाडौ तथा पोखरा भ्रमण गर्ने बताइएको छ ।

झण्डै हप्ता दिनको नेपाल बसाईमा राजकुमारले बेलायती सैनामा कार्यररत गोर्खा परिवारसँग पनि भेटघाट गर्ने बताइएको छ । वर्ष २०२५ को प्रथम चरणको वैदेशिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।

Explore Hundreds of Exciting Games , Rapid Cashouts powered by funbet — Grab a Generous Welcome Bonus to Begin Your Adventure.

Elevate Your Play: Experience Instant Wins, Thousands of Games & a Generous Bonus at fun bet casino?

Looking for an online destination that combines exhilarating gaming with rapid payouts and a rewarding welcome? Then look no further than fun bet casino, a dynamic platform boasting over 2,500 games, seamless cryptocurrency support, and an attractive welcome package of up to 100% £200 plus 100 free spins. This review delves into the features that make fun bet casino a compelling choice for both seasoned players and newcomers alike, exploring its game variety, banking options, and overall user experience.

A Vast Selection of Games to Suit Every Taste

fun bet casino truly stands out with its extensive game library. From classic slot machines to immersive live casino experiences and a comprehensive sportsbook, there’s something for everyone. The platform collaborates with leading software providers to deliver high-quality graphics, engaging gameplay, and fair outcomes. Players can readily find their favorite titles or discover new ones through intuitive browsing and search functionalities. This dedication to providing a diverse and captivating game selection is a core element of the fun bet casino experience.

The variety doesn’t stop at categories; within these, you’ll find a stunning range of themes, volatility levels, and features. Whether you prefer the simple charm of traditional fruit slots or the complex bonus rounds of modern video slots, fun bet casino caters to all preferences. Moreover, the live casino offers an authentic experience with professional dealers and real-time interaction, perfect for those seeking the thrill of a brick-and-mortar casino from the comfort of their own home.

Game Category Approximate Number of Games Key Software Providers
Slots 1,500+ NetEnt, Microgaming, Play’n GO
Table Games 200+ Evolution Gaming, Pragmatic Play
Live Casino 150+ Evolution Gaming, Pragmatic Play Live
Sports Betting Extensive Coverage Various leading providers

Banking Options: Convenience and Cryptocurrency Support

fun bet casino understands the importance of convenient and secure banking. The platform supports a range of popular payment methods, including credit/debit cards, e-wallets, and, crucially, cryptocurrencies. The inclusion of cryptocurrencies like Bitcoin, Ethereum, and Litecoin offers users faster transactions, enhanced privacy, and often, lower fees. This commitment to modern banking solutions enhances the overall user experience and makes depositing and withdrawing funds a breeze.

Processing times for withdrawals are generally swift, particularly for cryptocurrency transactions, which often reflect in a user’s account within minutes. fun bet casino prioritizes the security of financial transactions and employs advanced encryption technology to protect user data. Transparency regarding withdrawal limits and processing times is also readily available, building trust and reassurance among players. The platform understands the need for fluid transactions in the fast-paced world of online gaming.

Understanding Withdrawal Limits and Processing Times

When engaging with any online casino, understanding the nuances of withdrawals is crucial. fun bet casino offers a fair and transparent system, but being aware of the specifics can prevent potential delays or frustrations. Withdrawal limits vary depending on the payment method and a player’s VIP status. For standard accounts, daily or weekly limits may apply, while VIP members often benefit from higher withdrawal allowances. It’s advisable to thoroughly review these limits within the platform’s banking section before initiating a withdrawal.

Processing times also differ. E-wallet withdrawals are frequently the quickest, often completed within 24 hours, while bank transfers may take several business days. Cryptocurrency withdrawals often stand out for their speed, frequently processing within minutes, offering players near-instant access to their winnings. The support team is available to clarify any ambiguities surrounding withdrawal procedures and provide estimated processing times for specific requests.

  • Cryptocurrencies Accepted: Bitcoin (BTC), Ethereum (ETH), Litecoin (LTC), and more.
  • Traditional Methods: Visa, Mastercard, Skrill, Neteller, and bank transfers.
  • Withdrawal Timeframes: E-wallets (up to 24 hours), Bank Transfers (3-5 business days), Cryptocurrency (typically within minutes).

The Benefits of Using Cryptocurrency at fun bet casino

The integration of cryptocurrency options at fun bet casino represents a significant advantage for players. Beyond the enhanced security and privacy that cryptocurrencies offer, transactions are often faster and cheaper compared to traditional payment methods. This is particularly beneficial for international players who may encounter higher fees or longer processing times when using conventional banking channels. The decentralized nature of cryptocurrencies also provides a degree of anonymity, appealing to players who prioritize discretion.

Furthermore, fun bet casino often runs promotions and bonuses specifically tailored for cryptocurrency users, such as deposit matches or reduced wagering requirements. This incentivizes players to leverage the benefits of cryptocurrency and further bolsters the value proposition of the platform. The ease of use and integration of cryptocurrency payments integrate seamlessly into the user experience and are easily implemented.

The Welcome Bonus and Ongoing Promotions

fun bet casino warmly welcomes new players with an attractive bonus package. New members can benefit from a 100% deposit match up to £200, accompanied by 100 free spins. This provides a substantial boost to a player’s initial bankroll, extending their playtime and increasing their chances of winning. However, as with all casino bonuses, it’s important to carefully review the associated terms and conditions, including wagering requirements and eligible games.

But the incentives don’t end there. fun bet casino regularly offers a variety of ongoing promotions, including weekly cashback offers, reload bonuses, and prize drops. These promotions are designed to reward loyal players and keep the gaming experience fresh and exciting. The platform also hosts frequent tournaments and competitions with substantial prize pools, adding another layer of entertainment and engagement.

  1. Welcome Bonus: 100% deposit match up to £200 + 100 free spins.
  2. Weekly Cashback: Receive a percentage of your losses back as cashback.
  3. Reload Bonuses: Top up your account with reload bonuses for continued play.
  4. Prize Drops: Participate in regular prize drop promotions with exciting rewards.

Customer Support and User Experience

A responsive and helpful customer support team is paramount to a positive online gaming experience. fun bet casino offers 24/7 support through live chat and email. The support agents are knowledgeable, courteous, and readily available to address any queries or concerns. This dedication to customer service ensures that players are well-supported and can enjoy a seamless experience on the platform.

The website itself is intuitively designed, making navigation effortless. The game library is well-organized, and the search functionality allows players to quickly locate their desired titles. The platform is also fully optimized for mobile devices, offering a smooth and responsive experience on smartphones and tablets.

Overall, fun bet casino provides a compelling combination of game variety, convenient banking options, rewarding promotions, and reliable customer support. It’s a platform designed to cater to the needs of both casual players and serious gamblers, seeking an exciting and rewarding online casino experience.

क्यानडालाई ट्रम्पको चेतावनी- धेरै बोले अझै कर बढाउँछु

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाइएको करविरुद्ध बोलिरहे क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

क्यानडाले आफूविरुद्ध लगाइएको प्रतिशत बराबरको कर अमेरिकाविरुद्ध लगाउने घोषणा गरेपछि ट्रम्पले यस्तो चेनावनी दिएका हुन् ।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाका तर्फबाट लगाइएको करमाथि जवाफी कारबाही गरिरहे क्यानडमाथि थप कर लगाइने छ ।’

ट्रम्पले क्यानडामाथि २५ प्रतिशत कर लगाएका थिए । त्यसपछि क्यानडाले पनि अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बीबीसी हिन्दीको अनलाइन संस्करणमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले उत्तरी छिमेकी मुलुकहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको बताएको समाचार प्रकाशित छ ।

‘म क्यानडाका नागरिकसँग माया गर्छु । म क्यानडाका नेताहरूसँग सहमत छैन । त्यहाँ केही हुनेवाला छ,’ ट्रम्पले भनेका छन् ।

उनले क्यानडाले खेल्न चाहेको खेलका प्रति आफूहलाई कुनै आपत्ति नभएको र उसले खेल्न चाहेको खेलका लागि आफू तयार रहेकोसमेत बताएका छन् ।

‘यदि क्यानडा खेल खेल्न चाहन्छ भने मलाई कुनै आपत्ति छैन,’ अमेरिकाको राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उसले जे खेल चाहेको छ, हामी तयार छौँ ।’

यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै अमेरिका

काठमाडौँ — अमेरिकी ‘सरकारी दक्षता विभाग’का निर्देशकसमेत रहेका  खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् ।

आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।

यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै छौँ । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौँ ।’ ट्रम्पले बन्द गर्ने निर्णयमा समर्थन जनाएको उनको भनाइ छ । एनबीसी न्युजका अनुसार यस कदमले संघीय प्रशासनविरुद्ध ट्रम्प र मस्कको संघर्षलाई सघन बनाएको छ । साथै, बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि चुनौती दिएको छ ।

संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् । यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ ।

ह्वाइट हाउसले यस विषयमा कुनै प्रतिकृया दिएको छैन । ट्रम्पले भने आइतबार मात्रै मस्कले ‘राम्रो काम गरिरहेको’ बताएका थिए । उनले यूएसएआईडी चाहिँ ‘केही उग्र मूर्खहरूको समूहले चलाएको’ भनेर आलोचना गरेका थिए । तथापी ट्रम्पले सदनको समर्थनबेगर नियोग बन्द गर्ने कुनै योजना सुनाएका थिएनन् ।

अमेरिकाले यूएसएआईडीमार्फत नेपालमा पनि उल्लेख्य आर्थिक सहयोग प्रदान गर्दै आएको छ । सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकहरूको सूचीमा नेपाल १६ औं स्थानमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँचवर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर ९७९ अर्ब ७१ करोड रुपैयाँ० अनुदान प्राप्त हुने उल्लेख छ । यो अनुदानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

यूएसएआईडीले एनजीओर आईएनजीओ, गैरनाफामूलक कम्पनी लगायतमार्फत पनि अनुदान परिचालन गर्दै आएको छ । केही दिनयता नेपालमा यूएसएआईडीको वेबसाइट बन्द छ । नेपालका लागि नियोगको डोमेन ब्राउज गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने नोटिस देखिन्छ ।

 

अर्जुन ट्रफी : डडेल्धुराको लगातार दोस्रो जित

धनगढी। क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आज भएको खेलमा बोष्टन क्रिकेट झापालाई डडेल्धुराले ७७ रनले पराजित गरेको हो ।

जितसँगै डडेल्धुरा चार अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ । फाप्ला क्रिकेट मैदानमा टस ब्याटिङ गरेको डडेल्धुराले निर्धारित १५ ओभरमा तीन विकेट गुमाएर १४३ रन जोडेको थियो । डडेल्धुराको लागि प्रारम्भिक ब्याट्सम्यान आयुष्मान बम र कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरे । बमले अविजित ५७ रन बनाए।

त्यस्तै, कप्तान जोराले कप्तानी पारी खेल्दै ५१ रन बनाए । बोष्टनका लागि अरुण ऐरीले दुई विकेट लिए । १४४ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको बोष्टनले निर्धारित पूरै ओभर खेल्दै नौ विकेटको पतनमा ६६ रनमात्रै बनाउन सक्यो । बोष्टनका सनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाए ।

डडेल्धुराको जितमा कुशल भुर्तेलले चार र अजय चौधरीले दुई विकेट लिए । खेलमा आयुष्मान बम प्लेयर अफ द म्याच घोषित भई १० हजार रुपियाँ पुरस्कारको हकदार बने ।

सुदूर पहाडका ‘भगवान’

सुदूर पहाडमा दिनहूँ भीरबाट खसेर घाईते हुनेहरु अस्पताल नपुग्दै बित्छन् । गन्तव्यमा पुग्न सवारी साधन चढेकाहरु उवडखावड बाटोमा कहाँनिर दुर्घटनामा पर्छन, थाहै हुदैन् । सुविधाका लागि पहाड उक्लेका ती सवारी साधनहरु बेलाबेला मृत्यु बोकेर हिड्छन् ।

केही साधन नमिले सुदूर पहाडका मान्छेहरु ट्याक्टर चढ्छन् । त्यही दुर्घटनामा पर्छ । गन्तव्य होईन, उनीहरुलाई त्यसले अस्पतालको शैयामा पु¥याउछ । कतिपयले बाटोमै सास छोड्छन् ।

भीरमा मेलापात गर्दै व्यथाले च्यापेपछि कति महिला त्यही भीरमा बच्चा जन्माउछिन् । व्यथा सहन नसकेर कतिले त्यही अन्तिम सास फेर्छिन् ।

बाख्रा चराउदा भीरबाट खसेकाहरु हुन् वा जंगली जनावर भालु, चितुवाको आक्रमणबाट घाईते भएकाहरु सबैको एउटै आग्रह हुन्छ, बयालपाटा पु¥याईदेउ । अन्तिम सास फेर्नुअघि एउटै आस हुन्छ सबैको, बयालपाटा अस्पताल पु¥याउन पाए बाँच्थे कि ?

सुदूर पहाडमा बयालपाटा अस्पतालप्रतिको यो विश्वास त्यसै कायम भएको होईन, समयमै त्यहाँ पु¥याएका महिला र तमाम नवजात शिशुले संसार देख्न पाएका छन् । कैयौले पुनर्जीवन पाएका  छन् ।

हो, यी सबै ठोकिने र पुग्ने ठाउँ सुदूर पहाडमा एउटै छ, त्यो हो बयालपाटा अस्पताल । ती सबैको घाउ र दुःखाईको शल्यक्रिया गर्ने नाम हो, हाडजोर्नी तथा अंकोलोजी (हाडजोर्नी क्यान्सर) बिशेषज्ञ, डा. मन्दिप पाठक ।

दुःखको शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन डाक्टर साप ? पंक्तिकारको प्रश्नमा उनी घोत्लिए । हो मिल्ने भए उनी पहाडका दुःख र बाटोले दिने दुःखाईको शल्यक्रिया गरिदिन्थे ।

‘डाक्टर साप म चामल बेचेर ओखती गर्न आएको हूँ । मलाई खाली पेट खाने औषधी दिनुहोला ।’ उपचारका लागि गएका सुदूर पहाडका विरामीले डाक्टरसंग बिसाउने बिन्ति हो, यो । कहिले भोकले दुःखाउछ । कहिले घाउले । कहिले भोक र घाउले सुदूर पहाडलाई संगै दुःखाउछ । कहिले यसरी पहिरो आउछ । न भोक रहन्छ, न पीडा । सबै लैजान्छ आफूसंगै ।

भरीपेट खान पाउने भाग्यमा लेखेको भए विवाहको भोलिपल्ट बैकिनीलाई रुवाएर बैकान मुग्लान पस्दैनथ्यो ।

जसले बयालपाटा सञ्चालनमा ल्याए, सायद उनले सुदूर पहाडको त्यो भोकको पीडा बुझे । र, सबैचिज निशुल्क गरिदिए ।

पीडा भनिसाध्ये छैन् । गनीसाध्ये हुने कुरै भएन् । थला परेर छटपटाईरहेकी आमालाई मृत्यु दिन कुन छोराले डाक्टरसंग अनुनय गर्छ होला ? सर्जरी गर्दा कहिल्यै हात नकापेका डा. मन्दिपका शरीरमा त्यो बिन्तिले अहिले पनि काँडा उमार्छ ।

न कुनै चर्चा । न प्रशंसाको भोक । न सम्मानको आस । बस् कर्म गरिरहन्छन्, उनी । सरल व्यवहार, बिनम्र बोली, कामप्रतिको समर्पणले उनले बिरामी र सुदूर पहाडका जनताको मन जितेका छन् । न कुनै घमण्ड । न लोभ । न कसैको टिप्पणी । उनलाई यी कुराको फुर्सद कहाँ ? बस्, कर्म गरिरहन्छन् ।

हुन् त उनी नभए पनि बयालपाटा अस्पताल चल्छ । बिगतमा पनि चलेकै थियो । तर अस्पतालसंगको लगाव र बिरामी प्रतिको चिन्ताले काम विशेषले बाहिर गएपछि जति सक्दो चाँडो फर्किहाल्छन् ।

सेमिनार सकेर अमेरिकाबाट फर्किदा हरेक पटक साथमा अप्रेशनका लागि नयाँ उपकरण बोकेर आउछन् । त्यहाँ सिकेको सीप, ज्ञान र अनुभव बयालपाटामा प्रयोग गर्छन् ।

…………
२०४० साल चैत २८ गते काठमाण्डौं बानेश्वरमा  जन्मिएका उनी रामजी पाठक र मञ्जु पाठकका जेठो सन्तान थिए । उनीपछि एक बहिनी जन्मिईन ।

काठमाण्डौं साउथ प्वाईन्ट स्कुलमा ६ कक्षासम्म पढेका उनले ललितपुर माध्यमिक विद्यालयबाट २०५६ सालमा एसलएलसी गरे । त्यसपछि भीएस निकेतनबाट प्लस टु सके । सानैदेखि मामाघरका हजुरबुवा पशुपती लोहनीको ईच्छा थियो, नाती डाक्टर बनोस । हजुरबुवाको त्यो ईच्छाको प्रभाव उनमा प¥यो । उनले काठमाण्डौं युनिभर्सिटी मेडिकल स्कुलबाट एमबीबीएसको पढाई पुरा गरे ।

२००९ मा एमडी गर्न पुगे, फिलिपिन्स । २०१५ मा पढाई सकेर फर्के । उनी बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालका बोर्ड सदस्य अर्थोपेडिक सर्जन डा. भाष्कर पन्तको नियमित सम्पर्कमा थिए । पन्तको सीटमा उनी फिलिपिन्सबाट पढेर फर्केका थिए । पन्तले उनलाई बयालपाटा अस्पतालमा अर्थोपेडिक सर्जनको आवश्यकता भएको बताए । त्यहाँ जोडी दिए । र, २०१५ मा डा. मन्दिप बयालपाटा पुगे ।

नेपालको पहिलो महिला अर्थोपेडिक सर्जन डा. आराधना झा बयालपाटामा काम गर्थिन् । उनी अमेरिका गईन् । उनकै ठाउँमा काम गर्न पुगे, डा. मन्दिप । नियुक्ति हुदा उनको पद थियो, कन्सलट्याण्ट अर्थोपेडिक सर्जन ।

त्यसअघि बयालपाटा अस्पतालले हड्डी भाँचिएकाहरुलाई लगेर नेपालगञ्जमा उपचार गथ्र्यो । उपचार खर्च अस्पतालले व्यहोथ्र्यो । जव उनी जोडिए,त्यसपछि भने हड्डी भाँचिएकाहरुको उपचार बयालपाटामै हुन थाल्यो । उनी लामो समय सुदूर पहाडका एक्लो अर्थोपेडिक सर्जन थिए ।  छ महिना बयालपाटा काम गर्थे । छ महिना दोलखा । त्यहाँ पनि न्याय हेल्थद्धारा सञ्चालित अस्पताल थियो ।

२०१६ अर्थोपेडिक अंकोलोजीको एक वर्षे फेलोशिप पाएर मलेशिया पुगे । त्यहाँबाट फर्किएर उनी रातदिन नभनी बिरामीको सेवामा खटिए । हड्डी भाँचिएकाहरुले उपचारका लागि तराई झर्नुपर्ने बाध्यताको अन्त्य भयो । पदोन्नतीसंगै उनको जिम्मेवारी थपिदै गयो । उनी मेडिकल डाईरेक्टर र शल्यचिकित्सा निर्देशक भए । २०८१ साउन भए, अस्पताल निर्देशक ।

उनी नेपालकै दोस्रो हड्डीको क्यान्सर स्पेशलिष्ट हुन् । उनी हड्डीको क्यान्सरका चिकित्सकको संस्था टीम सार्कोमा पनि आवद्ध छन् । यस्तो लाग्छ, आराम र विदा उनको शब्दकोषमै छैनन् । विदामा काठमाण्डौं घर जादा उनी हड्डीको क्यान्सर भएका बिरामीहरुको शल्यक्रिया गर्छन् । टीम सार्कोले हालसम्म त्यस्ता ६०० जनाको उपचार गरिसकेको छ ।

उनकी पत्नी प्रतिक्षा ढुंगाना दाँतको चिकित्सक हुन् । दुई वर्षदेखि उनी पनि बयालपाटा अस्पतालमै कार्यरत छिन् । उनीहरुकी दुई वर्षकी छोरी छिन् । पारिवारीक गफ, घुमघाम र रमाईलो गर्ने समय उनलाई कहाँ ? भन्छन्, कहिलेकाही हामीबीच ठाकठुक हुदा, त्यसको विषय र कारण अस्पताल नै हुन्छ ।

बुवाआमा काठमाण्डौं बस्छन् । पत्नी र छोरीसंगै उनी छन्, सुदूर पहाडको अछाममा । बुवाआमासंग भेट्ने मन हुन्छ होला कि नाई ? घाउहरुको शल्यक्रिया गर्दा उनको त्यो मन दुख्छ होला कि नाई ? विवाहित पुरुषसंग उसकी पत्नीका पनि आकांक्षा, अपेक्षा र सपनाहरु हुन्छन् । र, स्वयमका सपना हुने नै भए । केही दिन सबै काम छोडेर निस्फिक्री भएर घुम्न निस्किन मन हुन्छ कि हुदैन ? डाक्टर साप तपाईका सपनाहरु छन् कि, तिनको पनि शल्यक्रिया गरिदिनुभयो ? यस्ता तमाम प्रश्नहरु एकसाथ सोधी रहदा उनी बस्, मुस्कुराईरहे ।

घुम्न टाढा के जान्थे ? बिरामी बचाउन बयालपाटा अस्पताल बचाउनु प¥यो । त्यही अस्पताल बचाउन उनी धनगढीमा मुख्यमन्त्री कार्यालय, सामाजिक विकास र अर्थमन्त्रालयको चक्कर काटिरहन्छन् । उसको आस हुन्छ, शासकहरुले बजेट निकासा गरिदिन्थे कि ?

उता ट्याक्टर दुर्घटनामा परी गम्भीर घाईते भएकाहरु अस्पतालमा भर्ना भएको खबरले बेचैन भएपछि अस्पताललाई बचाउने कुरा बिर्सिएर हानिन्छन्, अछाम । सोच्छन्, पहिले घाईते त बचाउ,अस्पताल पछि बचाउला ।

………….
उनी केही दिन पहाडबाट बाहिर जादा घाईतेहरु उनलाई कुरिरहन्छन् । उनी अस्पताल छोडेर बिरलै बाहिर निस्किन्छन् । जहाँ गएपनि उनको मन भने बयालपाटामा हुन्छ ।

एउटा कार्यक्रममा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट महिना दिनपछि फर्किए । उनलाई कालिमाटीकी ९० वर्षीया घाईते महिला एक महिनादेखि कुरिरहेकी थिईन । उनको हेरचाह नातिनी बुहारीले गर्थिन् । आमा घाईते भएपछि उनका छोरा भारतबाट आए ।

डा. मन्दिप आएको थाह पाएपछि छोराले आमालाई अस्पताल लिएर आए । महिलाको हीपको गेडीको हड्डी भाँचिएको थियो । मुटुको चाल थिएन । जसले २० प्रतिशत मात्र काम गरिरहेको थियो ।

भ¥याङबाट खसेर घाईते भएकी उनी हिड्दा दुखाईले रुन्थिन । दुःखाई सहन नसकेर भन्थिन्, मलाई मारिदेउ ।

दुःखाईले थला परेकी आमाको एक महिनादेखि मृत्यु कुरिरहेका छोरा आग्रह गर्थे, डाक्टर साप, की आमालाई मारिदेउ, की अप्रेशन गरिदेउ ।

डा. मन्दिप सम्झाउथे, यो उमेरमा अप्रेशन गर्दा ज्यान तलमाथि हुन सक्छ । अप्रेशन गर्न जिद्दी गर्दै उनका छोरा भन्थे, मृत्य भए होस । लाग्ने खर्च म दिन्छु ।

त्यो उमेरकी महिला, त्यसमाथि मुटुको चाल थिएन । अप्रेशन थियटरमै कुनै पनि बेला उनको सास बन्द हुन सक्थ्यो । उनीसंग अप्रेशन बाहेक अर्को विकल्प पनि त थिएन ।

उनले सोचे, कुनै पनि हालतमा यी आमालाई बचाउन पाए हुन्थ्यो । जोखिम लिए । अप्रेशन थियटरमा हाले । वेहोस गरे । अप्रेशन गरेर भगवानलाई सम्झिए, यिनलाई बचाई दिनु ।

ती आमाको होश खुल्यो । तेस्रो दिनपछि त उनी हिडिन् । बोकेर ल्याएकी आमा हिडेर घर गईन् । फर्किदा भनिन्, डाक्टर साप तपाई बाँचिरहनु ।
………….
अछामकी एक २७/२८ वर्षीय महिला रक्ताम्य अवस्थामा अस्पताल आईन् । मिलमा बेरिएर उनको हात क्षतबिच्छेद भएको थियो । छुट्टिन मात्र बाँकी हातबाट बगिरहेको रगत रोकिएको थिएन । त्यस्तो अवस्थामा पनि ती महिला आठ महिनाको छोरालाई स्तनपान गराईरहेकी थिईन । उनलाई त्यो दृष्यले भावुक बनायो । सोचे- आमा त्यसै भनिएको होईन,जसलाई आफ्ना दुःखाईले भन्दा सन्तानको भोकले दुःखाउछ । आफ्ना दुःख बिर्सिएर सन्तानलाई स्तनपान गराउने क्षमता अरु कसैमा हुदैन्, आमा बाहेक ।  डा. मन्दिपले बिलम्ब नगरी उनलाई अप्रेशन थियटर भित्र लगे । एकै अप्रेशनले उनको हात जोडिने अवस्था थिएन । तीन पटक अप्रेशन गरे । र, उनको हात जोडिदिए । र, जोगाए अपांग हुनबाट ।

जव अस्पताल बन्द हुने कुरा सोच्छन् । तव यस्ता अनगिन्ती घट्नाहरु उनका आँखाका अघिल्तिर आउछन् । उनी घोत्लिन्छन्, ओहो ! तिनको हालत के होला ? जो बेखर्ची छन्, सुदूर पहाडका ती मान्छेहरु, जोसंग रोग छ, दुखाई छ । तर छैन, उपचारका लागि पैसा ।

नौ वर्षमा उनले चार हजारभन्दा बढि अप्रेशन गरे । गतवर्ष मात्र उनले ७४८ वटा मेजर अप्रेशन गरे । हरेक अप्रेशनसंग एउटा जीवन र कैयौ परिवार जोडिएका हुन्छन् । उनले त्यस्ता सयौ जीवनहरु जोगाए, समयमै अप्रेशन नगरेको भए जो चुडिन सक्थे ।
………..
माघको पहिलो साता दुईटै हात भाँचिएकी एक महिला आईन् । डा. मन्दिपले सोधे, कसरी भाँचियो । महिलाले जवाफमा भनिन्, लडेर । उनले विश्वास गरेनन् । फेरि सोधे । अन्तिममा उनले खोलिन्, श्रीमानले कुटे । हात भाँचेर उपचारका लागि श्रीमानले नै ल्याएका थिए ।

ती महिलाले न त कही उजुरी दिईन् । न कसैलाई गुहारिन् । बस्नु पर्ने श्रीमानसंगै हो, प्रहरीमा उजुरी दिएर के गर्नु, उनले लाचारी प्रकट गरिन् । डा. मन्दिपले चुपचाप अप्रेशन गरे । हातमा रड हालेर उनलाई घर पठाए ।

रोग लुकाउने र अन्याय सहने संस्कृति सुदूर पहाडमा कहिल्यै जाला ? उनी सोचिरहे ।
…………
बयालपाटा अस्पताल संकटमा छ । आर्थिक अभावसंग जुधिरहेको छ । सरकार सहयोग गर्न तयार छैन । आनाकानी गर्छ । वहाना गर्छ । कहिलेकाही त आरोप नै लगाउछ । अपराध नै गरेजस्तो ।

पदमा नहुदा बजेट दिएन भनेर सरकारको विरोधमा कुर्लिनेहरु सत्तामा पुगेपछि मौनता साँध्छन् । र, बजेट दिन नसकेको आफ्नो असक्षमता लुकाउन उल्टै लाज पचाएर भनिदिन्छन्, त्यहाँ पारदर्शिता भएन ।

सत्ताले रंग बदलेका नेताहरु देख्दा डा. मन्दिप र न्याय हेल्थको टीमलाई उदेक लाग्छ । एउटा डा. मन्दिप छन्, अर्को कुन्द दीक्षित र उनको टीम । जो आफ्नो व्यस्तता, काम छोडेर बयालपाटा अस्पतालको भविश्यलाई लिएर चिन्तित भईरहन्छन् । कही अस्पताल बजेटकै अभावमा बन्द हुने त होईन् । कामना गर्छन, सुदूर पहाडका जनताले उपचार नपाएर मर्नु नपरोस ।

अर्को सरकारी कर्मचारीको संयन्त्र छ । जसले सरकारलाई भन्छ्, त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीहरुले तलव धेरै खान्छन् ।
तर उनीहरु यो कुरा लुकाउछन्, अझ भन्न चाहदैनन, कि बयालपाटा अस्पतालका डाक्टर र कर्मचारीहरु ईमान्दारीपूर्वक बिरामीको सेवा गर्छन । त्यहाँ बाहेक अन्यत्र कही काम गर्दैनन् ।

भन्न मन हुन्छ, हो, डा.मन्दिप खराव छन् । जो घाईतेहरु देख्दा सुत्दैनन । जसलाई उनीहरुको दुःखाईले पोल्छ, भतभती । रात भन्दैनन् । दिन भन्दैनन् । बस्, अप्रेशन थियटरमा व्यस्त हुन्छन्, घाईतेहरुको शल्यक्रियामा ।

घाईते निको भएर घर नफर्केसम्म उनी छटपटीमै हुन्छन् । उनी राउण्डका लागि दोस्रो दिन कुर्दैनन् । जुनसुकै बेला बिरामीको वार्डमा पुग्छन् । र, सोध्छन्, तपाईलाई कस्तो छ अहिले ?

दशैं भन्दैनन् । तिहार भन्दैनन् । नयाँ वर्ष त उनको पनि आउछ होला । तर उनलाई नयाँ वर्ष आएको गएको सम्झना हुदैन ।

सुदूर र मध्य पहाडका विकटबाट आउने बेखर्ची घाईतेहरुको सेवामा यसरी तल्लिन हुन्छन्, बुवाको मुख हेर्ने दिन सम्झिन छोडी सके । आमाको मुख हेर्ने दिन पनि काठमाण्डौंमा रहेकी आमासंग सञ्चो विसञ्चोका कुरा गर्दै गफिन पाउदैनन । सुदूर पहाडकी घाईते बुढी आमामा उनी आफ्नी आमा देख्छन् । र, उनको दुःखाईको शल्यक्रिया गरेर सोध्छन्, आमा तपाईलाई अहिले कस्तो छ ?

जसको अप्रेशन गरेर उनले जीवन र आयु बढाई दिए । उसैले आशिर्वाद दिन्छ, डाक्टर तपाईलाई मेरो आयु पनि लागोस ।

हो, उनलाई त्यही आशिर्वाद र स्नेहले बाँधेर राखेको छ, बयालपाटा अस्पतालमा । पैसा कमाउन उनी त्यहाँ बसेकै होईनन् । संसारका जुन सुकै देशमा उनको विज्ञता र अनुभव सजिलै त्यो भन्दा महंगो मूल्यमा बिक्री हुन्छ । उनलाई पैसाको छु मतलव ।

तर विरलै मान्छेलाई प्राप्त हुने सेतो कोट र डाक्टरीलाई उनी कुनै मूल्यमा बेच्न तयार छैनन् । र त, अछाममा छन् । त्यही अछाम र सुदूर पहाडमा जन्मिएका डाक्टरहरु कहाँ छन् ? कस्ले सोधोस ? कस्ले खोजोस ?

कतिपयलाई उनले खाने तलवको चिन्ता छ । उनलाई भने बिरामीको चिन्ता छ ।

नेताहरु बयालपाटा अस्पतालको उत्कृष्ट सेवाको तारिफ गरेर थाक्दैनन । अर्ति दिनेहरु धेरै छन् । उनीहरु भन्छन्, निशुल्क सेवा दिन संभव छैन् । पर्ची र अप्रेशनको त न्यूनतम शुल्क लिनु पर्ने । यसरी निशुल्क कति दिन चल्छ ?

बयालपाटा अस्पताल अछाम र बाजुराका बिरामीको केन्द्र हो नै । डोटी, डडेल्धुरा,बझाङ,बैतडी, दार्चुला, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगुका बिरामी पनि उपचारका लागि यहाँ आउछन् । पछिल्लो समय कैलाली र कञ्चनपुरबाट समेत उपचारका लागि बिरामीहरु पहाड उक्लेर अछाम पुग्न थालेका छन् ।

उनले देखेका छन्, सुदूर पहाडको गरीवी । बेजोर चप्पलमा जुनी काट्नेहरुका पीडा । वर्षौ देखि नफेरेका मैलो कछाड ।

त्यसैले उनलाई भन्न मन हुन्छ, बेखर्ची भएर वर्षौदेखि रोग लुकाएर बसेकाहरुलाई सोध्नु नि, एउटा पर्चीको मूल्य उसका लागि कति महंगो हुन्छ ।

भोको पेट अस्पताल आउनेहरुलाई सोध्नु नि । अस्पतालको शैयामा रहेका बिरामीसंगै कुरुवाले भरी पेट खान पाउनुको आनन्द । जहाँ सबै सेवा निशुल्क छ । न पर्चीको पैसा लाग्छ । न अप्रेशनको । र जहाँ, निशुल्क छ औषधी । बिरामी र उसका कुरुवालाई खाना निशुल्क थियो । तर बजेटको अभावमा भएपछि एक वर्षयता कुरुवाले खानाको पैसा तिर्नु परिरहेको छ ।

नेताहरुले सबैचिज निशुल्क दिन्छु भनेर, गफ मात्र निशुल्क दिईरहदा, बयालपाटा अस्पतालले भने सबै चिज निशुल्क दिईरहेको छ ।

गर्नुपर्ने काम कति बाँकी थियो । डा. मन्दिपलाई चिन्ता त कही यो सेवा र सुविधाबाट सुदूर पहाडका नागरिक बञ्चित हुने त होईन । जहाँ जीवनका १० वर्ष बिताए । त्यो भूगोल र त्यहाँको माटोको त माया लाग्छ । मान्छेको लाग्ने नै भयो ।

सर्जन र मायासंगै हुदैनन । कठोर हुन नसक्ने सर्जन हुनै सक्दैन । मन नै नहुने सर्जनले मान्छेको जीवन कसरी बचाउन सक्छ ? उनीभित्र पनि त मन छ । त्यही मनको बयालपाटासंग अटुट लगाव छ । बयालपाटाको भविश्यलाई लिएर उनी बेचैन छन् । सुत्न सकेका छैनन् । शासक भन्छन्, चलाउन नसक्ने भए सरकारलाई हस्तान्तरण गरे हुन्छ ।

अहिले जस्तै चलाउने भए सरकारलाई बयालपाटा अस्पताल हस्तान्तरण कुनै आईतवार पर्खिदैनथे । न्याय हेल्थको टीम त्यसका लागि तयार पनि छ ।

जव यसको स्थापनाकाल तर्फ फर्किन्छन्, र यसको स्थापनाको उद्देश्य र स्थापना भएयता अस्पतालले दिएको सेवा सम्झिन्छन्, तव उनी आत्तिन्छन् । कही त्यो ईतिहास र उपलब्धी नामेट हुने त होइन ?
………………
२००६ मा अमेरिकीन चिकित्सक जेसन एन्ड्र्यु र नेपालीमूलकी पत्नी रोशनी एन्ड्र्युसंग हनिमुन मनाउन सुदूर पश्चिम आए । रोशनी फिल्म मेकर थिईन् । उनीहरु सोही क्रममा एचआईभी संकटको डकुमेन्ट्री बनाउन अछाम पुगे ।

त्यहाँ उनीहरुले एचआईभीसंगै अन्य समस्या भयावह देखे । र, जीर्ण रहेको बयालपाटाका भवनहरुमा अस्पताल सञ्चालन गर्ने सोच बनाए । त्यसको दुई वर्षपछि सरकारसंग सहमती गरे । २००८ मा न्याय हेल्थ नेपाल मार्फत संघीय सरकारसंगको साझेदारीमा बयालपाटा अस्पताल सञ्चालनमा ल्याए ।

उनी अमेरिकाको कनेक्टिट स्थित एल युनिभर्सिटीमा कार्यरत थिए । उनले चिकित्सक साथीहरु डंकन मारु, सञ्जय बासु पनि बयालपाटा अस्पतालमा जोडिए । पछि बिजय आचार्य र बिभव आचार्य थपिए । पोखराका आचार्य दाजुभाई धरानबाट एमवीवीएस पुरा गरेर एल युनिभर्सिटीमा आवासीय चिकित्सकका रुपमा कार्यरत थिए । चिकित्सकहरु थपिनेक्रम जारी रह्यो, त्यहीबीचमा थपिए, ड्यान स्वार्जस् र रुमाराज भण्डारी ।

अछाममा एचआईभीभन्दा कुपोषण, सुत्केरी र दीर्घरोगीहरुको समस्या देखेपछि जेसन एन्ड्र्यु  अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेका थिए । उनले केही वर्ष आफ्नै युनिभर्सिटीको फण्ड ल्याएर चलाए । शुरुवाती चरणमै २६२ जना संस्थापक दाताहरु थपिएपछि उनलाई अस्पताल चलाउन सहज भयो । पछि दातृसंस्थाहरु यो अभियानमा जोडिए । मुख्य डोनर थिए, स्कुनर फाउण्डेसन, निक साईमन फाउण्डेसन, नेसनल ईन्स्टिच्यूट अफ हेल्थ अमेरिका ।

बयालपाटा अस्पतालले १६ वर्षमा १३ लाख १७ हजार दुई सय २५ जनालाई सेवा दियो । गत वर्ष यो संख्या ८१ हजार तीन सय ७८ थियो । सोही अवधिमा ७८९ वटा मेजरी सर्जरी भए । र, ४८४ डेलिभरी । त्यस्तै एक वर्षमा अस्पतालका कर्मचारीहरुले समुदायमा गएर १ लाख ५२ हजार आठ सय ७९ व्यक्तिलाई भेटे । र बुझे, गर्भवती, दुई वर्ष मुनिको बच्चाको पोषण, परिवार नियोजन प्रयोगको अवस्था, दीर्घ तथा मानसिक रोगीले औषधी खाए नखाएको । र दिए, उनीहरुलाई रोग अनुसार परामर्श ।
शल्यक्रियापछि जटिलता पाँच प्रतिशतभन्दा बढि हुनु हुदैन भनिन्छ । बयालपाटाको त्यो दर दुई प्रतिशत छ ।

७० को दशकमा अछाममा संस्थागत प्रसुती दर ५८ प्रतिशत थियो । अछाममा पाँच वर्षअघि त्यो दर ९८ प्रतिशत पुग्यो । जवकी दिगो विकास लक्ष्य अनुसार सरकार सन २०३० सम्म त्यो दर ९२ प्रतिशत पु¥याउन कोसिस गरिरहेको छ ।
………………
जनताका नाममा सपथ खाएर सरकारमा बस्नेहरुले पाँच वर्षको अवधिमा  मन्दिरमा अढाई अर्व रुपैया खर्च गरे । अढाई अर्व रुपैया भन्दा बढि सामुदायीक भवनमा खर्च गरे । जहाँ खोला छैन्, र छैन तटबन्धको आवश्यकता । त्यही तटबन्धका नाममा अर्बौ रुपैया खर्च गरे । शहीद गेटहरु बनाउनलाई सरकारसंग अथाह पैसा छ । तर सरकारमा बस्नेहरु भन्छन्, अस्पताललाई पैसा दिन सकिदैन् । अख्तियारले समात्छ ।

मन्दिरका नाममा बाडेको रकमले बयालपाटा अस्पताल १५ वर्ष चल्थ्यो । सामुदायीक भवनका नाममा गरेको खर्चले थप १५ वर्ष । तर उनीहरु अस्पताललाई पैसा दिन तयार छैनन् । नीति बाधक हो भने त्यो बनाउनु । त्यसका लागि पनि तयार छैनन् । किनकी त्यहाँ कमिसन जो आउदैन् ।
………..
दाता र दातृ संस्थाको सहयोगका कारण अस्पतालले डेढ दशकदेखि सम्पूर्ण सेवा निशुल्क प्रदान गर्दै आएको छ ।

कोभिडपछि भने सहयोगी संस्थाहरुको बजेट कटौती हुदै गयो । यता बिरामीको संख्या थपिदै गयो । मुलुक प्रदेश संरचनामा जानुअघि संघीय सरकारले पर्फमेन्स बेस्ड फन्ड दिन्थ्यो । मुलुक संघीयतामा गएपछि त्यो बजेट पनि रोकियो । यता प्रदेश सरकार बजेट दिन बहानाबाजी गर्न थाल्यो । त्यसयता अस्पताल आर्थिक संकटसंग जुधिरहेको छ ।

अस्पतालले अछामका छ वटा पालिकामा समुदाय कार्यक्रम सञ्चालित छ । अस्पतालमा दैनिक तीन सयभन्दा बढि बिरामी सेवा लिन आउछन् । एउटा बिरामीको खर्च औसतमा दुई हजार चार सय रुपैया छ । समुदाय कार्यक्रममा प्रतिव्यक्तिका लागि खर्च ३०० रुपैया हुन आउछ।

स्पाईन सर्जरी नहुदा बयालपाटाले वर्षेनी ६५ देखि ७० घाईते अन्यत्र रेफर गर्छ । उनले सोचे, ट्रमा सेन्टर सञ्चालन भए सुदूर पहाडका नागरिकले भौतारिनु पर्ने थिएन । उनी छिट्टै स्पाईन सर्जरी शुरु गर्दैछन् । मृगौलाका बिरामीका लागि डायोलिसिस शुरु गर्ने अर्को योजना छ ।

प्रदेश सरकार बयालपाटा अस्पताल आफ्नो मातहतमा लिन हतार गरिरहेको छ । उनी भने अस्पतालमा सेवा सुविधा थप्ने सूची बोकेर कुदिरहेका छन् ।

भन्न्, मन लाग्छ, डा. मन्दिप खराव छन्, उनले बचाउने काम मात्र गर्छन् । आउ, सबै मिलेर बयालपाटा अस्पताल बन्द गरौ ।

बन्दको व्यापार चलेको मुलुकमा डा. मन्दिप अस्पताल चलाउने कुरा गर्छन्, मान्छे बचाउने कुरा गर्छन् । उनलाई बाँकी कुराको छु मतलव । सक्नेले बन्द गरी हेरुन । उनी अन्तिम समयसम्म बचाउने प्रयत्न गर्न छोड्ने छैनन् ।

आईसीसीकाे ‘टिम अफ द टुर्नामेन्ट’ मा परिन पूजा महताे

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ ।

विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान पूजा महतो पनि अटाएकी छिन् । टोलीमा उपाधि विजेता भारतका ४, उपविजेता बनेको दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १/१ जना खेलाडी छन् । पूजा एसोसिएट राष्ट्रबाट टोलीमा पर्ने एकमात्र खेलाडी हुन् ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ वटै खेलमा हार बेहोरेको थियो भने प्लेअफमा भने मलेसियालाई हराएको थियो । प्रतियोगितामा पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि दक्षिण अफ्रिकालाई हराउँदै भारतले जितेको थियो । भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।

 

‘नेपालको राजकुमार’ बताउने चार्ल्स शोभराजले तिहाड जेल तोडेको कथा

८ मे १९८१ –

तिहाड जेलका प्रवक्ता तथा कानूनी सल्लाहकार सुनिलकुमार गुप्ता एएसपीको रूपमा आफ्नो नियुक्ति पत्र लिएर जेल सुपरिटेन्डेन्ट बीएल विजको कार्यालय पुगे ।

तिहाडमा जागिर पाएलगत्तै उनले उत्तरी रेलवेको जागिरबाट राजीनामा दिएका थिए । त्यतिबेला उनको उमेर २४ वर्ष मात्र थियो ।

मे ७ मा रेलवेले उनलाई राहत दियो, जब राजीनामा सहजै स्वीकृत भयो । र अर्को दिन नयाँ जागिरमा हाजिर हुन तिहाड जेल पुगे ।

गुप्ता भन्छन्, “जेल सुपरिटेन्डेन्ट बीएल विजले मलाई हेरे र भने – यहाँ एएसपीको काम छैन ।”

त्यो सुनेर गुप्ता छक्क परे । विजले थप भने, “तिमीले रेलको काम छोड्नुअघि सोध्नुपर्थ्यो म बाहिर बसेर के गर्ने भनेर ।”

त्यहीक्रममा उनको नजर कोट र टाई लगाएका व्यक्तिमा पर्‍यो । गुप्तालाई उनको नाम थाहा थिएन, तर उनको व्यक्तित्व यति प्रभावशाली थियो कि उनी ती व्यक्तिलाई देख्नेबित्तिकै उठे ।

गुप्ता बताउँछन्, “उहाँले मलाई अङ्ग्रेजीमा मेरो त्यहाँ आउनुको उद्देश्य सोध्नुभयो । मैले सबै कुरा बताएँ । जवाफमा ती व्यक्तिले भने – चिन्ता नलिनुहोस्, म तपाईंलाई मद्दत गर्छु । यति भन्दै उहाँ विजको अफिसभित्र पस्नुभयो ।”

“एक घण्टापछि उहाँ एउटा चिठ्ठी लिएर बाहिर आउनुभयो, जसमा मलाई तिहाडमा एएसपी नियुक्त गरिएको छ भनेर लेखिएको थियो । उहाँले त्यो मलाई दिनुभयो र जानुभयो । मैले त्यस्तो प्रभावशाली व्यक्ति को हो भनेर जान्न चाहेँ । मैले एक व्यक्तिलाई सोधेँ । यसबारे सोध्दा ती व्यक्तिको जवाफ थियो – उहाँ जेलका सुपर आईजी हुन् ।”

अशोक होटलको गहना पसलमा चोरी
गुरुमुख चार्ल्स शोभराजको जन्म अप्रिल ६, १९४४ मा भियतनामको साइगनमा भएको थियो ।

उनकी आमा भियतनामी मूलकी थिइन्, जबकि उनका बुवा भारतीय सिन्धी थिए । बुवाले चार्ल्स र आमालाई छोडे ।

डेभिड मोरिसेले शोभराजको जीवनी ‘द बिकिनी किलर’मा लेख्छन् – “एक अप्रिय बाल्यकालपछि चार्ल्सले चान्टल कम्प्याग्नन नामकी पेरिसकी महिलालाई भेटे । जुन दिन उनी चान्टलसँग विवाह गर्दै थिए, तर त्यही दिन उनलाई डकैतीको आरोपमा पक्राउ गरियो ।”

चार्ल्सलाई भारतमा पहिलो पटक सन् १९७१ मा मुम्बईमा पक्राउ गरिएको थियो । दिल्लीको अशोका होटलको गहना पसलबाट उनले बहुमूल्य रत्न चोरेका थिए ।

तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जर भारत आएर अशोक होटलमा बसेका बेला उनले अशोक होटलमा यो घटना गरेका थिए ।

चार्ल्सलाई गिरफ्तार गर्ने मधुकर जेन्डे भन्छन्, “चार्ल्सले त्यहाँको क्याबरे डान्सरसँग मित्रता राखे र उनीसँग बिहे गर्न चाहेको बताए । उनले गहना पसलका मालिकलाई आफू ‘नेपालको राजकुमार’ भएको बताए । तिमी आफ्नो रत्न देखाउन सक्छौ भनेर सोधे । जब रत्नलाई लिएर उनको कोठामा एक कर्मचारी आए, उसको कफीमा लागूऔषध मिसाएर बेहोस बनाए ।”

“त्यसपछि चार्ल्स सबै हीरा लिएर भागे । जब गहना पसलका मालिकले आफ्नो मानिस लामो समयसम्म नआएको थाहा पाए, उनी माथिल्लो तला आए । त्यहाँ उनले कोठाको ढोका बन्द भएको देखे । जब डुप्लिकेट चाबी होटलमा प्रवेश गर्न प्रयोग गरिएको कोठा खोल्दा हिरा पसलका ती व्यक्ति अचेत अवस्थामा फेला परेका थिए, जसमा चार्ल्स शोभराज नाम लेखिएको थियो ।”

तिहाड जेलमा शोभराजको साम्राज्य
चार्ल्स छिट्टै गिरफ्तार भए । तर, दिल्ली प्रहरीले चार्ल्सलाई लामो समयसम्म हिरासतमा राख्न सकेन ।

पेट दुखेको बहाना बनाएर प्रहरीलाई चकित पारेर वेलिङ्ग्टन अस्पतालबाट भागेका थिए ।

चार्ल्स अन्ततः १९७६ मा पक्राउ परेका थिए, जब उनले दिल्लीको विक्रम होटलमा फ्रान्सेली पर्यटकहरूलाई उनीहरूको राहदानी खोस्ने नियतले लागूऔषध दिए ।

उनको योजनाले काम गरेन र फ्रान्सेली पर्यटकहरू समयमै आफ्नो होशमा आए । चार्ल्सलाई पक्राउ गरी दिल्लीको तिहाड जेलमा लगियो ।

तिहाड भारतको सबैभन्दा कुख्यात जेलमध्ये एक हो । चाँडै नै चार्ल्स शोभराजले यस जेलमा आफ्नो साम्राज्य बनाए ।

गुप्ता बताउँछन्, “चार्ल्सलाई कहिले पनि कोठरीमा राखिएको थिएन । उनी प्रायः प्रशासनिक कार्यालयमा बसेको देखिन्थे । मेरा साथीहरूले मलाई उनका कारनामहरू सुनाउँथे । उनीहरूलाई थाहा थिएन कि म पनि यसको कारण हुँ ।”

“उनी जहाँ चाहन्थे, त्यहाँ जान सक्थे । उनले जेल सुपरिटेन्डेन्ट र आफ्ना मातहतका कर्मचारीहरूलाई आफ्नो बराबरको व्यवहार गर्थे । उनीसँग टेप रेकर्डर थियो, जसमा उनले जेलका अधिकारीहरूबाट घुस मागेको टेप राखेका थिए ।”

चार्ल्सको जेलको बारेमा बताउँदै गुप्ता भन्छन्, “शोभराज १२ फिट अग्लो कोठरीमा एक्लै बस्थे । जेलमा सी क्लासका कैदीहरू नोकरका रूपमा थिए, जसले उनलाई मालिस गर्थे, लुगा धोइदिन्थे र खाना पनि पकाउँथे । उनको कोठरीमा किताबहरूले भरिएको एउटा शेल्फ थियो । उसलाई बस्नको लागि एउटा ओछ्यान, एउटा टेबुल र कुर्सी पनि दिइएको थियो । उनको सेल स्टुडियो अपार्टमेन्ट जस्तो देखिन्थ्यो । उनी कैदीहरू र कारागारका कर्मचारीहरूको तर्फबाट निवेदनहरू लेख्ने गर्थे ।”

“वास्तविक वकिलहरूले लेखेका निवेदनभन्दा उनले लेखेका निवेदनले बढी प्रभाव पार्दथ्यो । कैदीहरूलाई पैसा चाहिए शोभराजले उनीहरूलाई उपलब्ध गराउँथे । त्यसैले उनी आफूलाई कैदी र जेल कर्मचारी दुवैको नेता ठान्थे ।”

तिहाडमा चार्ल्सको यति धेरै प्रभाव थियो कि मानिसहरूले उनलाई ‘चार्ल्स साहेब’ भनेर सम्बोधन गर्थे ।

कारागार अधीक्षकको उक्साहट
इन्डियन एक्सप्रेसले सन् १९८१ सेप्टेम्बरमा तिहाड जेलमा चार्ल्स शोभराजको सिक्का चलिरहेको खबर छापेको थियो ।

सोही वर्ष पिपुल्स युनियन अफ सिभिल लिबर्टीज ९पीयूसीएल०को प्रतिवेदनमा शोभराज र उनका साथीहरूले जेलभित्रै आफ्नो अड्डा बनाएका थिए, जहाँ उनीहरूले आफ्नो व्यापार चलाउँथे ।

“यदि कसैले उनको विरोध गर्‍यो भने शोभराज र उनका साथीहरू कुटपिट गर्न पनि हिचकिचाउँदैनथे । शोभराजका साथीहरूमा बैङ्क लुटेराहरू सुनील बत्रा, विपिन जग्गी र रवि कपूर थिए । तिनीहरू सबै राम्रो परिवारबाट आएका थिए र शिक्षित थिए ।”

राकेश कौशिक मुद्दामा दिल्ली उच्च अदालतले चार्ल्स शोभराजको नाम नलिई इन्टरपोललाई खोजी रहेका विदेशी कैदीको उल्लेख गरेको थियो ।

उच्च अदालतको पर्यवेक्षणमा भनिएको छ, “यस विदेशीलाई जेल सुपरिटेन्डेन्ट र डिप्टी जेल सुपरिटेन्डेन्टको सहयोग रहेको छ । उनी हरेक दिन आफ्नो कार्यालय नजिकैको कोठामा बाहिरी व्यक्तिसँग भेटघाट गरेको देख्न सकिन्छ । डेपुटी सुपरिटेन्डेन्टले यस कैदीलाई आफ्नो कोठामा राखेका छन् । कोठामा यौनसम्पर्क राख्न अनुमति दिएको देखिन्छ । यो विदेशी कैदी आफ्ना दुई पुस्तक प्रकाशित भएपछि धनी भएका छन् ।”

त्यतिबेला शिरिन वाकर चार्ल्स शोभराजकी प्रेमिका थिइन् । उनलाई भारत आउन निम्तो दिएका थिए । उनी दिल्लीमा हुँदा यहाँको पाँचतारे होटलमा बस्ने गर्दथिन् ।

पीयूसीएलको प्रतिवेदनमा भनिएको छ, “शिरिन वाकरले चार्ल्स शोभराजलाई प्रहरी उपरीक्षकको कोठामा लगातार छ दिनसम्म घण्टासम्म भेटेकी थिइन् ।”

इन्डियन एक्सप्रेसमा शोभराजको बारेमा समाचार छापिएपछि तत्कालीन गृहमन्त्री ज्ञानीजैल सिंहले अचानक राति तिहाड जेल जाने निर्णय गरे ।

गुप्ता सम्झना गर्छन्, “सेप्टेम्बर १ गते साँझ ७स्३० बजे एक जना गार्डले दौडेर मलाई गृहमन्त्री आउनुभएको जानकारी गराए । के मैले उहाँलाई भित्र जान दिनुपर्छ रु आज यो कुरा हास्यास्पद लाग्न सक्छ, तर जेल प्रशासनको अनुमतिबिना कसैलाई पनि कारागारभित्र पस्न दिनुहुँदैन भन्ने कुरा तिहाडका हरेक गार्डलाई थाहा छ ।”

उनी थप बताउँछन्, “म दौडेर गेटमा पुगेँ । गृहमन्त्रीले मलाई चार्ल्स शोभराजको सेलमा लैजान भने । शोभराजलाई भेट्नेबित्तिकै उनले हिन्दीमा सोधे – तिमी कस्तो छौ रु यहाँ कुनै समस्या छ रु यसलाई अनुवाद गरेँ र अङ्ग्रेजीमा शोभराजले भने – म एकदम ठीक छु र कुनै गुनासो छैन ।”

गुप्ता भन्छन्, “जब मैले ज्ञानीजीलाई अर्को वार्डमा लिएर गएँ, दुईजना कैदी भज्जी र दिनाले अचानक ‘चाचा नेहरू जिन्दावाद’ भनेर नारा लगाउन थाले ।”

“ज्ञानीजीको सचिवले उहाँलाई छेउमा लगेपछि भन्नुभयो – ‘यहाँ सबै कुरा पाइन्छ, लागुऔषध, रक्सी र तिनीहरूले जे चाहन्छन् ।’ भोलिपल्ट अखबारले रिपोर्ट गर्‍यो कि कैदीहरूले मन्त्रीको सचिवलाई रक्सीको खाली बोतल देखाएर यहाँ प्राप्त गर्न कति सजिलो छ भनेर ।”

“यस घटनाको दुई दिनपछि गृह मन्त्रालयले तिहाड जेलका छ जना कर्मचारीलाई निलम्बन गरेको थियो, त्यसमा म पनि एक थिएँ, मन्त्रीसमक्ष उपस्थित बन्दीहरूप्रति म जिम्मेवार नभएको भन्दै विरोध गर्दा मलाई डेढ महिना निलम्बन गरिएको थियो । पछि पुनर्स्थापित गरियो ।”

निलम्बन हुँदा चार्ल्स शोभराज गुप्तासँग निरन्तर सम्पर्कमा रहे । शोभराजले उनलाई आर्थिक सहयोगको प्रस्ताव पनि गरे, जुन गुप्ताले स्वीकार गरेनन् ।

तिहाड जेलबाट फरार
१६ मार्च १९८६ मा शोभराज तिहाड जेलबाट सबै सुरक्षाकर्मीलाई चकित पारेर भागे ।

यसबारे सबैभन्दा पहिले हवल्दार आनन्द प्रकाशले आवाज निकालेका थिए । जेल नजिकैको क्वार्टरमा पुगेपछि उनले बाक्लो कपडाले मुख छोपेका थिए । उनले डीएसपीको कार्यालयको घण्टी बजाउँदा उनको मुखबाट कुनै शब्द निस्केको थिएन ।

उसको मुखबाट यी शब्दहरू मात्र निस्किए – दौड, तुरुन्तै ।

त्यसपछि कारागार नम्बर तीनका सहायक प्रहरी नायब निरीक्षक वीडी पुष्कर्णले भने, “जेलका सबै ढोका खुला थिए, द्वारपाल, सुरक्षा कर्मचारी, ड्युटी अफिसर शिवराज यादवलगायत सम्पूर्ण कारागारका कर्मचारी या त सुतिरहेका थिए कि उभिएका थिए । जेलको ढोकाको चाबी तोकिएको ठाउँमा थिएन ।”

तिहाड जेलमा तमिलनाडु पुलिस कर्मचारीहरू तैनाथ गरिएको थियो ताकि उनीहरूले उत्तर भारतीय अपराधीहरूसँग धेरै अन्तरक्रिया नगरून् । तर, उनी पनि अचेत अवस्थामा नै थिए । तिहाड जेलका ९०० कैदीमध्ये १२ जना कैदी त्यही दिन जेलबाट फरार भएका थिए ।

मिठाइमा औषधि
गुप्ता सम्झना गर्छन्, “त्यस दिन म घरमा दूरदर्शनमा फिल्म हेर्दै थिएँ । त्यसपछि दूरदर्शनले चलचित्र रोक्यो र घोषणा गर्‍यो कि चार्ल्स शोभराज तिहाड जेलबाट भागे । म तुरुन्तै जेल पुगेँ । ध्यान दिन लायक कुरा यो थियो कि प्रत्येक सिपाही बेहोस जस्तै थिए ।केहीको हातमा ५० रुपैयाँको नोट थियो ।”

“यसबाट यो अनुमान गरियो कि शोभराजले आफ्नो जन्मदिन मनाउने बहानामा पहिले हवल्दारलाई ५० रुपैयाँको प्रलोभन दिएर लागुऔषधले मिठाइ खुवाएका थिए ।”

गुप्ताकाअनुसार दिल्लीका डिप्टी पुलिस कमिश्नर अजय अग्रवालले पत्रकारलाई भने, “दुई जना तिहाड जेलमा आएर कैदीको जन्मदिन मनाउन कैदीहरूलाई फलफूल र मिठाइ बाँड्न अनुरोध गरेका थिए ।”

वार्डन शिवराज यादवले यो अनुमति दिएपछि यादव र अन्य पाँच गार्डलाई औषधिसहितको मिठाइ खुवाए । मिठाइ खाएपछि सबै बेहोस भए र केही घण्टापछि मात्रै होशमा आए ।

उनी भन्छन्, “अनुसन्धान गर्दा थाहा भयो कि बेलायती नागरिक डेभिड हल केही दिनअघि नै लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका थिए, किनभने शोभराजले जमानतको निवेदन लेखेर उनलाई सहयोग गरेका थिए ।”

“अभिलेख जाँच्दा हलले शोभराजलाई भाग्नुअघि भेटेको र प्याकेट बुझाएको खुलेको थियो । हलले १२ हजार रुपैयाँमा मात्रै जमानत पाएको थिए । जमानत पाएलगत्तै सामान्य अपराधीहरू घर जान्छन्, तर हलले शोभराजलाई भाग्न मद्दत गरे ।”

“तिहाड जेल बाहिर शोभराजको लागि एउटा गाडी पर्खिरहेको थियो । उसले तिहाड जेलका हवल्दारलाई पनि अपहरण गरे, ताकि त्यहाँ तमिलनाडुका प्रहरी कर्मचारीले शोभराज पुलिसको सहमतिमा जेलबाट बाहिर निस्केको हो भन्ने सोचून् । ”

गोवामा पक्राउ
एक रिपोर्टकाअनुसार शोभराजले मिठाइमा मिसाउन ‘लार्पोज’ ९स्लीपिङ ट्याब्लेट० को ८२० ट्याब्लेट प्रयोग गरेका थिए ।

घटनापछि दिल्ली लेफ्टिनेन्ट गभर्नर एचकेएल कपूर र पुलिस कमिश्नर वेद मारवाह तिहाड जेल गए र वीडी पुष्कर्ण र अन्य पाँच अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिए ।

तर, शोभराज तिहाड जेल बाहिर २३ दिन मात्रै बस्न पाए । उनलाई बम्बईका प्रहरी निरीक्षक मधुकर जेन्डेले गोवाको एक रेस्टुरेन्टबाट पक्राउ गरे ।

शोभराज त्यहाँको ओकोकेरा रेस्टुरेन्टमा आउनसक्छ भन्ने टेलिफोन एक्सचेन्जबाट उनीहरुले सुराग पाएका थिए ।

जेन्डे सम्झन्छन, “६ अप्रिल राति १०स्३० बजे टिभीमा भारत(पाकिस्तान हक्की खेल चलिरहेको थियो । होटलको ठूलो आँगन थियो । भित्र एउटा भित्री कोठा थियो । हामी भित्री कोठामा बसिरहेका थियौं ।”

“मैले गेटबाहिरबाट ट्याक्सीबाट दुईजना मानिसलाई ओर्लिरहेको देखेँ । उनीहरूले चम्किलो टोपी लगाएका थिए । मैले सोचेँ किन उनीहरूले यो चम्किलो टोपी लगाएका थिए रु उनी अगाडि आएपछि मैले हेरेँ कि उनी चार्ल्स शोभराजजस्तै देखिन्थे ।”

जेन्डे थप बताउँछन्, “म अचानक आफ्नो ठाउँबाट उठेँ र उनको पेट पछाडिबाट समातेर चिच्याएँ, ‘चार्ल्स ।’ उनले भने – ‘को चार्ल्स रु’ मैले भने – ‘तिमी रगतले चार्ल्स शोभराज हौ ।’ उनले भने – ‘तिमी पागल हो रु’ मैले भने – ‘म त्यही जेन्डे हुँ, जसले तपाईंलाई समातेको थिएँ ।’ यति भनेपछि उसको हिम्मत हार्‍यो ।”

“हामीले हातकडी आदि लिएका थिएनौँ । हामीले होटल मालिकलाई डोरी उपलब्ध गराउन आग्रह गर्‍यौँ । हामीले उसलाई डोरीले बाँधेर कमिश्नरलाई फोन गरेर चार्ल्सलाई समातेका छौँ भन्यौँ ।”

दिल्लीका प्रहरी उपायुक्त आमोद कंठले शोभराजलाई हिरासतमा लिएर विशेष विमानमा दिल्ली ल्याएका थिए ।

जेलबाट भागेपछि शोभराजको जेल सजाय बढेको हो । थाइल्याण्डमा उनको सुपुर्दगी अवरुद्ध गरिएको थियो, जहाँ उनले हत्याको लागि सशर्त मृत्युदण्ड पाउने थिए ।

तिहाड जेलमा फर्किएपछि उनको सबै स्वतन्त्रता समाप्त भयो ।

उनलाई अन्य कैदीहरूबाट अलग्गै राखियो र हतकडीमा राखिएको थियो र कुनै सुरक्षाकर्मी बिना कतै जान निषेध गरिएको थियो । तर, अदालत जाँदा पनि बाहिरीसँग भेटघाट गरिरहे ।

इन्डिया टुडेले आफ्नो सेप्टेम्बर १९८६ को अङ्कमा लेखेको छ, “चार्ल्स जति सक्दो समय अदालतमा बिताउन चाहन्छन् ताकि हतकडी लगाउनबाट मुक्त हुन सकियोस् । उनी आफ्नो मनपर्ने खाना खान र न्यायिक हिरासतमा रहेका आफ्ना वकिल स्नेह सेंगरलाई भेट्न मन पराउँछन् । र उसले प्राप्त गरेको मुद्दासँग सम्बन्धित फाइलहरू हेर्न माग गर्दछन् । त्यसपछि उसको ध्यान आफ्नो लागि पोलिथिनमा ल्याइएको चिकन बिरयानीतिर जान्छ ।”

कारागारमा यति कडा सुरक्षा व्यवस्था हुँदाहुँदै पनि उनीबाट थोरै मात्रामा चरेस बरामद भएको थियो । यसलाई दुई टुक्रा रोटीको बीचमा ल्याइएको थियो । यसका लागि दुई जना हवल्दारलाई पहिले निलम्बन र पछि जागिरबाट बर्खास्त गरिएको थियो ।

गुप्ताले तिहाड जेल आईजी किरण बेदीको सरुवाको कारण चार्ल्स शोभराज भएको बताए ।

किरण बेदीले शोभराजलाई तिहाड जेलको कानूनी कक्षमा राखेका थिए । उनलाई कैदीहरूको निवेदन टाइप गर्न टाइप राइटर दिइएको थियो ।

यसमा गैरकानूनी केही थिएन । तर, ट्रान्सफरको कारण दिइएको थियो कि टाइपराइटर विलासिताको वस्तु हो र शोभराजले यसको सहयोगमा पुस्तकहरू लेखेर आफ्नो शोषणको प्रशंसा गरिरहेका थिए । यसो भन्दै म्यागासेसे अवार्ड विजेता किरण बेदीलाई अर्को ठाउँमा सारिएको थियो ।

नेपाली जेलमा १९ वर्ष
२० वर्ष तिहाड जेलमा बिताएपछि १७ फेब्रुअरी १९९७ मा चार्ल्स जेलबाट रिहा भएका थिए ।

त्यतिबेला उनको उमेर ५३ वर्ष थियो । तर, उनको कठिनाइ त्यतिबेला पनि समाप्त भएन । छ वर्षपछि सन् २००३ मा उनलाई नेपालमा फेरि पक्राउ गरियो ।

२१ डिसेम्बर २०२२ मा नेपालको सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दियो । त्यहाँबाट उनलाई फ्रान्स पठाइयो, जहाँ उनी अझै बसिरहेका छन् ।

-बीबीसी हिन्दीबाट

कलौनी मृत्यु प्रकरणः फरेन्सिक परीक्षण रिपोर्ट कुर्दै प्रशासन

धनगढीः कञ्चनपुरस्थित नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागि फरेन्सिक परीक्षण रिपोर्ट कुरिरहेको छ।

घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान अगाडि बढाएको प्रशासनले निष्कर्षमा पुग्नका लागि फरेन्सिक परीक्षणको रिपोर्ट कुरिरहेको हो । फरेन्सिक परीक्षण रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया रिपोर्टका आधारमा अगाडि बढ्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए।

उनका अनुसार नेपालगन्जबाट आएको डाक्टरको प्राविधिक टोलीले कलौनीको फरेन्सिक परीक्षणको काम गरेको छ । त्यसको रिपोर्ट भने आउन बाँकी छ । यसै गरी पोस्टमार्टमपश्चात् प्रहरीले परिवारलाई शव जिम्मा लगाएको थियो । उनले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गरे।

नेपाली कांग्रेस कञ्चनपुरले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। सो पार्टीले शोक विज्ञप्ति जारी गर्दै नेता कलौनीको निधनले नेपाली कांग्रेस परिवार अत्यन्त दुखित, मर्माहित र स्तब्ध भएको जनाएको छ। उनको निधनले नेपाली कांग्रेसले एक होनहार, प्रतिभावान् युवानेता गुमाएको विज्ञप्तिमा उल्लेख छ।

पुरैनी तालमा चराको सङ्ख्या घट्यो

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ। ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ।

विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन्। चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए। ‘पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो,’ उनले भने, ‘हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ।’

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन्। एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ। नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन्।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताए। रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन्। गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन्।

तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए। त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ। ‘ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्’ चरा विज्ञ डगौराले भने, ‘विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ।’

स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उनी जोड दिन्छन्। चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन्। नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउँछन्। ‘ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ,’ उनले भने, ‘नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ।’

द्वन्द्व पत्रकारिताको एक दशक–द्वन्द्वको ऐना

बिजय कुवँर ।
यही भदौैको मध्यतिर पत्रकार तथा लेखक दीर्घराज उपाध्यायद्धारा लिखित पुस्तकले संघीय राजधानी काठमाण्डौंका साथै सुदूर पश्चिममा निकै चर्चा पायो ।

मुलुकले भोगेको द्वन्द्वका १० वर्षका नमिठा अनुभवहरु स्मृतिबाट धुमिल हुदै गएको बेला ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकले तानेर मलाई पुस्तक बिमोचन समारोहमा पु¥यायो । पुस्तक हातमा परेपछि त्यसलाई अद्योपान्त अध्ययन गरे । त्यसलाई पत्रकार उपाध्यायले लिपिबद्ध गरेपनि म जस्ता थुप्रै नागरिकका कथा, व्यथा, पीडा, अनुभूति र अनुभवहरु थिए । आकर्षक रंगीन कलेवर । एकातिर सशस्त्र सरकारी फौज र अर्कोतिर शिरमा रातो कपडा बेरेको बन्दुकधारी बिद्रोही । बीचमा निश्चित गन्तव्य तर्फ नियालेर हिड्दै गरेको ‘प्रेस’ पहिचान सहितको एकजना पत्रकार । एक हातमा कलम । काँधमा छड्के  झोला ।

२०५२ शुरु भएर २०६३ सालमा बृहत शान्ति सम्झौतामा टुंगो लागेको ‘जनयुद्ध’ ताका पत्रकारिताको धर्म निर्वाहका क्रममा उपाध्यायले आर्जन गरेका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक सिकाईको गाथा यस पुस्तकमा समेटिएको छ ।
यस्तो ज्ञान प्राप्त गर्ने क्रममा ज्यानकै पनि बाजी लगाउनु परेको बेलीबिस्तार पुस्तकमा पढ्न पाईन्छ । माओवादीको होस वा सुरक्षा फौजको पटक पटक धाक, धम्की, अवहेलना, सन्त्रास र मानसिक यातनाका अनगिन्ति अभिलेख यस पुस्तकमा लिपिबद्ध गरिएका छन् ।

सशस्त्र संघर्ष कसैका लागि रुचिकर वा प्रियकर हुन सक्दैन । त्यसमाथि युद्धको मध्य मैदानमा निहत्था उभिएर त्यहाँको बस्तुस्थितिको सटिक कथ्यलाई श्रव्य वा दृष्य कुनैपनि माध्यमबाट प्रसारित वा प्रकाशित गर्न चाहनेको मुटु दरो र कलेजो ढुंगाको हुनुपर्दछ ।

परिशिष्ट बाहेक २४ वटा उपशीर्षक दिएका कथेका छोटोमा तीन र लामोमा ११ पृष्ठ सम्मका लेखहरु पढ्दा पत्रकारको मनोदशाका साथै उनले भोगेका अकल्पनीय र दारुण वर्णनले पाठकलाई भावुक र संवदेनशील बनाउँछ । कतै लाग्छ, यो पुस्तक सामाजिक अन्यायमाथि आधारित हाम्रो समाजको ऐना हो ।

उपन्यासकार लील बहादुर क्षेत्रीको ‘बसाई’ उपन्यायसंग मेलखाने कथावस्तु पनि यसमा छन् । फेरि लाग्छ, यो विश्वप्रसिद्ध ‘एक किशोरीको डायरी’ नामक फ्र्याङ्क पुस्तकको याद दिलाउछ । जर्मन फौजका डरले एउटा बंकरमा आश्रय लिएर ज्यान बचाईरहेको बखत तेह्र वर्षीया किशोरीले दैनिक जसो लेखेका डायरीका माध्यमबाट विश्वस्तरीय साहित्य जन्मिएको थियो ।
उपाध्यायले पनि यसैगरी आफ्नो दैनिक चर्याको लेखा राखेका थिए । तब न तिथिमिति र समयको हवाला दिएर बिभिन्न सोच, क्रियाकलाप र जानकारीको फेहरिस्त संगाल्न संभव भयो होला ।

यस लेखको उद्देश्य अक्षर र भावहरुलाई एउटै मालामा जतनसाथ उनेर पत्रकार उपाध्यायले संयोजन गरेका घट्ना र स्थान विशेषमा आधारित कथ्यहरुको आलोचना वा समालोचना गर्नु होईन । रिपोर्टिङको निष्ठा र कर्तव्य निर्वाहका क्रममा पहिलो पाईला उचाल्नु अघिको मानसिक संबेगका साथै द्वन्द्व रिपोर्टिङको महारथ प्राप्त गरिसकेपछि ज्यानकै माफी प्राप्त गरी घर, परिवार र आफ्नो पेशागत संसारमा फर्किन सक्नुको आत्मिक खुशीलाई समभावमा स्वीकार गर्नु हो ।

माओवादीले शुरु गरेको संशस्त्र युद्ध र त्यसको दमनमा उत्रिएको सरकारी फौजकाबीच परस्पर मूठभेडमा हुने क्षति, विनाश र हताहती त युद्धको स्वाभाविक परीणति भित्र पर्दछ । तर हातमा सिर्फ कलम अथवा बढीमा एउटा क्यामेरा र टेपरेकर्डर बोके बाफत पनि लडाकु सरह नै ज्यान जोखिममा होमेको पत्रकारलाई युद्धको बारुद र गोलाबारीका बीचबाट उम्केर फर्किन पाउनु निश्चय पनि एक रोमाञ्चकारी जोखिमको अवस्था हो ।

द्वन्द्वकालको १० वर्षे अवधिमा पत्रकार उपाध्यायले दर्जनौ रिपोर्टिङ गरेका होलान् । तिनै रिपोर्टिङपछि उनले झेल्नु परेका मानसिक तनाव, भौतिक कारवाहीको धम्की, कहिले माओवादीका मतियार त कहिले माओवादीका मतियार त कहिले सरकारी दलाल आदि विशेषण र पदवी त असंख्य पाए होलान् । तर रिपोर्टिङको विषयवस्तुभित्र आफै पसेर माओवादी आफैले घोषणा गरेका ‘आधार ईलाका’ भित्र छिरेर कलमले टिपेका र आँखाले खिचेका तस्वीरलाई अक्षरमा उतार्नका लागि ठूलै कलेजोको आवश्यकता पर्छ होला ।

पत्रकार उपाध्यायको कलेजो ठूलै हुनुपर्छ–यस्तो लाग्छ उनको पुस्तक पढिसकेपछि । कहिले यात्राको प्रारम्भमै, कहिले मध्य बाटोमा त कहिले बास बसेकै ठाउँमा पनि सधैं ज्यानको सुरक्षा चुनौती । यस्ता असंख्य पीडादायी क्षण त कति आए कति ? माओवादीले टेलिफोन र रेडियो टावरमाथि बम बिष्फोट गरी सञ्चार बिहीन बनाएको आधार ईलाकामा डर र कौतुहलताका बीच रिपोर्टिङमा जादा पत्रकारको मनोदशा कस्तो भयो होला ? त्यसको बाहिरी झलक पुस्तकबाट बुझ्न पाईन्छ । मनोदशाको भित्री झलक त पीडायुक्त भोगाईमा आफै सशरीर भाग लिईरहेको पत्रकारलाई मात्र थाह होला ।

द्वन्द्व पत्रकारितामा १० वर्ष अविश्रान्त लागीरहनु । दुई बन्दुकको बीचमा सन्तुलन कायम गरेर प्रत्येक दिन रिपोर्टिङ गर्नु । एकातिर पेशागत कर्तव्य । अर्कोतिर ज्यानको जोखिम । त्यसका लागि मुटु र कलेजो दुईटै स्वस्थ र सबल भैरहनु पर्छ । पत्रकार लक्की चौधरीको विस्थापन, डेकेन्द्र थापाको मृत्यु, कृष्णसेन ‘ईच्छुक’ को हत्या र दर्जनौ पत्रिकाको प्रकाशन बन्द हुनु, यी सब घट्नाको साक्षी रहेको थियो, त्यो समय ।

माओवादीले आफ्नो पक्षमा मात्र समाचार लेख्न धम्की दिनु तत्कालीन अवस्थामा बिद्राहीको स्वभावभित्रै पर्न सक्छ । तर संबिधान, ऐन र नियमको आधारमा निर्माण भएको भनिएको सरकार र सरकारद्धारा बनाईएका सुरक्षा संयन्त्र र प्रशासनले त मानवअधिकारका न्यूनतम मापदण्डको हेक्का राख्नु पथ्र्यो ।

द्वन्द्वका बखत बिद्रोही र सरकार दुबै पक्षले आँखामा पट्टी बाँधेर बोल्दा रहेछन् । कानमा बुजो कोचेर बस्दा रहेछन् भन्ने यथार्थ यसै पुस्तकका हरफहरुका बीचबाट निष्कर्षमा पुग्न सकिन्छ ।

विश्व साहित्यमा द्वन्द्व साहित्यले निकै चर्चा पाएको छ । सशस्त्र संघर्षको रिपोर्टिङ मात्र नभएर कतिपय पुस्तकका साथै सयौं चलचित्र मार्फत द्वन्द्वलाई आ–आफ्नो दृष्टिकोणबाट प्रस्तुत गरिएको देखिन्छ । त्यसैगरी रेडियो, टेलिभिजन, वा व्यवसायीक समाचार संकलक संस्थाहरु वा सञ्चार माध्यमसंग आवद्ध पत्रकारहरुले कतै निबन्ध, कतै उपन्यास त कतै संस्मारणात्मक लेखन गरेर द्वन्द्व साहित्यको बिधालाई उन्नत बनाएका छन् ।

नेपालमा पनि द्वन्द्वमा आधारित कैयौं कथा, कविता, उपन्यास, चलचित्रको जन्म भएकै छ । सुदूर पश्चिमलाई मूल परिवेश बनाएर पेशागात पत्रकारिताको कर्तव्य निर्वाह गर्दै गर्दा पत्रकार उपाध्यायले एक जीवन्त साहित्यिक कृति जन्माएका छन् । हुन त उनीसंग कतिपय रिपोर्टिङका क्रममा स्थलगत अवलोकनमा अरु सहकर्मी पत्रकारहरुले संयुक्त यात्रा गरेको पनि उल्लेख छ । उपाध्यायका ती सहकर्मीले पनि यस पुस्तकको अध्ययन गरेकै होलान । र उनीहरुले पनि यस साहित्यमा आफ्नो हिस्सेदारी वा अपनत्व कुनै न कुनै प्रकारले देखाएकै होलान् । यो एक अनुमानित र अपेक्षित प्रसंग मात्रै हो ।

प्रस्तुत पुस्तकका केही लेखहरु दोहरिएर पाठकलाई अलि अरुचिकर पनि बनाउन सक्छ । साथै कतिपय आलेखहरु यस ग्रन्थमा नराखेर अन्यत्रै दस्तावेजीकरण गर्दा उपर्युक्त हुनेछ ।

संघीय राजधानीवासीको भाषामा ‘मोफसल’ नाम दिईने काठमाण्डौं बाहिरका कवि, कलाकार, साहित्यकार वा पत्रकारलाई सम्बोधन गर्दा कथित मोफसलवासीको मनमा चसक्क हुन्छ । तर मोफसलकै कर्मस्थलमा रहेर पनि दीर्घराज उपाध्यायले द्वन्द्व साहित्यमा थप एक पाईला अघि बढाएका छन् ।

मोफसल, त्यो पनि सुदूर पश्चिमबाटै प्रसिद्ध मन पुरस्कार प्राप्त गर्ने कवि, उपन्यासकार जन्माएर राजधानीवासीका आँखामा बत्ती बलीसकेका छन् । ऐनाका रामलाल जोशी, काली कर्णालीको लोक साहित्य र संस्कृतिका यज्ञराज उपाध्याय, ऐंठनका बिबेक ओझा लगायत दीर्घराज उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक ग्रन्थ नेपाली साहित्य, कला, संस्कृति र द्वन्द्व साहित्यमा नयाँ आयतन र आयाम थप्नमा सहयोगी हुनेछन् ।

अलिकति कमजोरी पक्षमा पनि हेरौन जस्तो लाग्छ । हुन् त यो लेख न त समालोचना हो, न त पुस्तक समीक्षा । यो त केवल एक उदीयमान एक मृदुभाषी र मन परेको पत्रकारको प्रशंसा लेख हो ।

पत्रकारितामा अहोरात्र लगनशील दर्जनौ पत्रकारहरुमध्ये एक युवाले जतन गरेर राखेका तथ्यहरुमा आधारित कतै सुन्दर फूल र कतै काँडै काँडाका बीचबाट टिपिएको वनफूललाई कलात्मक रुपले उनेर गाँसिएको मालाको प्रति रुप एक आकार हो यो पुस्तक ।

साहित्य लेखनले लक्ष्मीप्रसाद देवकोटाको समयपछि धेरै लामो यात्रा तय गरी सकेको छ । देवकोटाले एक पटक लेखेको पद्य वा गद्यलाई फेरि फर्केर हेर्दैनथे भनिन्छ । स्वाभाविक थियो कि कही कतै ससाना त्रुटी भए होलान् । शुभचिंतक वा समालोचकले महाकविलाई अनुनय गर्थे– कविज्यू कैले काही आफ्नो रचनालाई एक पटक फेरि पढी दिनु भए त साहित्य अझ बढी सुन्दर र परिस्कृत हुने थियो कि ? कविजीको फ्याट्टै प्रतिक्रिया हुन्थ्यो रे– कुन बेला दोह¥याउ ? त्यति समयमा त मलाई अर्कै फुरी सक्छ ।
तर यो देवकोटाको समय होईन । प्रगतिशील साहित्यमा त सिद्धान्त जस्तै छ, रचनालाई फर्केर हेर्ने, संभव भए परिमार्जन गर्ने । विश्व साहित्यको सन्दर्भ त त्यति जानकारीमा छैन । तर नेल्सन मण्डेला, हिलारी क्लिन्टन, बाराक ओवामाले लेखेका संस्मरणात्मक ग्रन्थहरुलाई पेशेवर सम्पादक र ईतिहासकारहरुको सहयोगमा परिस्कृत र तथ्यपरक बनाएर उत्कृष्ट विश्व साहित्यको दाँजोमा प्रस्तुत गरिएको छ ।

आशा गरौ, दीर्घराज उपाध्यायले पुस्तकको परिमार्जित संस्करण मार्फत यसभित्रका कमि, दोहोरोपना, असान्दर्भिकता, भाषागत त्रुटी हटाउने छन् । द्वन्द्व साहित्यमा पनि कला, लालित्य, हास्य, चरम निराशाका बीचमा पनि आशा, अन्यायको बजारमा न्यायको खोजी गर्न द्वन्द्वबाट पीडित, प्रताडित र दमीत पक्षले पनि आशाको दियो जगाई राख्न प्रेरित गरिरहन्छन । ती पक्षका आवाज पनि पुस्तकमार्फत मुखरित भएका छन् ।

साथै द्वन्द्वको राप घट्न शुरु गरेको १७ वर्षको अन्तरालपछि प्रकाशित पुस्तकको आफैमा एउटा ऐहिासिक दस्तावेज हो । यो पुस्तक त्यो समयको साक्षी हो, जसले द्वन्द्व बहोरे । त्यसकारण यो पुस्तक सर्वकालीक महत्वको ग्रन्थका रुपमा स्थापित हुन बेर छैन ।

कतिपय स्थान, विशेषका नाम र भाषागत शब्दावलीलाई पनि उचित भावार्थका साथ कोष्ठमा राख्ने प्रचलनलाई पनि अंगिकार गर्न सकिन्छ ।

कथित मोफसलको पहिचानका रुपमा आञ्चलिकता झल्किनु स्वाभाविक हो । तर आञ्चलिकताको कतिपय स्थानमा कमि महशुस हुन्छ । भारतको बिहारमा जन्मे हुर्केका आञ्चलिक हिन्दी साहित्यकार फणीस्वरनाथ रेणुका रचना अलि निरस जस्ता लाग्छन्, तर तिनमा आञ्चलिकताको स्वाद भरपुर पाईन्छ, पात्र र विषयवस्तुका हिसावले ।

म्याक्सिम गोर्कीले आफ्नो युवावस्था पछिका कर्महरुको संगालोलाई शीर्षक दिए, ‘मेरा विश्व विद्यालयहरु ।’ त्यस पुस्तकको सार थियो, औपचारिक शिक्षाबाट बञ्चित गोर्कीलाई उनका भोगाई र सिकाईले विश्वविद्यालय स्तरको ज्ञान प्राप्त भएको थियो ।
त्यसैगरी राहुल सांकृत्यायनको ‘भोल्गा से गंगा तक’ नामक पुस्तकले समाज विकासको क्रमलाई कलात्मक सिलसिलाले सिंगारेर अत्यन्त रोचक र ज्ञानबद्र्धक बनायो ।

दीर्घराज उपाध्यायका रचनालाई पनि भाषा, कला, सामाजिक बिम्ब, जातीय र लैङ्गिक बिभेद, आर्थिक अभाव र शोषणका भित्री अन्तर्यमा पसेर विश्लेषण गर्न सक्ने तथ्य (सन्दर्भ सामग्री)लाई अझ गहन र मसिनो ढंगले सिंगार्ने सजाउने अवसर बाँकी नै छ ।
साहित्य पनि एउटा बजार योग्य उत्पादन हो । त्यसैले यसले पनि बजार र बजारीकरणको अपेक्षा राख्दछ । उपाध्यायमा यसबारे प्रशस्तै चेत रहेको बुझ्न सकिन्छ । द्वन्द्व साहित्य जन्माउने कारक तत्व त माओवादी संघर्ष थियो, र थियो, सशस्त्र संघर्षको प्रतिकारमा उत्रिएको सरकारी सुरक्षा संयन्त्र ।

संकटकाल हुँदै युद्ध बिराम अनि पुनः युद्ध बिराम अनि पुनः युद्ध र पुनः युद्ध बिरामदेखि बृहत शान्ति सम्झौताका क्षणहरुलाई लिपिबद्ध गरिएका घट्नाका पात्रहरु मध्येकै दुई जना तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादीका सेती महाकाली( हाल सुदूर पश्चिम प्रदेश) का कमाण्डर लेखराज भट्टलाई पुस्तक विमोचन कार्यक्रममा सहभागी गराउनुका पछाडि शायद यही बजारीकरणकै भित्रि पाटो लुकेको हुनसक्छ । साथसाथै तत्कालीन समयावधिका नेपाल पत्रकार महासंघका सभापतिहरु, प्रेस काउन्सिल नेपालका अध्यक्ष र बरिष्ठ पत्रकारहरुलाई समेत विमोचन कार्यक्रममा निम्ता दिएर संगठित अपनत्वबोध गराउने प्रयत्न पनि हुनसक्छ ।

विमोचनको औपचारिकताले संघीय राजधानी लगायत देशैभरी पुस्तक चर्चा भयो । यसलाई स्वाभाविक मान्नुपर्छ । यसले बजारीकरणमा समेत केही सहजता ल्यायो होला । प्रशंसक र समालोचकहरुलाई किताव पढ्नलाई प्रेरित पनि गरेको होला । उक्त कार्यक्रममा भाग लिन पाएकै कारण यस पंक्तिकारलाई पनि पुस्तकका सबै हरफ पढ्न र यतिका शब्दहरु लेख्न सहज भयो होला ।

लेख्नेले बडो जतन साथ संगालेका तथ्य र घट्नाक्रमहरुलाई उनीरहँदा पटक पटक असहज भयो होला । कतै कुमार नगरकोटीको आधा वाक्यांश लेख्ने शैली, कतै बिजय मल्लको ‘अनुराधा’ शैली, अनि कतै बुद्धिसागरको ‘कर्णाली ब्लुज’ शैली । सुदूर पश्चिमेली र डोटेली भाषिकाबाट अलि जोगिन खोजेको जस्तो भान हुने काठमाण्डौंली लय ।

अनलाईन, अडियो बुक र डिजिटल श्रव्यले ढपक्कै ढाकिसकेको बिक्रमाब्दको एक्काईसौं शदीको अन्त्यतिर हातैमा किताव बोकेर पढ्ने पाठकको संख्या नै कति हुन्छ र भन्ने चेतले पनि लेखकलाई झस्काएको थियो कि ? शायद यही संकोचका कारण द्वन्द्व रिपोर्टिङ सकेको दोस्रो दशकको उत्तराद्र्धमा मात्र पुस्तक बजारमा आयो ।

