प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएको छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने उनको सचिवालयले जानकारी दिएको छ।
सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
