पुससम्म भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

द एभरेष्ट पोष्ट
२० माघ २०८१ १७:४२
पुससम्म भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा ४।१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको उल्लेख गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२।२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस