कंग्रेसकै कार्यक्रममा बोल्दाबोल्दै राहुल गान्धीको माइक काटिएपछि…

द एभरेष्ट पोष्ट
११ मंसिर २०८१ १०:२४
कंग्रेसकै कार्यक्रममा बोल्दाबोल्दै राहुल गान्धीको माइक काटिएपछि…

दिल्ली : भारतीय संविधान दिवसको ७५औँ वार्षिकोत्सवका अवसरमा दिल्लीको तालकटोरा रंगशालामा भारतीय कंग्रेसको कार्यक्रम भइरहेको थियो।जसमा राहुल गान्धीले सम्बोधन गरिरहेका बेला माइक काटियो। उनको माइक लामो समयसम्म बन्द रह्यो।

तर माइक ठीक भएपछि उनले भने, ‘जति मन लाग्छ माइक अफ गर, तर म बोल्छु।’

राहुल गान्धीले कंग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘दलितको कुरा गर्नासाथ माइक अफ गरिन्छ। तपाईंले मेरो माइक बन्द गरिए पनि म फेरि बोल्छु। म मेरा कुरा पूरा गरेरै छाड्छु।’

संविधान दिवसको अवसरमा उनले संविधानले अहिंसाको बाटो देखाएको बताए।

उनले भने, ‘संविधान सत्य र अहिंसाको पुस्तक हो। संविधानले हिंसालाई अनुमति दिँदैन। जहाँ हाम्रो सरकार आउँछ, त्यहाँ जातीय जनगणना गरिनेछ। यदि पिछडिएका वर्गको हिस्सा बढी छ भने उनीहरूको सहभागिता किन कम?’

उनले अगाडि भने, ‘तपाईंका कम्पनीका मालिक दलित वा ओबीसी  पाउनु हुन्न। म ग्यारेन्टीका साथ भन्छु कि प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान पढेका छैनन्। भारतको हजारौँ वर्षको सोच र २१औँ शताब्दीमा भारतको सामाजिक सशक्तीकरणको सत्यता, अम्बेडकरजी, फुलेजी, भगवान् बुद्ध र गान्धीजी यसभित्र छन्। तपाईं कुनै पनि राज्यमा जानुभयो भने, केरलामा नारायण गुरुजी, कर्नाटकमा बसवन्नाजी, पुणेका शिवाजी महाराज, प्रत्येक राज्यमा तपाईंले दुई-तीन नाम पाउनुहुनेछ, जसको विचार तपाईंले यो पुस्तकमा पाउनुहुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस