बेलायती राजकुमार एन्ड्रुको उपाधि खोसियो, दुई छोरीको यथावत्

बेलायत । बेलायतका राजकुमार एन्ड्रुको आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। बकिङ्गम प्यालेसले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रु माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ।

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उनले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ।

उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रुले ’ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए ।

यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रुसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याए । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो। एन्ड्रुले उक्त आरोप सधैँ खण्डन गर्दै आएका छन् ।

अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ ।  जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेका थिए ।

–औपचारिक प्रक्रिया शुरू–

राजाबाट ‘राजकुमार एन्ड्रुका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको राजदरबारले जनाएको छ। उनको राजकीय उपाधिसँगै राजकीय आवास ‘छोड्नका लागि औपचारिक सूचना पनि दिइएको’ दरबारले जनाएको छ।

उनी राजा चाल्र्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्नेछन् । एन्ड्रुले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ ।

राजदरबारले ‘सबै प्रकारका दुव्र्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ।  एन्ड्रुका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ।

जूफ्रेको संस्मरणमा यौन दुव्र्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो।

एन्ड्रुले जूफ्रेसँग दुव्र्यवहार गरेको आरोप अस्वीकार गर्दै आएका थिए । एन्ड्रुले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गरेका थिए । सन् २०११ का इमेलहरू फेरि बाहिरिएपछि उनी एप्स्टीनसँग सम्पर्कमा रहेको पुष्टि आधार बनेको थियो ।

 

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन्। उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई  मौका दिएको छ। जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ। नेपाल पहिलो खेलमा  अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की,  आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन्।

https://nepalnews.com/2025/11/01/nepal-starts-batting-against-usa-asif-sheikh-out/

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

काठमाडौँ। सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ ।

छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन_ नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ ।

विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र प्रशासनसम्बन्धी संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै विभागले आजैबाट अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सुरु गरेको जानकारी दिए।

उनका अनुसार यसअघि ऐनले स्थानीय अधिकारी तोकेकामा प्रमुख जिल्ला अधिकारीमार्फत गनुपर्ने व्यवस्था रहेकामा व्यवस्था बमोजिम विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोकिएको छ । सोहीअनुसार छापाखाना तथा प्रकाशन दोस्रो संशोधन भएसँगै विभागबाटै दर्ता र नवीकरण हुने भएको हो ।

योसँगै लामो सयमदेखि दर्ता र नवीकरण रोकिएका अनलाइन सञ्चारमाध्यमलाई सहज भएको छ । अनलाइनमार्फत नै दर्ता र नवीकरण गर्न सकिने र प्रमाणपत्र लिनुपरेमा विभागमा भौतिक रुपमा उपस्थित हुनुपर्ने विभागले उल्लेख गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष सक्रियतामा अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणलाई विभागबाटै हुनेगरी सहजीकरण गरिएको हो । नेपाल राजपत्रमा विसं २०८२ कात्तिक १३ मा प्रकाशित सूचनाअनुसार नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी गरेको छ । उक्त नियमावलीमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि विभागको सूचना व्यवस्थापन प्रणालीमा लगइन गरी आवेदन दिन सकिनेछ ।

ऐनको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने संस्थाले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नका लागि रु पाँच हजार दस्तुरसहित अनुसूची ८ (क) बमोजिमको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुुपर्नेछ ।

यस्तै अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्र नवीकरण गराउन चाहने संस्थाले प्रमाणपत्र बहाल रहने अवधि भुक्तान नहुँदै रु दुई हजार ५०० दस्तुरसहित आवश्यक कागजपत्रका साथ नवीकरणका लागि निवदेन दिनुपर्नेछ ।

नेपाल राजपत्रमा गत साउन ४ गते प्रकाशित छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को संशोधनअनुसार दफा ७ मा (ख) थप गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्न दस्तुर लिने व्यवस्था छ । सञ्चारमन्त्री खरेलले दस्तुरका सम्बन्धमा आजै कानुनी रायसमेत लिएको र नियमावलीमा व्यवस्था भएको दस्तुर घटाउनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि आवश्यकपर्ने कागजातका लागि विभागको वेबसाइटमा राखिएको छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ मा भएको व्यवस्था, तथा सोही व्यवस्थाका आधारमा तयार पारिएको चेक लिस्टबाट जानकारी लिन पनि विभागले अनुरोध गरेको छ ।

छापाखाना र प्रकाशनसम्बन्धी नियमावली, २०४९ लाई संशोधन गरी छापाखाना र प्रवकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी भएको हो । छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियम बनाएको छ । यस नियमावली बमोजिम दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइने छैन ।

अनलाइन दर्ताका लागि निवेदन दिन आवश्यक संलग्न कागजात संस्था दर्ता प्रणाणपत्रको प्रतिलिपि, अनलाइन पत्रिका, ई–म्यागजिन, न्युजपेपर, न्युजपोर्टल सञ्चालन गर्ने उद्देश्य उल्लेख भएको प्रवन्धपत्र तथा नियमावली वा संस्थापनसँग सम्बिन्धत कागजातको प्रतिलिपि समावेश गर्नुपर्ने छ ।

