इण्डोनेसियामा पहिरो : मृत्यु हुनेको संख्या १८ पुग्यो
इण्डोनेसिया । प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताए ।
पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पुर्याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन् । पेकालोङ्गानमा सोमवार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो । बेपत्ताहरुको खोजी अझै जारी छ ।
ट्रेन्डिङ
सम्बन्धित
सीलाई चेतावनी दिंदै ट्रम्पले भने – अमेरिकासँग संसारलाई १५० पटक उडाउने परमाणु अस्त्र छ
१८ कार्तिक २०८२ १२:३४
एकै दिनमा २९ अर्ब डलर गुमाएपछि अर्बपतिहरूको सूचीमा दुई स्थान तल झरे मार्क जुकरबर्ग
१६ कार्तिक २०८२ १५:२७