पुस्तकले अभिलेखको काम पनि गर्दछ । सत्य निरुपण तथा मेलमिलाप शब्दावलीले शान्ति प्रकृया अन्तिम चरणमा प्रवेश गरेको जनाउ दिन्छ । ढिलै भएपनि देशले भोगेको युद्ध, त्यसले पु¥याएको क्षति, पत्रकारिता र सिंगो मुलुकमा परेको प्रभावको दस्तावेजीकरण भएको छ । त्यो युद्ध, जसमा हजारौले ज्यान गुमाए, जसले हजारौलाई घरवार बिहीन बनायो । र, असंख्य नागरिकलाई राज्य होस वा बिद्रोही दुबैतिरबाट बेपत्ता पारियो, केही प्रतिनिधिमूलक घट्ना मार्फत त्यसलाई उजागर गर्ने कोशिस भएको छ ।

लेखक एक पेशाकर्मी पत्रकार र पत्रकारहरुको छाता संगठकका विभिन्न जिम्मेवारीमा रहेकै कारण होला, पुस्तकको एक दुई अंशमा आफ्नै संस्थाको गुनासो र आलोचनाले पनि ठाउँ पाएको छ । गैर पत्रकार पाठकलाई त्यस विषयको उठानले त्यसलाई नछुन सक्छ । यस्ता विषयले अन्यत्रै बढी महत्ता बोक्ने हुन्छ । लेखकले लेखी सके । आफ्नो गुनासो पोखी सके । साधारण पाठकले पनि पत्रकारका सांगठनिक उल्झन हुने रहेछन् भन्ने बुझिसके ।

विमोचनका अवसरमा पत्रकार उपाध्याय एउटा सेलीब्रेटी जस्ता देखिन्थे । चकाचौध उज्यालो संसारमा एक जना द्वन्द्व पत्रकारलाई ‘ग्ल्यामर’मा देख्न सकिन्छ । तर उसले आजको यो उज्यालोलाई देख्न र भोग्नका निमित्त हिजोका कहाली लाग्दा आतंकित जीवन शैलीलाई भोगेरै आएको हुन्छ । जिउँदो घर फर्किने आशाले कैयौ पटक उसले मृत्युलाई अत्यन्त नजिकबाट भोगिसकेको छ ।

हुन त शान्तिकाल वा समृद्धिका समयमा पनि पत्रकारितामा जोखिमले छोडेको हुदैन । तर बन्दुकै बन्दुकको राश, दर्जनौ लाश अनि हजारौ घाईते र घरवारबिहीनहरुको चित्कारलाई छिचोल्दै युद्ध मैदानबाट फर्केको हुन्छ, उसलाई डर मिश्रित रोमाञ्चकताले अघि बढ्न, डटी रहन उत्साहित गरेको हुन्छ । कतिपय अवस्थामा अव रिपोर्टिङको दुनियामा नफर्किने सोच आउँदा आउँदै पनि पुनः त्यही रोमाञ्चकता, त्यही हुटहुटीले अर्कै युद्धस्थलतिर जान प्रेरित गरेको हुन्छ ।

आजको चकाचौध र ‘ग्ल्यामर’का पछाडि ती दिनको पाश्र्वचित्रले हौस्याईरहेको हुन्छ । ‘विथोलिएको माओवादी आमसभा’ शीर्षकबाट प्रारम्भ भएको उपाध्यायको आलेख ‘पण्डौनले ब्यहोरेको युद्ध’, ‘मुर्दा शान्तिमा बनबेहडा’, र ‘युद्ध त्रासदीमा अछाम’ पढीसक्दा एउटा पाठकले सिंगै युद्ध आफूभित्र बोकीसकेको प्रतिक भैसक्छ ।

द्वन्द्व पत्रकारिताले गर्दा तराई भनेर चिनिने कैलालीमा पनि पण्डौन जस्ता असंख्य बिकट र दुर्गम पहाडी वस्ती हुन सक्छन् भन्ने काठमाण्डौंवासीले विष्मयपूर्वक बुझ्छन होलान् । माओवादीको कथित आधार ईलाकामा प्रवेश गर्न र अगाडि बढ्न गौंडा गौंडामा पटक पटक परिचय दिनु आफ्नै देशभित्र पासपोर्ट वा भिसाको आवश्यकता पर्नु जस्तै थियो । अझ उपाध्यायको पुख्र्यौली थलो डोटीको सायल जाँदा पनि यस प्रकारको सास्ती भोग्नु परेको व्यथा ‘डोटीको उत्तरी भेगमा पाँच दिन’ शीर्षकमा बेलीबिस्तार लगाईएको छ । आतंक मात्र होईन, नुन तेलको जोहो गर्न मधेश झर्नु वा भारत तर्फ पलायन हुन बाध्य समुदायले दिनको उज्यालोमा होईन, रातको अन्धकारमा लुकेर गाउँ छोड्नु पर्ने अवस्थाले त्यस भेगको सामाजिक–आर्थिक दुरावस्था र दुर्गमताको झलक दिन्छ ।

ब्यानर न्यूज स्तरकै लाग्ने ‘देउवामाथिको आक्रमण’ नामको २२ औं शिर्षकमा तत्कालीन अवस्थामा राजाद्धारा सत्ताच्यूत गरिएका प्रधानमन्त्री शेर बहादुर देउवासंग जोडिएको एक रहस्यमय दुर्घटना बारे उल्लेख छ । बलपूर्वक सत्ताबाट हटाईएका देउवा देश दौडाहामा थिए । धनगढी र महेन्द्रनगरमा कार्यक्रम सकेर नेपालगञ्ज हुदै सुर्खेत जाने क्रममा उनीमाथि सांघातिक गोलीबारी भएको थियो । शासनको बागडोर राजाका हातमा थियो । देउवालाई सामान्य सुरक्षा दिईएपनि देश दौडाहामा अप्रत्यक्ष अवरोध थियो । त्यही क्रममा अत्तरीयादेखि लम्कीको बीच भागमा पर्ने पहलवानपुरको आमखैयामा डाँडामाथिबाट गोली बर्साइयो । उनी सवार गाडीमा क्षति भयो । तर चालक र सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा होमेर देउवालाई सुरक्षित स्थल पु¥याए ।
पछि माओवादीबाट बिज्ञप्ति आयो । भनियो,– त्यो आक्रमण देउवामाथि लक्षित थिएन । त्यस गाडीमा देउवा बसेका थिए भन्ने सूचना थिएन । त्यसमा प्रहरी थिए । र, प्रहरीलाई निशाना बनाउन खोजिएको माओवादीको प्रष्टोक्ति थियो ।

पुस्तक विमोचन समारोहमा माओवादीका सेती महाकालीका तत्कालीन कमाण्डर लेखराज भट्टले प्रष्टिकरण दिए, त्यो आक्रमण देउवामाथि नियोजित थिएन । भूलवश भएको घट्ना थियो ।

लगत्तै देउवाले प्रतिवाद गरे–युद्ध बिरामका बखत किन आक्रमण ? किन गोलाबारी ? त्यो सरासर गलत कार्य थियो ।

पुस्तकका अधिकांश शीर्षकहरु अत्यन्त आकर्षक र रोमाञ्चक र द्वन्द्व तीक्ष्ण गन्धलाई ईंगित गर्ने खालका छन् । ‘सैन्य क्याम्पमा चार रात’ को बर्णन पाठकका शरीरमा पनि डरले काँडा उमार्न काफी छ । माओवादीको युद्ध प्रशिक्षण स्थलका रुपमा चिनिईसकेको कैलालीको पण्डौनको खिमडीसम्म उपाध्याय सहितको टोली पुगेको रहेछ, नेपाली सुरक्षा फौजको बन्दोबस्ती र निम्तोमा । सुरक्षा फौज र माओवादीबीच केही दिन अघि भएको भीषण युद्धपछि त्यस क्षेत्रबाट माओवादी पछि हट्न बाध्य भएको रहेछ ।

तर पनि आफ्नो आधार ईलाका रहीआएको खिमडीमा माओवादीले जुन सुकै बेला पनि पुनः आक्रमण गर्न सक्थ्यो, कब्जा गर्न सक्थ्यो । सरकारी पाहुना भएर गएको भएता पनि माओवादीको गोली र बलमे पत्रकारलाई चिनेर पर हट्ने संभावना थिएन । दिउँसो भन्दा रातिको डर अझ भिन्नै हुन्छ ।

लेखकले त्यस वस्तीको प्राकृतिक र भौगोलिक अवस्थिति बारे गरेको बर्णनले लेखकमा लालित्य र प्रकृति सापेक्ष दृष्टिकोण विद्यमान रहेको बुझ्न सकिन्छ । साथै त्यहाँका बासिन्दाको अनुहार र व्यवहारमा आतंक र पीडाको प्रष्ट झलक अनुमान गर्न सकिन्छ ।

‘महरा र बादललाई भेट्ने लालसा’ पढेपछि पत्रकारमा पनि केटाकेटीमा जस्तो अधैर्य तृष्णाको याद गराउँछ । तत्कालीन अवस्थामा माओवादीका सुप्रिम कमाण्डर प्रचण्डलाई तिलस्मी नायकका रुपमा लिईन्थ्यो भने महरा र बादललाई माओवादी युद्धको रणनीतिकारका रुपमा चर्चा गरिन्थ्यो । खतरा त सधैं झैं थियो नै, तर पनि युद्ध नायकसंग साक्षात्कार गर्ने लालसाले ज्यानकै खतरा हुन सक्ने रिपोर्टिङको चस्का लागेछ । तर ‘एन्टी क्लाईमेक्स’ झै बादल र महराको नाम लिएर तेस्रो चौथो दर्जाका श्रवणले पत्रकारसंग भेट्न चाहेका रहेछन् ।

बेलाबेलामा पत्रकारलाई विभिन्न आरोपमा प्रताडित गरेपनि आफ्ना कुरा आम जनतासम्म पु¥याउन माओवादीले पत्रकारकै सहारा लिने रहेछन भन्ने तथ्य त्यस परीघट्नाबाट अनुमान गर्न सकिन्छ । पुस्तकको २० औं शीर्षक छ, ‘यात्रा रोल्पादेखि डोटीसम्म’। उपाध्याय लेख्छन्, ‘आम मान्छेको भरोसा पत्रकारहरु थिए । तर पत्रकारको भरोसा कोही थिएन ।’ यस्तो मार्मिक शब्द लेख्ने पत्रकार अवश्य पनि त्रास, धम्की, गोली र बमको शिकार बन्न सक्ने अवस्थाबाट गुज्रिसकेका थिए ।

सदरमुकाममा सिमीत सरकार, मलिन र आतंकित अनुहारका सर्वसाधारण, बाटोभरी माओवादीको खानतलासी र सोधपुछ । सुरक्षा फौजबाट उस्तै खानतलासी र सोधखोज, रुखो र कडक आवाजमा प्रश्नहरुको वर्षा । माओवादीका मतियारको लाञ्छना । पुस्तकभित्र कैयौं कथ्यहरु छन्, पढ्न र माओवादी युद्धकालका केही घट्ना र मनोदशाको अवस्था बुझ्नका लागि । द्वन्द्वकालको द्वन्द्व मनोविज्ञान, जनजीविका र सामाजिक अवस्थाको अध्ययन र बिश्लेषण र सिकाईका लागि प्रशस्त बौद्धिक खुराक पनि पुस्तकमा समाविष्ट छन् ।

काठमाण्डौंबाट झण्डै ७५० किमी दूर सुदूरपश्चिमको धनगढीबाट अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायको यो पुस्तक द्वन्द्व भोगेका हरेक पत्रकारलाई आफ्नै अनुभव, अनुभूति र संघर्षको कथा लाग्छ । १६८ पृष्ठको पुस्तकको मूल्य पाँच सय रुपैया रहेको छ । प्रत्येक शीर्षक बारे चर्चा गर्नुभन्दा यो पुस्तक पढेपछि समय र पैसा दुबैको सदुपयोग हुने नै देखेको छु ।
कमी,कमजोरी सुधार र परिमार्जनका लागि प्रशस्त संभावनाहरु बाँकी नै छन् । १७ वर्ष अघिको पत्रकार आजका दिनसम्म आईपुग्दा सम्म लेखकले केही गहन विषय छुटेकै रहेछन् कि त भन्ने अनुभव गर्न सक्छन । अनि भाषिक दोहोरोपना हटाउँदै असान्दर्भिक घट्नालाई अन्य दस्तावेजमा स्थानान्तरण गर्दै पुर्नलेखनद्धारा पत्रकार उपाध्यायले पुस्तक अझै उत्कृष्ट बनाउने छन् भन्ने अपेक्षा गरौ ।
(लेखक राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् ।)

सिड्नीमा भरतबन्धुका तस्वीर प्रदर्शनी

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्कने तस्वीर प्रदर्शन गरिएको छ । नेपालका लागि अष्ट्रेलिया राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिरहरू राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्दधन जोड दिनुपर्ने बताइन् । नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा यस्ता प्रदर्शनीले जोड दिने उनले विश्वास व्यक्त गरिन् । राजदूत यादवले विदेशमा रहेकाहरुलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न अनुरोध पनि गरिन् ।

एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे ।

खोज्नुहोस