काठमाण्डौंमा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौँ,२३ पुस ।
काठमाण्डौंमा आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागले भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीलाई केन्द्र बनाएर ७.० म्याग्नीच्यूडको भुकम्प गएको जनाएको छ।
तिब्बतको सिगात्सेबाट २८ किमीको दूरीलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का चीनसंगै नेपाल, बंगलादेश, भारत र भुटानमा समेत महशुस गरिएको थियो ।
भूकम्पको धक्का काठमाण्डौं लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो । काठमाण्डौंका कतिपय क्षेत्रमा मान्छेहरु भूकम्प आएपछि घरबाहिर निस्किएका थिए ।