लागुऔषध प्रयोगमा नलाग्नुस्, मान्छेले चाहे जे पनि हुन्छ : परराष्ट्रमन्त्री राण

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन् ।

नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागूऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागूऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेकी हुन् ।

‘लागूऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,’ मन्त्री देउवाले भनिन्, ‘सकारात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिऊँ, लागुऔषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’

लागूऔषध दुर्व्यसनमा फसेकालाई छोड्न आग्रह गर्दै उनले अगाडि भनिन्, ‘लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’

मन्त्री देउवाले लागुऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताइन् । उनले भनिन्, ‘लागुऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागूऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।’

गृह मन्त्रालयद्धारा यूएसएडबाट सञ्चालित कार्यक्रमहरूको तथ्याङ्क सङ्कलन सुरु

काठमाडौं । सरकारले अमेरिकी सहयोग नियोग यूएसएडबाट सञ्चालित विभिन्न कार्यक्रम र संघ संस्थाको तथ्याङ्क सङ्कलन थालेको छ ।गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर यूएसएडबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषणको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

‘हालै अमेरिकन सहायता संस्था (यूएसएड) बाट प्राप्त हुने सहायता स्थगित भएको भनी समाचारहरु प्रवाहित भैरहेको परिवेशमा जिल्लामा युएसएडबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन हुन निर्णयअनुसार अनुरोध छ,’ गृहले पठाएको पत्रमा उल्लेख छ ।

साथै, लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता लिँदै आएको र त्यस्तो सहायता विभिन्न गैर सरकारी संघ संस्थाबाटसमेत परिचालन हुँदै आएकोले त्यस्ता संस्थाहरुको विवरण समेत बुझाउन प्रशासन कार्यालयहरुलाई दिर्नेशन दिएको छ ।

‘तहाँ जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुन कुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा कति सहायता रकम परिचालन र उपयोग गरेका छन् रु साथै सहायता परिचालनको मोडालिटी कस्तो रहेको छ रु त्यस्ता कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा रहेका छन् ?,’ पत्रमा भनिएको छ, ‘उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?।’

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभर यूएसएडमार्फत वितरण भइरहेका कार्यक्रम रोक्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

राजकुमार ह्यारीलाई ट्रम्पले निर्वासन नगर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बावजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन् ।

शुक्रबार न्यूओर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पारे । “म त्यसो गर्न चाहन्नँ”, उनले भने, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । उहाँकी श्रीमती भयानक हुनुहुन्छ ।”

यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उनको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागूपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।

न्यूओर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उनलाई ‘एक महान युवा’ भनेको उल्लेख गरेको छ ।

दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गरेका थिए । उक्त भेट ह्यारी र उनकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो ।

ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक रहँदै आएका छन् । मर्केलले अघिल्लो सार्वजनिक बयानहरूमा उजलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भनेकी थिइन् भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरेका छन् । “मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ”, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गरेको न्यू‌ओर्क पोस्टले रिपोर्ट गरेको छ ।

हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागूपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमाथि प्रश्न उठाएको छ ।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने, “संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन ।”

रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सरेका थिए र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ । त्यसपछि बाइडन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ ।


२७ वर्षपछि भाजपाले दिल्लीमा सरकार बनाउँदै, यो चुनाव किन मोदीका लागि ठूलो जित हो?

नयाँ दिल्ली  : प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले भारतको राजधानी दिल्लीमा २७ वर्षपछि पहिलो पटक चुनावी जित हासिल गर्दै सरकार बनाउने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा)ले ७० सीट रहेको दिल्ली विधानसभामा ४८ सिटमा जित हासिल गरेको छ भने हाल सत्तामा रहेको आम आदमी पार्टी (आप) २२ सीटमा समेटिएको भारतको निर्वाचन आयोगको विवरण छ।

कुल ३५ भन्दा बढी सीट जित्ने दलले सरकार बनाउन सक्छ।

“विकासको जीत, सुशासनको विजय,” मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो पार्टीले दिल्लीको विकासमा “कुनै कसर नछाड्ने” बताएका छन्।

भाजपाले के गर्‍यो, आप कहाँ चुक्यो?

भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जीत राजनीतिक रूपमा महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन्। उनको पार्टीले पछिल्लो आम चुनावमा भने स्पष्ट बहुमत गुमाएको थियो।

आपका लागि यो पराजय एउटा ठूलो झट्का हो। एउटा सानो दल भए तापनि सहरमा शिक्षा र स्वास्थ्य सुविधाहरू सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता सम्हालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो।

केजरीवारको दल पञ्जाब राज्यमा पनि सत्तामा छ। तर यतिखेर आफ्नो भविष्यबारे प्रश्नहरू उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु सङ्कटमाथिको विजय हुने थियो।

भाजपा समर्थकहरू खुशीयाली मनाउँदै

तस्बिर स्रोत,ANI

मध्यमवर्गमा केजरीवालको भ्रष्टाचार विरोधी अडानका कारण कुनै समय चुलिएको आपप्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ।

मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए।

गरिब र दिल्लीमा सङ्घर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन।

भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्‍याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गर्‍यो।

विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र सङ्घीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो।

झण्डै ३० वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जीत हो। यसको परिवर्तनको सन्देशले काम गर्‍यो। अनि यसको राजनीतिक र आर्थिक बलले ठूलो जीत दिलायो।

केजरीवाल र बहालवाला मुख्यमन्त्री आतिशी

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,केजरीवाल चुनावमा पराजित भए भने बहालवाला मुख्यमन्त्री आतिशीले झिनो अन्तरले जित हासिल गरिन्

हरियाणा र महाराष्ट्र राज्यहरूमा ताजा जीतले गत वर्षको आम चुनावमा पराजयपछि भाजपा तङ्ग्रिन खोजेको देखाउँछ।

दिल्लीमा पकड गुमेपछि विपक्षीहरू चिन्तामा छन् भने भाजपा उच्च मनोबलसाथ अर्को चुनावी चक्रमा प्रवेश गर्दैछ।

आपका शीर्ष नेताहरू केजरीवाल र मनिष सिसोडिया पराजित भएपछि शनिवार आपमा ठूलो निराशा छायो। बहालवाल मुख्यमन्त्री आतिशी समेत झिनो अन्तरको जित हासिल गर्न सफल भइन्।

कुल ६० प्रतिशतभन्दा भन्दा बढी योग्य मतदाताहरूले मतदान गरेको चुनावमा धेरैजसो एक्जिट पोलले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए। तर विगतमा त्यस्ता भविष्यवाणीहरू गलत समेत साबित भएका थिए।

कस्तो थियो भाजपाको प्रचार?

नरेन्द्र मोदी

तस्बिर स्रोत,Getty Images

भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित थियो। भ्रष्टाचार विरोधी अभियानकर्मी केजरीवाल मदिरा बिक्री नीति सम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल परेका थिए। उक्त नीति यतिखेर खारेज गरिएको छ।

महिनौँ जेलमा बिताएर हालसालै छुट्टाछुट्टै जमानतमा रिहा भएका उनीहरूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्।

केजरीवाल मोदीको पार्टीले आफू र आपविरुद्ध “राजनीतिक प्रतिशोध” लिएको आरोप लगाउँछन्। तर भाजपा त्यसलाई अस्वीकार गर्छ।

सङ्घ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ। सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा मुख्य निर्णय लिने अधिकार सङ्घीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ।

राज्यसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ। प्रतिस्पर्धी पार्टीले सङ्घीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबीच टकराब देखिने गरेको छ।

अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिक भन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका थिए।

भाजपाले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको छ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,भाजपाले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको छ

आप र भाजपा दुवैले सरकारी विद्यालयहरूमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाहरूका लागि भत्ताको नारा अघि सारेका थिए।

गत साता मात्रै सार्वजनिक भएको भारतको बजेटमा मध्यम आय भएका मानिसहरूका लागि कर छुटको घोषणा भएको थियो।

मध्यम आय भएका मानिसहरूको उच्च जनसङ्ख्या बसोबास गर्ने दिल्ली राज्यसभा निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आकलन थियो।

यद्यपि हप्तौँ लामो तिक्ततापूर्ण प्रचार अभियानमा प्रदूषणको विषय भने धेरैजसो समेटिएन। दिल्लीको पुरानो वायु प्रदूषण सङ्कटले सहरका ३ करोड बासिन्दालाई बर्सेनि सताउँछ।

भाजपाले आफूले जितेमा सहरको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको थियो।

अन्य दलहरूले पनि आफ्नो घोषणापत्रमा सङ्कटलाई उल्लेख गरे तापनि यस मुद्दा छलफलमा हाबी भएन वा चुनावी अभियानमा छलफलको केन्द्रमा पर्न सकेन।

दिल्लीमा को कहिले सत्तामा थिए?

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए।

भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो।

मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो।

भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन।

सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ।

कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो।

तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए।


थारु जातीको मुद्दामा नेपाली काँग्रेस संवेदनशील छ- परराष्ट्रमन्त्री डा. राणा

धनगढी, २७ माघ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थारु जातीको हक, हीत र अधिकारका लागि नेपाली काँग्रेसले काम गर्दै आएको बताएकी छिन् ।

नेपाली कांग्रेस थारू विभाग र नेपाल थारू सङ्घ कैलालीको संयुक्त आयोजनामा शनिबार कैलालीको कैलारी गाउँपालिकामा शनिवार शुरु भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा ०५७ सालमा कमैया प्रथा उन्मुलन भएको स्मरण गरिन् ।

नेपाल बहुसांस्कृतिक देश हो, यहाँ विभिन्न जातजातिको बसोबास छ, परराष्ट्रमन्त्री डा. राणाले भने, हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नुपर्छ । काँग्रेस त्यसमा संवेदनशील छ ।

थारु महिलाको पहिरनमा कार्यक्रममा सहभागी भएकी परराष्ट्रमन्त्री डा. राणाले विदेशमा जादा थारु पहिरनमा कार्यक्रममा सहभागी हुने बताईन् । मन्त्री राणाले भनिन्,देशकै प्रतिनिधित्व गर्ने भएकोले विदेशका कार्यक्रममा सबै जातजातीको पोशाक लगाउने प्रयास गर्नेछु ।

थारू जाती संस्कारी र इमानदार भएको चर्चा गर्दै मन्त्री देउवाले थारू जातिको हक र अधिकारमा नेपाली कांग्रेस सधै तत्पर रहेको दोहोर्‍याईन ।

उनले थारू समुदायमा ठुलो समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोग निवारणमा समेत नेपाल सरकारले पहल गरिरहेको जानकारी दिईन ।

 

 

२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन

काठमाडौँ, २७ माघ । २७ वर्षपछि भारतीय जनता पार्टी(भाजपा) को दिल्लीमा पुनरागमन भएको छ ।

विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि दिल्लीको सत्तामा भाजपाको पुनरागमन भएको हो । दुई कार्यकाल दिल्लीको सत्ताको बागडोर चलाएको आम जनता पार्टी(आप) लाई पराजित गर्दै भाजपाले दिल्लीको सत्ताको बाटो तय गरेको   हो ।

सन् १९९८ पछि दिल्लीको विधान सभा निर्वाचन हार व्यहोर्दे आएको भाजपाले यस पटक भने बहुमत प्राप्त ग¥यो । दिल्लीमा यस पटक भने प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको जादु चल्यो ।आपका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र बरिष्ठ नेता मनिष सिसोदिया,अवध ओझा र बिबी त्यागीले पनि हार व्यहोर्नु प¥यो ।

भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरेको  । सत्तामा रहेको आप २२ सिटमा खुम्चिएको छ । केजरीवाललाई भाजपाका प्रवेशसिंह वर्माले हराए । वर्माले ३० हजार २४ मत पाउदा केजरीवालले २५ हजार ९२५ मतमा सीमित भए । वर्मा भाजपाका पुराना नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुन् ।

यो जितसंगै वर्मा मुख्यमन्त्री बन्ने संभावना छ । यद्दपि त्यसको निर्णय भाजपाको संसदीय बोर्डले गर्नेछ ।

दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो । अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवालको पार्टी २०१४ मा सत्तामा आएको थियो । लगातार दुई कार्यकाल दिल्लीको सत्ता चलाएको आपले यस पटक भने हार व्यहोरेको छ ।

भ्रष्टाचारको आरोपमा जेल गएपछि केजरीवालको साख घटेको थियो । उनी विलासी र सुविधाभोगी भएको आरोप पनि खेप्दै आएका छन् । भ्रष्टाचारको आरोपमा जेल गएपछि सत्ताको नेतृत्व आफ्नै पार्टीकी नेतृलाई हस्तान्तरण गरेका केजरीवालको पार्टी निर्वाचनमा हार व्यहोरेपछि एक दशकपछि सत्ताबाट बाहिरिएको छ हो।

 

क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यास सार्वजनिक

धनगढी ।

क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ उपन्यायसको शनिबार धनगढीमा विमोचन गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका डीन प्रो.डा.प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखककी आमा सरस्वती उप्रेती लगायतले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन्।  क्याप्टेन उप्रेतीको यो १३ औं कृति हो ।

प्रमुख अतिथि प्रा.डा. पन्तले एउटा पायलटले भोगेको, देखेको जीवन र थुप्रै पायलटका जीवनका रोचक र साहसिक अनुभवहरुलाई सरल तरिकाले लेखकले उपन्यासमा उतारेको बताए ।

उनले पायलटका उपन्यास पढेर अनुभवका आधारमा जहाज उडाउने तरिका र जहाजका बारेमा बिबिध जानकारी मिल्ने   बताए ।

क्याप्टेन उप्रेतीले उपन्यासभित्र पाइलटका अनुभव, भोगाई, प्रेम, रोमान्स र जीवनका उतारचढाव समेटिएको बताए ।

उपन्यासकार उप्रेतीले उपन्यासभित्र थुप्रै पायलटका जीवनका घट्नाहरु उल्लेख गरिएको बताए । उपन्यासमा समेटिएका पात्र र घट्नाहरु ९० प्रतिशत वास्तविक हुन्, उप्रेतीले भने, १० प्रतिशत मात्र काल्पनिक घट्ना र पात्रहरु हुन्।

उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताए ।

आफ्नो आकाशमाथि उडिरहने जहाज देख्दा सोलुखुम्बुको नाम्चे बजारमा जन्मिएको एक बालकमा पलाएको पायलट बन्ने हुटुहुटीबाट शुरु भएको कथा अमेरिकामा पायलट कोर्स पुरा भएपछि अघि बढ्छ, उप्रेती भन्छन्, उपन्यासको नायक सोनाम भएपनि यो भित्र तमाम घट्ना र ती घट्नासंग जोडिएका पायलटहरुका कथा, प्रेम, आरोह अवरोह छन् ।

पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए ।

उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे ।

लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताए।

टिप्पणीकार भट्टले उपन्यासकारले पात्रहरुमार्फत दुई तहको प्रेम सम्बन्ध र त्यही सम्बन्धका पाटाहरुलाई उपन्यासमा उजागर गरेको बताए ।

उपन्यासको नायक सोनाम ईमान्दार र सरल छ । उसको प्रेमको बियोगान्त अन्त्य छ । यद्दिप उसको प्रेम पवित्र र प्रतिबद्ध छ । सोनामको प्रेम केही समयपछि ब्रेकअफ हुने र पुरानो सम्बन्धलाई बिर्सिने मौसमी होईन, भट्टले टिप्पणीका क्रममा भने, र त, सरितासंगको बियोगलाई बिर्सेर नयाँ प्रेममा जोडिएर पनि उ पुरानो प्रेमलाई बिर्सिन सक्दैन ।

उपन्यासमा तथ्य र कल्पना दुबै छन् । थुपै्र वास्तविक घट्ना र केही कल्पना छन्, भट्ट भन्छन्, सिद्धहस्त लेखकले झै उप्रेतीले मिठो र सरल तरिकाले त्यसलाई लिपिबद्ध गरेका छन् । काल्पनिक कुराहरु छन् ।

उपन्यासमा लेखकको दार्शनिकता बगेको छ, उनले थपे, त्यहाँ आशावादिता छ । प्रेरणा छ । प्रकृति प्रेम छ । प्रेमसंगै बियोगका कथाहरु पनि छन् ।

अर्का टिप्पणीकर्ता कमलराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे। उनले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताए ।

सोलुको एउटा भूगोलको कथा होईन, उनले भने, यो आम नेपालीको कथा हो । हरेकले गर्ने कल्पना यसमा छ, जोशीले भने, मान्छेले साहस ग¥यो भने उसका संभावनाका सधे ढोकाहरु खुला हुन्छन् भन्ने सन्देश दिएको उपन्यासले एउटै घट्नाबाट निराश नहुन आत्मबल प्रदान गर्छ ।

उपन्यासमा समाज छ । समाजको चित्रण छ । प्रेम छ । बियोग छ । भनसुन र भ्रष्टाचार समाजमा कसरी जकडिएको छ, जोशीले भने, उपन्यासले त्यसको उद्घाटन पनि गरेको छ ।

बिमोचन समारोहका अध्यक्ष सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा.डा. हेमराज पन्तले मान्छेहरुले आफूहरुलाई अनावश्यक रुपमा व्यस्त देखाउने गरेको टिप्पणी गर्दै भने, सबैसंग २४ घण्टा नै हो । जसले त्यसको सदुपयोग गर्छन् । त्यसैले ईतिहास बनाउछन् । क्याप्टेन उप्रेती तिनै मध्ये पर्छन् ।  जसले व्यस्त समयका बाबजुद पनि यतिधेरै सृजनशील कार्य गरेका छन् ।

कार्यक्रममा युनेस्को बग्दादका शिक्षा प्रमुख तपराज पन्त, नाटा सुदूर पश्चिमका पूर्व अध्यक्ष माया प्रकाश भट्ट, गेटा मेडिकल कलेजका निर्देशक डा. सुरेश पन्त लगायत बिशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचीत गरिएको बताएको छ ।

भाजपाले दिल्लीमा जितेपछि नरेन्द्र मोदी भन्छन् : विकास र सुशासनको जित

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित शुरु भएको बताएका छन् । दिल्ली विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत हासिल गरेपछि मोदीले यो जित विकास र सुशासनको जित भएको बताएका हुन् ।  उनले भने, “यो जित विकासको हो, सुशासनको जित हो ।”

“हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछौं,” मोदीले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन् ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

तर यसपालि आजपा नराम्ररी पछारिएको छ । आपका प्रमुख अरविन्द केजरीवाल नै पराजित भएका छन् ।

भाजपाले २७ वर्षपछि सरकार बनाउने भएको छ । मोदीले जनशक्ति सर्वोपरि भएकोसमेत बताएका छन् ।

 

८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए । उनले भने, ‘२०६४ मा यस्तै उभार थियो । नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो । जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ । म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ । म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरू आएको उल्लेख गर्दै उनले जनताको बीचमा जान अब नयाँ खालको प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए ।

उनले भने, ‘पार्टीहरू प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरूले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो । यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए । यो कम्युनिष्टहरूको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे ।

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिँदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे ।

 

दिल्लीमा आपको हार, २७ वर्षपछि भाजपाको पुनरागमन हुदै

नयाँ दिल्ली ।
बिधान सभाको निर्वाचनमा आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेसंगै २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन हुने निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ ।

आम आदमी पार्टी (आप)ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ । उसले कुल २२ सिट प्राप्त गर्ने छ। कांग्रेसले एक सिट पनि पाएको छैन।

आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन्। सत्येन्द्र जैनले पनि चुनाव हारेका छन्।

निर्वाचनको नतिजा आईरहदा दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुग्नेछन् र कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।

केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेटेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीका जनताले बारम्बार झूटा वाचा गरेर जनतालाई भ्रमित गर्न सकिँदैन भनेर देखाएको बताएका छन्। शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा लेखेका छन्, ‘जनताले फोहोर यमुना, फोहोर पिउने पानी, भत्किएका सडकहरू, भरिएर बग्ने ढल र हरेक सडकमा खुलेका मदिरा पसलहरूलाई आफ्नो मतले प्रतिक्रिया दिएका छन्।’

संकटका साथी

संकटकालको त्रास थियो । मान्छे सम्साँझै घर पुग्थे । साँझ नहुदै धनगढी बजार सुनसान हुन्थ्यो । गोली चल्नु । मान्छे मर्नु । सामान्य भईसकेको थियो । कहिले पार्क मोडमा । कहिले चौराहामा । सुरक्षाकर्मी मारिन्थे । क्याम्पस क्षेत्रमा माओवादी र सुरक्षाफौजबीच भिडन्त हुन्थ्यो । माओवादीको निशानामा सबै थिए । राजनीतिकर्मी । सुरक्षाकर्मी । गैससकर्मी । जमिन्दार । कतिसम्म भने सुरक्षाकर्मी धनगढीमा डेराबाट निकालिन्थे । घरबेटी डरले सुरक्षाकर्मीलाई डेरा दिदैनथे । गैससका कार्यालयमा माओवादीले बम पड्काउथे । निशानामा अन्तर्राष्ट्रिय गै सरकारी संस्था पनि थिए ।

धनगढीमा जिल्ला प्रहरी कार्यालय पारी जाने सडकमा प्रहरीले काँडेतार बिछ्याउथे । राति आवातजावतमा रोक थियो ।

घरभित्रै मान्छे सुरक्षित थिएनन् । चौराहा पसलभित्र गोली लागेर एक जना मारिए । नगरपालिका अगाडि तरकारी पसलभित्र सुतेकै अवस्थामा एक बालिकाको गोली लागेर मृत्यु भयो । यस्ता अनगिन्ती घट्ना भए ।

सम्साँझै सबै पसल बन्द हुन्थे । व्यवसाय ठप्प । एउटा पसल, जसले कहिल्यै आफ्नो सेवा बन्द गरेन, त्यो थियो–सुदूर सञ्चार सेवा । सञ्चालक थिए, सुरेश थापा ।

२०२४ सालमा मोरङको बिराटनगरमा जन्मिएका थापा परिवारमा कान्छा थिए । उनी अघि तीन दाई र तीन दिदी । सरस्वती मावि तिनटोलियबाट एसएलसी गरेपछि उनी क्याम्पस भर्ना भए । २०४२ सालको कुरा हो । उनी महेन्द्र मोरङ क्याम्पसबाट प्रमाण पत्रको परीक्षा दिएपछि घुम्न धनगढी पुगे । उनकी दिदी यही थिईन् ।  दिदी भिनाजुको सल्लाहमा उनी बिराटनगर फर्किएनन । धनगढीमै काम गर्न थाले । शुरुवातमा रातोपुलमा कोल्ड स्टोर चलाए । त्यो काम छोडे । केही वर्ष सर्भिस सेन्टर चलाए । त्यो पनि छोडे । दुबै काम आठ वर्षजति गरे ।

एलएनचौकमा सटर भाडामा लिएर सुदूर सञ्चार सेवा(पीसीओ) शुरु गरे । शुरुवातमा उनीसंग एउटा टेलिफोन लाईन थियो । त्यही एउटा लाईन टेलिफोनका लागि पनि भनसुन गर्नुपथ्र्यो । पालो कुर्नुपथ्र्यो । पैसा डिपोजिट गर्नुपथ्र्यो । पसल चल्न थालेपछि उनी टेलिफोन लाईन थप्दै गए ।

मोवाईल आईसकेको थिएन् । ईन्टरनेटको सुविधा थिएन । कम्प्युटर, ल्यापटप भित्रिसकेको थिएन् । देशविदेश फोन गर्नु परे, त्यसको एउटै माध्यम थियो, टेलिफोन । र, त्यसका लागि भरपर्दो नाम थियो, सुदूर सञ्चार सेवा ।

उनी कहाँ टेलिफोन सेवा लिनेको घुईचो लाग्न थाल्यो । शनिवार त थेगिनसक्नु भीड हुन्थ्यो । ग्राहकहरु लाईन लाग्थे । पालो कुर्थे । उनलाई खाना खाने फुर्सद हुदैनथ्यो । उनले एक महिनामा एक लाख रुपैयासम्म टेलिफोनको बील तिर्थे ।

मुलुकमा माओवादी संशस्त्र संघर्ष उत्कर्षमा पुग्यो । संकटकाल लाग्यो । दिनदहाडै शहरभित्रै पसेर माओवादीले आक्रमण गर्न थाले । सुरक्षाकर्मी र माओवादीबीच दिनहूँ झडप र भिडन्त हुन थाल्यो ।

मान्छेहरु घर बाहिर निस्किन गाह्रो हुन थाल्यो । तर सञ्चार सुविधा नलिई नहुने । पीसीओसम्म पुग्न जोखिम ।

उनीमाथि निर्भर थिए, धनगढीका सञ्चारकर्मी । साथै थुप्रै व्यवसायी र ग्राहकहरु । फोन, फ्याक्सका लागि धनगढीमा भरपर्दो एउटै पसल थियो, सुदूर सञ्चार सेवा ।

उनका डेढ सयभन्दा बढि ग्राहक यस्ता थिए, जसलाई उनले कन्फ्रेन्स कलको सुविधा दिएका थिए । आफ्नो कोठाबाटै उनका ग्राहकहरुले सञ्चार सुविधा प्रयोग गर्थे । कन्फ्रेन्स कल मार्फत देश विदेश कल गर्थे ।

सबै व्यवसायीहरु सटर बन्द गरेर घर लाग्थे । उनी भने सटर पछाडिको कोठामा । सञ्चार सेवाबाट बञ्चित कोही हुनु नपरोस भनेर उनी राति पसल भित्रै बस्थे । संकटलकाल लागेपछि उनी घर जान छोडे । सटर भित्रै डेरा बनाए । पत्रकारहरु दिनभरी घट्नाहरुको सूचना संकलन गर्थे । साँझ समाचार तयार पारेर फ्याक्सका गर्न थापालाई झ्यालबाट दिन्थे । अहिले जस्तो ईमेल, ईन्टरनेटको सुविधा थिएन् । हातले एफोर कागजमा समाचार लेख्थे । त्यही समाचार फ्क्यास गरेर आफू कार्यरत मिडिया हाउसलाई पठाउँथे । र, त्यो पठाउने एउटै र भरपर्दो पसल थियो, सुदूर सञ्चार सेवा ।

No description available.सरकारी कार्यालय र गैर सरकारी संस्थासंग फ्याक्सको सुविधा थिएन । फ्याक्स पठाउन पनि सुदूर सञ्चार पुग्नु पथ्र्यो । बाहिरबाट सरकारी कार्यालय र अन्य व्यवसायीयक प्रतिष्ठानका फ्याक्स पनि सुदूर सञ्चारमै आउथे । उनी यति विश्वासिला र व्यवसायीयक थिए, एउटाको फ्याक्स अर्को व्यक्तिलाई कहिल्यै देखाएनन् । चाहे पत्रकारहरुको समाचार होस । चाहे सरकारी कार्यालयको होस् ।

थापाले दैनिक ५० भन्दा बढि पाना फ्याक्स गर्थे । एउटा पाना फ्याक्स गरेको २० रुपैया शुल्क लिन्थे । फ्याक्स आएको प्रति पानाको १० रुपैया लिन्थे । प्रति मिनेट एसटिडी कलको १५ रुपैया र भारतमा कल गरेको ४० रुपैया लिन्थे । अमेरिका कल गरेको प्रति मिनेटको १७० रुपैया शुल्क थियो । आम मान्छेको पहूँचमा टेलिफोन थिएन् । त्यसैले लोकल कलका लागि पनि ग्राहकहरु सुदूर सञ्चारमै आउथे ।

उनी संकटका साथी थिए । उनी जुन सुकै बेला पनि सञ्चार सुविधा दिन्थे ।

३२ वर्ष भएछ, सुदूर सञ्चार सेवा सञ्चालन गरेको छ, उनी भन्छिन्, थाहै नपाई यही जीवन कट्यो । बिराटनगरबाट घुम्न आएका थापाले पसल सञ्चालन गरेको दुई वर्षपछि बर्दियाबाट शोभा बिष्टसंग विवाह गरे । त्यसको दुई वर्षपछि छोरा सुशान्तको जन्म भयो । दुई वर्षपछि छोरी सृज्याको ।

छोरीको विवाह भईसक्यो । उनी थाईल्याण्डमा एमपीएचको पढाई पुरा गर्दैछिन् । छोरा बैंकमा जागीरे छन् ।

यस्तो समय पनि आयो, उनी टेलिफोनको व्यवसाय सञ्चालन गर्न पनि मोवाईल प्रयोग गर्न थाले । भन्छन्, मोवाईलको रिचार्ज र डाटाका लागि त मोवाईल चलाउनै पर्ने भयो ।

उनले सञ्चार सेवा शुरु गर्दा अहिलेजस्तो प्रविधिको विकास भईसकेको थिएन् । उनले टेलिफोनको लाईन लिन पालो कुरे । उनले हेर्दा हेर्दै मोवाईल आयो । हात हातमा मोवाईल भयो । टेलिफोन गर्नेहरु घटे । उनले पसलमा रिजार्च कार्ड थपे । फोटोकपी, लेमिनेशन र नक्सा प्रिन्ट गर्न गर्न    थाले ।

रिचार्ज कार्ड पनि विस्तारै हराउदै गयो । ग्राहकहरु मोवाईलबाटै रिचार्ज गर्न थाले । उनले ईसेवा शुरु गरे । भन्छन्, सायद समय र प्रविधि आत्मसात नगरेको भए यो व्यवसाय उहिल्यै बन्द हुन्थ्यो ।

तर पछिल्ला केही वर्षमा भने व्यवसाय ओरालो लागेको उनी सुनाउछन् । कोभिडबाट ओरालो लागेको व्यवसाय आर्थिक मन्दीका क्रममा पनि यसरी सुस्ताएको थिएन । भन्छन्, बजार भत्किएपछि त बाँच्नै मुस्किल भयो । यस्तो अवस्था त कहिल्यै देखेन । उनी सुनाउछन्, एकातिर भाडा बढ्दै गयो । खर्चहरु थपिदै गए । अर्कोतिर आम्दानी कम हुदै गयो ।

यद्यपि उनको गुनासो छैन् । यही व्यवसायले उनले छोराछोरीलाई हुर्काए । पढाए । धनगढीमा पक्की घर बनाए । घरबाटै यो व्यवसाय सञ्चालन गर्ने सोचमा छु,भन्छन्, छोराले अव आराम गर्नु भन्दैछ ।

आफूले सेवा दिएका ग्राहकहरु सबैले प्रगती देख्दा उनी खुशी हुन्छन् । उनी धनगढीको विकासका साक्षी हुन् । र, धेरैको प्रगतीका सहयोगी पनि । पत्रकार हुन् वा व्यवसायी । कर्मचारी हुन् वा सर्वसाधारण ।

धनगढीमा उनलाई अधिकांशले मामा भन्छन् । यही धनगढीले नाम, पहिचान र सम्बन्ध र आत्मियता सबैथोक दियो, उनी भन्छन्, बाँकी जीवन पनि यही बिताउछु ।

‘अरेली काँडैले’ बन्यो युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत

काठमाडौं । नेपाली लोकदोहोरी सङ्गीतको इतिहासमा पहिलो पटक कुनै गीतले युट्युबमा १० करोड भ्युजको आँकडा पार गरेको छ । शान्तिश्री परियारको एकल आवाज रहेको ‘अरेली काँडैले मलाई च्वास्सै’ बोलको गीतले यो कीर्तिमान बनाएको हो ।

यसअघि ‘सालको पात टपरी’ र ‘अरेली काँडैले’मध्ये कुन गीतले पहिला १० करोड भ्युज पाउने भन्ने प्रतिस्पर्धा थियो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ २०१८ मा वसन्त थापाको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

‘अरेली काँडैले मलाई च्वास्सै’ भने २०२४ मा शान्तिश्री परियारको युट्युब च्यानलबाट अपलोड भएको हो । नेत्र अर्यालले लेखेको यो गीतले अन्ततः युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीतको इतिहास रचेको छ ।

यस गीतको प्राविधिक पक्ष राजेन्द्र अर्यालले हेरेका हुन् । केही समयअघि टेकपानासँगको कुराकानीमा उनले दुवै गीत १० करोड भ्युज पाउने दौडमा रहेको र जसले जिते पनि यो सफलता समग्र लोक सङ्गीत क्षेत्रकै हुने बताएका थिए । अरेली काँडैले उक्त कीर्तिमानी बनाएपछि अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका छन् ।

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

धनगढी – दार्चुलामा भीरबाट खसेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । शुक्रबार  दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो ।

भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए । त्यहाँ उनी डेरामा बस्दै आएका थिए ।  उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो । शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो ।  ‘यतातिर धेरै भिरालो अप्ठ्यारो बाटो छ, भीरबाटै खसेर यहाँ धेरैले ज्यान गुमाएका छन्, उहाँको पनि घटनास्थलमै मृत्यु भयो,’ उनले भने ।

सुदूरपश्चिमको समुन्नतिको लागि वैदिक मोडेल

-प्रेम राज अवस्थी

समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासलाई केवल भौतिक सेवा-सुविधासँग सीमित नराखी,आध्यात्मिक, मानसिक, नैतिक तथा पर्यावरणीय पक्षलाई समेत समेटी समाजलाई समृद्ध बनाउनु नै वास्तविक समुन्नति हो।

तर, आज सुदूरपश्चिमसहित समग्र नेपाल सामाजिक, आर्थिक लगायत जलवायु परिवर्तनका चुनौतीहरूको सामना गरिराखेको छ। समाज नत पूर्ण रूपमा आधुनिक सिद्धान्तमा पुनर्स्थापित हुन सकेको छ, न परम्परागत मूल्य-मान्यताहरूमा अडिग छ। यस्तो सङ्क्रमणकालीन अवस्थामा समुन्नतिका सिद्धान्तहरूलाई आत्मसात् गर्दै, पर्यावरणीय सन्तुलन, सांस्कृतिक जगेर्ना, र आर्थिक आत्मनिर्भरता सहितको भविष्यमुखी समाज निर्माण गर्न विकासको नाममा आफ्नो जरा भुलेर हैन धरातलीय यथार्थता लाई मनन गर्दै अगाडी बढ्नु पर्छ।

अहिले सम्मका अधिकांश बहस, परिवर्तन, र सामाजिक उथलपुथल मुख्यतः राजनीतिक प्रवृत्तिका रहे। गाउँदेखि सहर र टोलदेखि दुर्गम स्थानसम्म राजनीतिले नै प्रमुख स्थान पायो। तर अब, समग्र समाजको ध्यान आर्थिक-सामाजिक विकासतर्फ आकर्षित गर्न ढिला गर्नु हुँदैन। अबको बाटो समृद्धिको हो भन्नेमा दुई मत छैन, समुन्नतिको लागी के गर्नुपर्छ भन्नेबारे केही हदसम्म स्पष्टता भए पनि, कसरी गर्ने भन्नेबारे साझा धारणा बन्न सकेको छैन। आर्थिक- सामाजिक समुन्नतिको लागि कुन दर्शन र दृष्टिकोणलाई अनुसरण गर्ने भन्नेमा एक किसिमको अलमल छ। 

नेपालमा गफ बढी र काम कम हुन्छ भन्ने आम गुनासो छ। तर, यदि गफलाई सही दिशा र गहिराइमा बढाउन सकियो भने पनि गफले समृद्ध भविष्यको आधारशिलाको काम गर्न सक्छ। 

गाउँहरू धमाधम रित्तिँदै छन्। अव्यवस्थित र असन्तुलित सहरीकरणले जनजीवन कष्टकर मात्र होइन, रोग र असन्तुष्टि पनि बढाइरहेको छ। जथाभाबी प्राकृतिक स्रोतसाधनको दोहनले वातावरणीय सङ्कट निम्त्याइरहेको छ र जलवायु परिवर्तनका प्रभाव बढ्दो गति मा छ। यी कारणहरूले पनी हुन सक्छ ,तुलनात्मक आर्थिक-सामाजिक रूपान्तरण का बाबजुद पनि असन्तुष्टि झन् बढेको छ। विगतका केही दशक अघि सम्म जन- जीवन निकै कठिन थियो। नुन-तेल जोहो गर्न महिनौँ पैदल हिँड्नुपर्थ्यो, अधिकांश मानिस नाङ्गै खुट्टा हुन्थे, स्वास्थ्य सेवा र शिक्षाको पहुँच सीमित थियो। तर, आज धेरै कुराहरू परिवर्तन भए तापनि मानिसहरूमा खुसी हुन सकेका छैनन् । 

विगत केही दशक यता विकासको नाममा समाजले धेरै कुरा नक्कल गरेको गुनासो सुनिन्छ। हामी हाम्रो संस्कृति, परम्परा, र दर्शनको गौरव कुरामा मात्र सीमित भयो। हाम्रो भनाई, गराई र सोचाई सामञ्जस्ययता हुन् सकेको छैन र बजार मा बेतालमा बजेको बाजामा उफ्रिराखेका छौ। उदाहरणका लागि, परम्परागत, प्राङगारिक जैविक कृषि छाडेर रासायनिक मल सहित विषादी आदिको प्रयोग व्यापक बनाइयो। स्थानीय अन्न उत्पादनलाई हेला गर्दै, आयातित र कम पौष्टिकतायुक्त खाद्य पदार्थहरू सर्वसुलभ बनाइए। जमिनको वर्गीकरणअनुसार पहिले घरबारी भूमिमा मात्र आवासीय प्रयोजनका लागि उपयोग गरिन्थ्यो, तर अहिलेको सिम, खल्ला वा डोल जमिन मा पनि बस्ती विस्तार भइरहेको छ। यस्तो अस्तव्यस्तताले वातावरणीय असन्तुलन, स्वास्थ्य समस्या, मानसिक असन्तुष्टि, र सामाजिक विचलन निम्त्याएको छ। 

पछिल्ला वर्षहरू मा जैविक कृषि र प्राकृतिक जीवनशैली प्रवर्द्धन गर्ने प्रयासहरू केही हद सम्म अगाडि आइराखेका छन्। तर, ठोस रूपमा वैकल्पिक विकास मोडेल बारे बहस हुन सकेको छैन। यही परिपक्ष्यमा हाम्रो उन्नतिको मोडेलबारे गहन चिन्तन आवश्यक छ। 

आर्थिक- सामाजिक विकासलाई कुल गार्हस्थ्य उत्पादन जस्ता सूचक लाई मात्र जोड नदिई प्रकृति र संस्कृति सँगको सह-अस्तित्व सहित समावेशी, दिगो, र स्थानीय आवश्यकतासँग उन्नति जोड्नु पर्छ। समृद्धि लाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी सांस्कृतिक, पर्यावरण र आध्यात्मिकता लाई प्राथमिकता दिनु पर्छ। वैदिक ज्ञानको दर्शनलाई आधुनिक विकास मोडेलसँग समाहित गर्दै अघि बढ्ने बाटो हामीले खोज्न आवश्यक छ। वेदमा ब्रह्माण्ड, जीवन, धर्म (कर्म), दर्शन, सम्बन्धी समग्र ज्ञान समेटिएको छ, जसलाई आर्थिक-सामाजिक उन्नतिको मार्ग निर्देशनका रूपमा लिन सकिन्छ। वैदिक विकास मोडेलले परम्परागत ज्ञानलाई आधुनिक आर्थिक तथा वातावरण संरक्षण सँग जोडेर दिगो विकासको आधार खडा गर्न सक्छ।

विशेष गरी, प्राकृतिक र सांस्कृतिक सम्पदाको जगेर्ना, वातावरणीय सन्तुलन, जैविक कृषि, आयुर्वेदमा आधारित जन-स्वास्थ्य र आध्यात्मिक पर्यटन लाई वैदिक मोडेलका महत्त्वपूर्ण आधारहरू मान्न सकिन्छ। वैदिक दृष्टिकोण अनुसार, प्रकृति, अर्थतन्त्र, र मानवीयता बिच सन्तुलन कायम गर्दै आत्मनिर्भर समाजको परिकल्पना गर्न सकिन्छ। ऋग्वेदले प्रकृति संरक्षण, जल व्यवस्थापन, जैविक कृषि, तथा समाजमा समानताको महत्त्व दर्साएको छ, जसलाई आधुनिक विकास दृष्टिकोणसँग समाहित गर्न सकिन्छ।

सुदूरपश्चिम सांस्कृतिक, ऐतिहासिक, र पर्यावरणीय महत्त्व बोकेको प्रदेश हो। यसको भूगोल उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली र लुम्बिनी प्रदेश, तथा पश्चिम र दक्षिणमा भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग जोडिएको छ। १९,५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको करिब १३.२२ प्रतिशत हिस्सा ओगट्छ। यस प्रदेशलाई वैदिक विकास मोडेलअनुसार समृद्ध बनाउनका लागि जन-जीविका, कृषि, पर्यटन, शिक्षा, र सांस्कृतिक पुनरुत्थानमा ध्यान दिन आवश्यक छ। दृढ राजनीतिक इच्छाशक्ति सहित हाम्रो आफ्नै प्रकृति मा भएको स्रोत साधन र परम्परागत ज्ञान को उपयोग गरी केही वर्ष भित्रै सुदूरपश्चिम एक उन्नत प्रदेश बनाउन सकिन्छ। 

समाज को जग नै शिक्षा हो। जग बलियो बनाउन वेदले सुझाएको नैतिकता, आध्यात्मिकता, र व्यवहारिक ज्ञानलाई आधुनिक शिक्षा प्रणालीसँग एकीकृत गरी व्यक्तित्व विकासलाई प्राथमिकता दिने हो भने शिक्षामा मौलिक किसिम को सुधार गर्न सकिन्छ। जीवन-उपयोगी सीप, संस्कार, र वातावरणमैत्री सोचलाई पाठ्यक्रममा समावेश गर्नु पर्दछ। साथै विद्यमान शैक्षिक संरचनालाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल कक्षाकोठा, पुस्तकालय, र सीप विकास ल्याबहरूको स्थापना आवश्यक छ। 

दशक अघि विद्यालय स्तरमा ‘पूर्व-व्यावसायिक शिक्षा’ भनेर वर्षमा एक दिन ‘मालपुवा’ पकाएर व्यावसायिक पाठ पढाएको जस्तो तरिका ले कुनै नतिजा दिँदैन। त्यसैले, शिक्षा लाई केवल सैद्धान्तिक ज्ञान मा मात्र सीमित नराखी, विद्यार्थीलाई आत्मनिर्भर र व्यावहारिक रूपमा सक्षम बनाउने र जीवन जिउने कला समावेश गर्नु पर्छ।

जैविक कृषि प्रवर्द्धन गर्न रासायनिक मलको प्रयोग लाई निरुत्साहित गरी आत्मनिर्भर ग्रामीण अर्थतन्त्रको आधार तयार गर्ने नीति अवलम्बन गर्नुपर्छ। जैविक कृषि प्रवर्द्धन गर्न किसानहरूलाई आवश्यक स्रोत र तालिम प्रदान गर्दै वैदिक कृषि पद्धतिहरूलाई समाहित गर्न सकिन्छ। स्थानीय उत्पादनहरूको मूल्यशृंखला वृद्धि गर्न र बजारमा स्वस्थ खानेकुराको सुनिश्चितता गर्न घरेलु उद्योगका उत्पादन जस्तै जाम, अचार, जडीबुटी, तथा अन्य स्वास्थ्यकर खानाकाको बजार प्रवर्द्धन आवश्यक छ। यस्ता उत्पादनहरूलाई वैदिक कृषिको सिद्धान्तअनुसार प्राकृतिक र जैविक पद्धतिबाट उत्पादन गर्न सकिन्छ। 

वातावरणीय संरक्षणका लागि जलाधार संरक्षण, सिँचाइ व्यवस्थापन, तथा विपद् जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न महत्त्वपूर्ण छ। ऋग्वेदले जल व्यवस्थापन र प्रकृति संरक्षणलाई उच्च प्राथमिकता दिएको छ, जुन आजको समयका लागि अत्यन्त सान्दर्भिक छ। ऋग्वेदले पृथ्वीलाई माता समान मानेर संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ। धार्मिक तथा पर्यटकीय महत्वका महाकाली, सेती, तथा कर्णाली नदीहरूलाई प्रदूषणमुक्त राख्दै जल व्यवस्थापन प्रणालीलाई सुधार गर्न आवश्यक छ।

सुदूरपश्चिमको जैविक विविधता, प्राकृतिक स्रोतसाधन, र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै यसलाई जैविक, साहसिक, धार्मिक, र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। डोटेली र थारु संस्कृति, पर्वहरू, तथा परम्परागत परिकारहरूको थप प्रचार र प्रवर्द्धनले अर्थतन्त्र मा योगदान गर्न सक्छ। साथै, स्थानीय हस्तकला, परम्परागत सङ्गीत, र नृत्यले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सक्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, रामारोशन, बडीमालिका, अपि नम्पा संरक्षण क्षेत्र, तथा महाकाली नदी आसपासका पर्यटकीय गन्तव्यहरूको समुचित व्यवस्थापनले पर्यटन क्षेत्रलाई हुन सक्छ। 

अन्तमा, सुदूरपश्चिमको समृद्धि र विकासको लागि वेदमा आधारित वैदिक मोडेललाई अवलम्बन गर्दै एकीकृत विकास लाई अगाडी बढाउँदा प्रदेश को मौलिकता मा टेवा पुग्नु का साथै गौरव पनि उकास्न सकिन्छ। वैदिक दर्शन सहित परम्परागत ज्ञान र आधुनिक विकासका सिद्धान्तहरूलाई समेट्दै दिगो विकासको प्रवर्द्धन गर्न सकिन्छ। विशेष गरी जैविक कृषि, वातावरणीय संरक्षण, संस्कृति र पर्यटनको प्रवर्द्धनमा वैदिक दृष्टिकोणले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ। यसरी, सुदूरपश्चिमको विकासमा वैदिक ज्ञान र आध्यात्मिक परम्परालाई सहित समृद्ध भविष्य निर्माण गर्न तिर लाग्दा सुदूरपश्चिमलाई लाई मात्र नभई, नेपालको समग्र आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ।

( प्रेम राज अवस्थी, संयुक्त राष्ट्र संघमा कार्यरत छन्। यी उनका निजी विचार हुन् )

 

अमेरिकामा शृंखलाबद्ध विमान दुर्घटना : अलास्कामा १० जनाको मृत्यु

अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान स्थानीय समयानुसार बिहीबार दुर्घटनामा परेको थियो। सो विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

उक्त दुर्घटनामा सवार सबै (१० जना) को मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। बेरिङ एयरको सिंगल-इन्जिन टर्बोप्रप विमान, जुन सेस्ना कारभान थियो, बिहीबार दिउँसो २:३७ बजे उनालाक्लीटबाट उडेको थियो। त्यसमा नौ जना यात्रु र एक पाइलट थिए। एक घण्टा नबित्दै, अधिकारीहरूसँग विमानको सम्पर्क टुटेको थियो।

अमेरिकी तटरक्षक दलका प्रवक्ता माइक सालेर्नोले उद्धारकर्ताहरूले विमानको अन्तिम ज्ञात स्थान नजिकै हेलिकप्टरबाट खोजी गर्दा विमानको भग्नावशेष फेला पारेको जानकारी दिए। दुर्घटनास्थलमा अनुसन्धान गर्न दुई उद्धार पौडीबाजहरूलाई झारिएको थियो। विमानको राडार डाटाले दिउँसो ३:१८ बजेतिर उचाइ र गतिमा द्रुत कमी भएको देखाउँछ, जसले एउटा अनपेक्षित घटना संकेत गर्छ। तर, उक्त घटनाको प्रकृति र कारण अझै अनुमान लगाउन सकिएको छैन।

विमानमा संकट संकेत ट्रान्समिटर (ईएलटी) हुन्छ, जुन समुद्री पानीमा आएमा संकट संकेत पठाउँछ। तर तटरक्षकले यस्तो कुनै सन्देश प्राप्त नगरेको पुष्टि गरेको छ। यो दुर्घटना अमेरिकामा हालैका दिनहरूमा भएका उड्डयन दुर्घटनाहरूको शृंखलाको निरन्तरता हो।

जनवरी २९ मा अमेरिकाको राजधानी नजिकै एक व्यावसायिक विमान र सेनाको हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो। त्यसपछि जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो।

बेरिङ एयरले पश्चिमी अलास्काका ३२ गाउँहरूमा नोम, कोटजेब्यु र उनालाक्लीटका केन्द्रहरूबाट सेवा प्रदान गर्दछ, जहाँ सडक सञ्जाल नभएकाले हवाई यातायात मुख्य यातायातको साधन हो। विमान कम्पनीले दिएको विवरण अनुसार यो आफ्नो अधिकतम यात्रु क्षमतामा सञ्चालन भइरहेको थियो।

भलमनसा ऐन बनाउन अघि बढ्यो सरकार

डघर र भलमनसा प्रथाको विकास तथा प्रवर्द्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

ऐनको मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेका छन्।  मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि अगाडि बढ्ने जनाइएको छ।

मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्न प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गरिने सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले जानकारी दिनुभएको छ।

यस प्रदेशको कैलाली र कञ्चनपुरमा सघन बसोबास र बाहुल्य रहेको आदिवासी जनजाति थारू समुदायमा परम्परादेखि बडघर भलमनसा प्रथा प्रचलित छ। यस प्रथालाई संरक्षण, प्रवर्धन र विकास गर्नका लागि छुट्टै ऐन बनाउने प्रदेश सरकारले प्रतिबद्धता जनाउँदै आएको छ।

७५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ ।

अघिल्लो बढुवामा छुटेका २०६७ का चन्द्रबहादुर थापा फेरि पनि छुटेका छन् ।

 

 

    

कोरियाको सहयोगमाआप्रवासी कामदारदेखि समृद्ध नेपालका लागि नवप्रवर्तनको यात्रा

काठमाण्डौं, २६ माघ । गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) द्धारा आयोजित आप्रवासी कामदारहरूको स्टार्टअप प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ।

कोरियामा रोजगारीको अनुभव भएका आप्रवासीहरुलाई नेपालमा उद्यमी बनाउने कार्यक्रम अन्तर्गत कोइकाद्धारा आयोजित  ‘नेपाल आप्रवासी कामदार उद्यमशीलता प्रतियोगिता’ ललितपुर स्थित स्क्वायर होटलमा सम्पन्न भएको हो ।

कोरिया सरकारले ‘कोरियामा रोजगारीको अनुभव लिई नेपाल फर्किएका व्यक्तिहरुको स्थिर पुनर्वासको लागि चरणबद्ध रुपमा सहयोगी भूमिका कार्यान्वयनका लागि के हामी परियोजनाको एक हिस्साको रूपमा उक्त कार्यक्रम आयोजना भएको हो।

यस परियोजना सञ्चालन भए पश्चात विगत एक वर्षमा नेपाली आप्रवासी कामदारहरूको उद्यमशीलता क्षमतालाई सुदृढ गर्ने कार्यक्रमको मूल्यांकन गर्दै नौ जना उत्कृष्ट सहभागीहरूको उद्यमशीलता विचारहरू प्रस्तुत गर्ने प्रतियोगिता राखिएको थियो। उक्त कार्यक्रममा कोरियाको आधारभूत उद्यमशीलता शिक्षण पाठ्यक्रम, नेपालको बस्तु स्थितीमा उपयोगी पाठ्यक्रम, इन्क्युबेशन र स्टार्टअप सम्वन्धी विषय समावेश गरिएको थियो।

कोरिया सरकारले सन् २०२२ देखि, नेपाली आप्रवासी कामदारहरूलाई कोरियामा रोजगारमा जानु पूर्व तालिमदेखि फर्के पश्चात व्यवसाय सुरु गर्न सहयोग गर्नेसम्म चरणबद्ध रोजगारी र उद्यमशीलता शिक्षा प्रदान गर्नका लागि कुल ८० लाख अमेरिकी डलरको बजेट लगानी गर्नेछ। उद्यमशीलता तालिम पूरा गरेका स्टार्टअपहरूलाई स्टार्टअप पूँजी (ऋण) र वित्तीय सहयोगसँग जोड्ने जस्ता व्यवस्थित सहयोग प्रदान गरिने छ।

कोइका मार्फत केहामीले सञ्चालन गर्ने यस परियोजनामा नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, द ब्रिज इन्टरनेशनल, र कोरिया फेडरेशन अफ कम्युनिटी क्रेडिट कोअपरेटिभ, एमवाई एससी जस्ता कन्सोर्टियम संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ।

शुक्रबारको कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क थेयङ, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चल राज पाण्डे, कोइका नेपाल कार्यालय प्रमुख खोङ मुहन, र नेपाल स्टार्टअप इकोसिस्टमका अन्य प्रमुख व्यक्तित्वहरू र सदस्यहरू सहित लगभग १५० जनाको उपस्थिति रहेको थियो।

राजदूत पार्क थेयङले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कोरियाबाट फर्किएका नेपालीहरुले त्यहाँ रोजगारीका क्रममा हासिल गरेको अनुभवलाई उद्यमशीलताका माध्यमबाट  नेपाली अर्थतन्त्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी सहसचिव पाण्डेले कार्यक्रमको उपलब्धीको प्रशंसा गर्दै नेपालको प्रचुर सम्भावनाको सही सदुपयोग गर्न सरकारको तर्फबाट निरन्तर पहल गर्ने धारणा राखे।

उक्त अवसरमा, स्टार्टअप सम्बन्धी आफ्नो प्रस्तुती दिने प्रतियोगीहरुले योजनामा रहेको उत्कृष्ट उद्यमशीलता क्षमता प्रस्तुत गर्नुका साथै विभिन्न व्यावसायीक मोडेलहरू प्रस्तुत गरेका थिए।

कोरियामा कार्यरत हुंदा हासिल गरेको सीप, ज्ञान र क्षमताहरूको उपयोग गरेर स्वदेश फर्केपछि सफल उद्यमशीलताका उदाहरणहरू समावेश गरेका थिए। नौ जना प्रतियोगी मध्येबाट पाँच जना उद्यमीलाई उत्कृष्ट उद्यमीको रूपमा छनोट गरिएको थियो।

प्रतियोगितामा सन्तोष दाहाल प्रथम भए । दिल बहादुर तामाङ र राजेन्द्र बस्याल क्रमशः दोस्रो र तेस्रो भए । प्रथम हुनेले ५० लाख कोरियन वन ( पाँच लाख रुपैया) प्राप्त गरे । अन्य विजेताले पनि व्यवसाय सञ्चालनका लागि नगद पुरस्कार प्राप्त गरे ।

कोरिया सरकारले विगत १५ वर्षदेखि नेपाललाई एक प्रमुख विकास साझेदार देशको रूपमा निर्धारण गरेर स्टार्टअप इकोसिस्टमको निर्माण तथा आर्थिक विकासलाई सहयोग गर्न विभिन्न परियोजनाहरूलाई प्रवर्द्धन गर्दै आएको छ।

विशेषगरी, २०२४ मा कोरिया(नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा, कोरियाबाट फर्किएर नेपालमा सफल उद्यमीका रुपमा परिचय बनाएका २६ जनाको सफलताका कथाहरू समावेश गरिएको पुस्तक प्रकाशन गरेको थियो। उक्त पुस्तक मार्फत कोरियामा हासिल गरेको अनुभव र सीपको आधारमा नेपालमा आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

नेपाल सरकारले नेपालमा रोजगारी सिर्जना गर्न र अर्थतन्त्रको विकास गर्न उद्यमशीलतालाई प्रोत्साहन गर्दै आएको छ र स्टार्टअपहरू स्थापना गर्न दिशा निर्देश तय गर्दै आवश्यक नीतिहरू बनाएर उद्यमशीलतालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दैआएको छ। स्टार्टअप मार्फत आर्थिक विकासमा कोरियाको अनुभव नेपालमा लागु गर्नका लागि कोरिया सरकारबाट नेपाललाई उपलव्ध भएको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याकउने दूतावासले अपेक्षा गरेको छ।

सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा दिएका छन् –पूर्व मन्त्री देउवा

धनगढी, २५ माघ ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले सामुदायीक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि देउवाले न्यून आय भएका आम नागरिकका सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका सामुदायीक विद्यालयहरुले पर्याप्त बजेट र स्रोत साधन भने नपाएको स्वीकार गरे ।

उनले शारदा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको भन्दै प्रशंसा गर्दै त्यसका लागि विद्यालयका प्रधानअध्यापक र शिक्षकहरुलाई धन्यवाद दिए ।

पूर्व मन्त्री देउवाले शारदा माविको भौतिक तथा शैक्षिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

समारोहमा विद्यालयका प्रधानअध्यापक तेजबहादुर सिंहले विद्यालयको शैक्षिक ,व्यवस्थापकीय र भौतिक क्षेत्रमा विद्यालयले गरेका सुधारात्मक पक्षहरू समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष ०८०/०८१ मा ६३ लाख ७३ हजार आठ सय ३० आय/व्यय रहेकोमा हाल विद्यालयसंग एक करोड रुपैया मुद्दती बचत सहित दुई करोड ४४ लाख ८९ हजार छ सय ८२ रुपैया बैंकमा मौज्दात जानकारी दिए ।

पाँच वर्ष अघि ३९ लाख दायित्व रहेको विद्यालयको आर्थिक अवस्था सुदृढ गर्दै  पूर्णकालीन आंशिक गरी ७४ जना शिक्षक र कर्मचारीको रोजगारी सृजना गर्न सफल भएको प्रधानअध्यापक सिंहले सुनाए ।

सोही कार्यक्रममा कैलाली उद्योग वाणिाज्य संघका सदस्य एवम् तिलक ट्रेडस हसनपुर र अंकित ट्रेडस रातोपुलका प्रोप्राटर तथा शारदा माविका सदस्य तिलकबहादुर वोहराले छ लाख २० हजार रुपैयाको महेन्द्रा कम्पनीको २० केभीए क्षमताको जेनेरेटर उपहार स्वरुप विद्यालयलाई हस्तान्तरण गरे ।

त्यस्तै विद्यालयकी शिक्षक लक्ष्मी पनेरूले आफ्नी सासु स्वर्गीय डम्मरा देवी जोशीको स्मृतिमा  डम्मरा देवी स्मृति अक्षयकोषका लागि विद्यालयका प्रधानअध्यापक तेज बहादुर सिंहलाई ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिन् । योसंगै शारदा माविमा अक्षयकोषको संख्या १५ पुगेको छ । अक्षयकोषको कूल रकम १८ लाख ७७ हजार एक सय ४४ रुपैया पुगेको छ ।

अक्षयकोषको मुद्दती खाताबाट प्राप्त एक लाख २७ हजार रुपैया व्याजबाट छात्रवृत्ति निर्देशिकाले तोके बमोजिमका ५७ जना जेहेन्दार ,गरीव ,विपन्न छात्रछात्रालाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयमा २० वर्ष भन्दा बढि समय सेवा गरेका शिक्षक कर्मचारीलाई सम्मान गर्ने परम्परा बमोजिम कार्यालय सहयोगी भोजली चौधरीलाई दोसल्ला तथा कदरपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट वर्ष अभिभावकको रूपमा कलावती धामीलाई कदरपत्र र दोसल्ला सहित सम्मानित गरिएको थियो ।

कक्षा ९ अध्ययनरत अनुषा उपाध्याय र जीवन जोशीले सञ्चालन गरेको समारोहमा खुशी परियारले अंग्रेजी भाषामा स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न समारोहमा शिक्षक दीर्घराज कापडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिका रुपमा ईश्वरीय ब्रह्मकुमारी विद्यालय धनगढीकी प्रमुख हीरा दिदी, नेपाल बार एशोसियसन धनगढीका पूर्व अध्यक्ष बीर बहादुर जेठारा, विद्यालयका पूर्व प्रधानअध्यापक, जनप्रतिनिधि, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

​​​​​​​

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता : सेमिफाइनलका टोलीहरूको टुङ्गो लाग्यो

धनगढी : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरूको समीकरण पूरा भएको छ। शुक्रवार, प्रतियोगिताको सातौं दिन लिग चरणको अन्तिम खेल सकिएसँगै सेमिफाइनल खेलका लागि टोलीहरूको टुङ्गो लागेको हो। समूह बी अन्तर्गत, सिवाईसी अत्तरियाले न्यु होराईजन बुटवललाई ७८ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता बन्न सफल भएको छ। यससँगै, प्रतियोगितामा अन्तिम चारमा पुग्ने टीमहरूको निर्धारण पनि भएको छ।

अत्तरियाले लगातार तीन जित हासिल गर्दै समूह बीको शीर्ष स्थानमा आफ्नो स्थान पक्का गरेको हो। शुक्रबारको लिग खेलमा अत्तरियाले १८८ रनको मजबूत स्कोर बनायो, जसमा भीम सार्की र विवेक यादवको अर्धशतक प्रमुख थियो। सार्कीले ५८ रन र यादवले ५१ रन बनाए। अन्य खेलाडीहरू शंकर रानाले ३१ रन र कप्तान सन्तोष कार्कीले २३ रनको योगदान दिए। बुटवलका निर्मल गुरुङले दुई विकेट लिए भने, बीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक-एक विकेट लिए।

बुटवलको टोली १८९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेपछि २० ओभरमा आठ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो। बुटवलका प्रतिक श्रेष्ठ १८, तुलबहादुर थापा १७ र बीर मगरले १५ रन बनाएका थिए। अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई-दुई विकेट लिए। विवेक यादवको उत्कृष्ट प्रदर्शनका कारण उनलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो।

सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित विभिन्न पुरस्कारहरू प्रदान गरिनेछन्। आगामी सेमिफाइनलमा अत्तरियाले डिसीए धनगढीसँग प्रतिस्पर्धा गर्नेछ भने डडेल्धुरा र बुटवल बीचमा अर्को खेल हुनेछ। प्रतियोगिता २८ माघसम्म सञ्चालन हुनेछ। विजेताले नगद १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछन्।

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”

नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन् ।

सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच भएको यो सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् ।

साथै, संयुक्तरूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।

सम्झौता पत्रमा सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिज्यूहरूले हस्ताक्षर गरेका छन् । साथै पाँचै विश्वविद्यालयका रजिष्ट्रारहरू सम्झौताको साक्षीका रूपमा उपस्थित रहेका थिए। सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रा. डा. यज्ञराज पाठक, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. शोभाखर कँडेल, नेपाल खुला विश्वविद्यालयका प्रा. डा. गोविन्द सिंह बिष्ट, पुर्वाञ्चल विश्वविद्यालयका श्री नीलमणि पोखरेल, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका श्री रेज बहादुर भण्डारी सम्झौता कार्यक्रममा सहभागी रहेका थिए भने उहाँहरूले यस सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सुरुवाती सम्झौता अवधी पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ ।

विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ । सम्झौता सुदुरपस्चिम विश्वविद्यालयमा संचालित अन्तरास्ट्रिय सम्मेलनमा भएको हो ।

शेर बहादुर देउवा त्यत्तिकै बन्नुभएको होईन– परराष्ट्र मन्त्री डा. राणा

धनगढी, २५ माघ ।
परराष्ट्र मन्त्री डा. आरजु राणाले शेर बहादुर देउवा त्यत्तिकै शेर बहादुर नबनेको बताएकी छिन् ।

नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको शुक्रवार उद्घाटन गर्दै परराष्ट्र मन्त्री डा. राणाले राणा आफ्नो लक्ष्य र उद्देश्यमा अविचलित रुपमा लागेकोले शेर बहादुर देउवा आजको अवस्थामा आईपुगेको बताईन् । उनले भनिन्, देउवा त्यत्तिकै शेर बहादुर बन्नुभएको होईन । गणेशमान सिंह त्यत्तिकै लौहपुरुष बन्नु भएको होईन । लक्ष्यलाई कहिल्यै बिर्सिन हुन्न ।
बीपी कोईरालाई त्यतिकै बीपी कोईराला बन्नु भयो । जेल पर्नुभयो । निर्वासनमा जानु भयो । तर लक्ष्यबाट कहिल्यै बिचलित हुनु भएन ।

परराष्ट्र मन्त्री डा. राणाले अविचलित रुपमा आफ्नो लक्ष्यका लागि जुट्न आम नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिन् ।
उनले सय दिने अभियानबाट काँग्रेसको सांगठनिक र बैठकको अवस्था निराशाजक रहेको पाईएको बताईन् । हाम्रो बानी अन्तिम समयमा सक्रिय हुनेछ, उनले भनिन्, २०८४ का लागि अहिलेदेखि नै जुट्न जरुरी छ । तिक्तता र साना कुरालाई विर्सेर पार्टी र संगठनलाई मजबुत बनाउन सबै एकजुट हुन आवश्यक छ ।

मेरो एकल प्रयासमा धनगढी–खुटिया–दिपायल–बझाङको उरै सडकमा बजेट विनियोजन भएको हो- सांसद आले

काठमाडौँ,२५ माघ ।

डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् ।

शुक्रबार संघीय संसदको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको दाबी गर्दै  उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्वहरुले अनावश्यक हल्ला फिजाइ रहेको बताए ।

उनले भने, “म डोटी बाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । वजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट बिनियोजन गराएको भन्दै हल्ला फिजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन की प्रदेशका मन्त्री, सांसदले ?।”

यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरुले बजेट बिनियोजन नगराएको स्पष्ट पर्दै आफ्नो एकल प्रयास र मेहनेतले बजेट पार्न सफल भएको जिकिर गरे । उनले भने, “झुटको खती गर्न त लाज मानौँ । तपाईहरुलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जाबोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको   हो ।”

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थममन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेदा गर्दा गर्दा बहुँवर्षिय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिनु भएको भन्दै सांसद आलेले तत्कालिन प्रधानमन्त्री प्रचण्ड अर्थममन्त्री वर्षमान पुन तथा हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिएका थिए ।

धनगढीदेखि उरै सम्म पुर्‍याउने लक्ष्य बोकेको उक्त योजना निर्माणका लागि १ अर्ब बजेट भएपनि यो कमै भएको तथा १ अर्बले अब हाडखोलीदेखि कापडा सम्म ७ मिटर चौडा भएको सडक कालोपत्रेका लागि चाडो भन्दा चाडो टेण्डर आह्वान गर्न सडक विभागलाई र डिभिजनलाई उनले आग्रह गरे । उनले भने, “धनगढीदेखि दिपायल सम्म मात्र हामीले यस सडकलाई कालोपत्रे गरेमा धनगढीबाट हामी दुई घन्टामा दिपायल पुग्न सक्छौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड जान चाहने पर्यटकले कैलाली–कञ्चनपुरबाट छिटो छरितो खप्तड घुमेर सहजै फर्किन सक्नेछन् ।”

यो सडक भारत–नेपाल–चिन जोडिएको त्रिदेशिय सडक भएको तथा भारत र नेपालका हिन्दू धर्मालम्बीहरु यो सडक मार्ग भएर चीनको मानसरोवर सम्म जाने नेपालको सबैभन्दा छोटो र भू–बनावटका आधारमा सुविधाजनक सडक भएकाले यो सडक निर्माणका लागि म अवनरत रूपमा लागि रहेको उनको भनाई थियो ।

उनले भने, “यहाँको पर्यटन प्रर्वदनको लागि धनगढी–खुटिया–दिपायल सडक खप्तडको कोसेढुंगा सावित हुने छ ।”

‘ विपिन रिहाइको प्रयास भइरहेको छ, सकुशल फर्किनुहुने छ ’

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र  सेयरमा ध्यान दिन भनेकी छन् ।

‘फेसबुकको लाइक सेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा  मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’ उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’

पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता व्यक्त गरिन् । उनले भनिन्,  ‘देशमा केही नभएको होइन धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गइरहेको छ। ’

हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि  प्रयास गरिरहेको उनले बताइन् । परराष्ट्र मन्त्री राणाले सरकारले विपिनको रिहाइका लागि सक्दो प्रयास भइरहेको भन्दै उनी सकुशल फर्किनेमा आफू आशावादी रहेको बताएकी छन् । रिहाइको लागि सबै क्षेत्रबाट प्रयास भइरहेको उनको भनाइ थियो  । ‘विपिन जोशीको रिहाइको लागि हामीले सबैतिरबाट प्रयास गरिरहेका छौ ।  हाम्रो चाहाना विपिन सकुशल फर्केर आउन् भन्ने हो ’ उनले कार्यक्रममा भनिन्, ‘भाग्यमा पनि भर पर्छ, भगवानमा पनि भर पर्छ । उहाँ हुनुहुन्छ भने उहाँ आउनु हुन्छ । हामीले कुनै पनि कसर बाकी राखेका छैनौ ।

आफूले इरानको परराष्ट्र मन्त्रीसँग कुरा गरेको र हमाससँगको मिटिङमा विपिनको विषयमा पनि कुरा राख्ने आश्वासन पाएको बताइन्  ।

अहिले मुलुकमा आत्महत्याको दर बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न ठुलो चुनौती रहेको उनको भनाइ थियो । उनले प्रत्येक वर्ष ६ हजारले आत्महत्या गर्ने गरेको बताइन्   । नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् ।

‘देशको जनताले प्रजातन्त्र र लोकतन्त्रलाई विश्वास गरेको छ । यहि विश्वासले यो देशलाई यहाँ सम्म पुराएको हो । अहिले भूराजनीति हेर्दा विश्वसामु समस्या आउन सक्छ’ उनले भनिन्,‘यसमा नेपाली कांग्रेसको नेतृत्व एकदमै महत्त्वपूर्ण । हाम्रो देशको लागि र सबैको लागि । ’

नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

युवा व्यवसायी तथा समाजसेवी पुष्कर राज ओझा सम्मानित

धनगढी, २५ माघ ।
नेपाली काँग्रेस कैलालीले युवा व्यवसायी तथा समाजसेवी पुष्करराज ओझालाई सम्मान गरेको छ ।

शुक्रवार धनगढीमा शुरु भएको नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ओझा सम्मान गरिएको हो ।

सम्मेलनको प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले ओझालाई कदर पत्र प्रदान गरिन् ।

परराष्ट्र मन्त्री डा. राणा र नेपाली काँग्रेस कैलालीका सभापतिद्धारा हस्ताक्षरित कदर पत्रमा लामो समयदेखि व्यापार तथा व्यवसायमा संलग्न रही मर्यादित र सेवामुखी बनाउदै समाजसेवा र रोजगारी प्रवद्र्धनमा  पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख गरिएको छ ।

विशेष अटोमोवाईल्स प्रा.लि र विशेष मोटाकर्प प्रा.लि.का सञ्चालक ओझा रोटरी क्लव अफ धनगढीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।

100%x​​​​​​​

युवा उद्योगी तथा समाजसेवी हरी शंकर ठाकुर सम्मानित

धनगढी, २५ माघ ।
नेपाली काँग्रेस कैलालीले युवा उद्योगी तथा समाजसेवी हरी शंकर ठाकुरलाई सम्मान गरेको छ ।

शुक्रवार धनगढीमा शुरु भएको नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा युवा उद्योगी तथा समाजसेवी ठाकुरलाई सम्मान गरिएको हो ।

सम्मेलनको प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले ठाकुरलाई कदर पत्र प्रदान गरिन् । ठाकुरको अनुपस्थितिमा उनका भाई पिताम्बर ठाकुरले कदर पत्र ग्रहण गरे ।

परराष्ट्र मन्त्री डा. राणा र नेपाली काँग्रेस कैलालीका सभापतिद्धारा हस्ताक्षरित कदर पत्रमा कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा ४२ वर्षअघि जन्मिएका रोटरी क्लवका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष ठाकुरलाई समाजसेवासंगै सुदूर पश्चिमको अर्थतन्त्र र रोजगारीका अवसर सृजनामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख गरिएको छ ।

ठाकुर एग्रो ईण्डष्ट्रिज र ठाकुर मोटर्सका सञ्चालक समेत रहेका ठाकुर धनगढीको सबैभन्दा ठूलो करदाता हुन् । उनी नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी, माघ २५

धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् ।

नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष पन्तलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा नेपाली काग्रेंसमा आबद्ध सदस्यहरु र आम विपन्न वर्गहरु तथा गरिब नागरिकहरुको लागि योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।

परराष्ट्र मन्त्री तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवाले उनलाई सम्मान गरेकी हुन् । सम्मानले निसर्ग अस्पताललाई थप गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने चुनौती थपिएको बताउँदै अस्पतालका अध्यक्ष पन्तले छिटो सरितो रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

समयसँगै सेवा विस्तार र प्रविधिमा नवीनता ल्याउँदै धनगढीको हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

हस्पिटलमा दक्ष चिकित्सकहरूको टोली, परिष्कृत मेडिकल उपकरण र अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य सुविधाहरू उपलब्ध छन । सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल सर्जरीसम्मका सेवामा निसर्गले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेको छ ।

निसर्ग हस्पिटलले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल मात्रै नभएर भारतका सीमावर्ती क्षेत्र जस्तै उत्तराखण्डको बनबसा, खटीमा, लखिमपुर, पलिया, बनगाउँ, गौरीफन्टाका नागरिकहरू पनि आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि निसर्ग हस्पिटलमा भरोसा राख्दै आएका छन ।

छिमेकी भारतबाट पनि उपचारका लागि बिरामी आउने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको सीमितताका कारण भारतीय नागरिकहरूले निसर्गलाई भरोसायोग्य गन्तव्य बनाएका छन ।

निसर्ग हस्पिटलले आफ्नो सेवा र व्यवस्थापनले नेपाल–भारतबीचको स्वास्थ्य सम्बन्धलाई थप सुदृढ बनाएको छ । निसर्ग हस्पिटलले बिरामीहरूको विश्वास र भरोसालाई उच्च सम्मान गर्दै आगामी दिनमा थप सेवाहरू विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यहाँ आउने प्रत्येक बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नु हस्पिटल परिवारको पहिलो प्राथमिकता रहेको छ ।

निसर्ग हस्पिटलले आफ्नो चिकित्सा सेवाबाट समाजमा सकारात्मक प्रभाव पार्दै, सीमापारि समेत स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना प्रस्तुत गरिरहेको छ । यहाँका सेवाहरूले निसर्गलाई सुदूरपश्चिमको स्वास्थ्य सेवा क्षेत्रको केन्द्रबिन्दुका रूपमा स्थापित गरेको छ

खोज्नुहोस