प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालमा रहेका पत्रपत्रिका, टेलिभिजन, रेडियो र एफएम रेडियोले अनलाइन सञ्चारमाध्यम दर्ता गर्न चाहेमा आफ्नो नामको डोमेनबाट मात्र अनलाइन सञ्चारमाध्यम दर्ता गर्नु पर्नेछ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने संस्थाको सम्पादकसहित कम्तीमा तीनजना कर्मचारीको दरबन्दी हुनु पर्नेछ र एउटै व्यक्ति एकभन्दा बढी अनलाइन सञ्चारमाध्यमको सम्पादक हुन पाउने छैन ।

यो नियम प्रारम्भ हुनुअघि दर्ता भई सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यम यस नियमबमोजिम पुनःदर्ता हुनुपर्ने छैन । नियमबमोजिम जारी भएको अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्रको बहाल अवधि एक आर्थिक वर्षको हुनेछ ।

अनलाइन सञ्चारमाध्यममा प्रकाशित सामग्री सुरक्षित राख्नु अनलाइन सञ्चारमाध्यम सञ्चालकको दायित्व हुनेछ । सम्बन्धित अनलाइन सञ्चारमाध्यमले प्रयोगकर्ताको डाटाको गोपनीयतासम्बन्धी नीति प्रकाशन गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

 

खड्कालाई पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी पूर्वखेलाडीसमेत रहेका हरि खड्काले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र प्रदान गरेका हुन् । खड्का एन्फाका प्राविधिक निर्देशकसमेत हुन् ।

खड्काले यसअघि २०७५ सालमा नेपाली महिला टिमको प्रशिक्षण जिम्मेवारीसमेत सम्हालेका थिए । खड्का नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । उनले राष्ट्रिय टिमबाट कुल १३ गोल गरेका छन् ।

खड्कासँगै निराजन रायमाझी र अञ्जन विष्टले पनि समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि यो जिम्मेवारी रिक्त बनेको थियो । रोसले नेपाली टिमको प्रशिक्षण सम्हालेको सात खेलपछि नै राजीनामा बुझाएका हुन् ।

नेपाल र बंगलादेशले फिफा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ७ः४५ मा हुने बताइएको छ।

आगामी एएफसी एसियन कप छनोटको तयारीका रुपमा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशले नोभेम्बर १८ मा भारतसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।

नेपालले पनि नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका रहेको छ। दुवै टोलीले भदौमा दशरथ रंगशालामा पनि मैत्रीपूर्ण खेल खेलेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो खेल भने जेनजी आन्दोलनका कारण अवरुद्ध भएको थियो।

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फा आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो।

उनलाई एन्फा कार्यसमितिले अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गरेको छ। उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू एन्फाको अनुशासन दायरा बाहिर भएको भन्दै निलम्बन गरिएको हो।

खड्का आगामी साधारण सभासम्मको लागि निलम्बनमा परेको एन्फाले जानकारी दिएको छ।

निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्।

‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा उनले निजी क्षेत्रले बनाएको भौतिक सम्पत्ति राष्ट्रकै भएको बताउँदै त्यसमाथिको आक्रमणले लगानी वातावरण बिगार्ने बताए ।

खनालले सञ्चारमाध्यमलाई ‘सम्पत्ति’ र ‘स्वामित्व’बीचको भिन्नता बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे। एनसेलको उदाहरण दिँदै उनले स्वामित्व परिवर्तन हुँदा पनि कम्पनीले सिर्जना गरेको सम्पत्ति देशमै रहने बताए। ‘स्वामित्वमा गल्ती हुन सक्छ, तर सम्पत्तिमाथि क्षति पुर्याउन नहुने,’ उनले भने।

उनका अनुसार विदेशी लगानीलाई ‘लुटपाट’ भन्ने धारणा फैलिँदा लगानीकर्ताको विश्वास घट्ने र आर्थिक वातावरण कमजोर हुने खतरा छ।

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् ।

सुनारले जाजरकोटका नवराज विकको सामूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे ।

आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले आग्रह गरे । उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।

निर्वाचनमाको विकल्प छैन, नत्र देश अँध्यारो सुरुङमा फस्छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरेकका छन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।

वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमजोरी हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ,’ उनले भने, ‘यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ ।’

भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरूले अघि बढ्दा नै उपयुक्त  हुने समेत बताए ।

‘त्यसका निम्ति जुन हाम्रा अलगअलग दलह छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधार पनि छन् त,’ भट्टराईले भनेका छन् ।

भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।

ओली र लेखकसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध लिखित जवाफ माग

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

अधिवक्ता डा प्रेमराज सिलवालद्वारा यही कात्तिक १२ गते दायर गर्नुभएको थियो । रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी

काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् ।

उनले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, चौधरीले अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’

उनले अगाडि भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । केको चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’

चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे ।

एनसेलले १० दिनमानै ल्यायो २० नयाँ टावर सञ्चालनमा

काठमाडौं- एनसेलले गएको १० दिनमादेशकाविभिन्न स्थानहरुमा२० वटा नयाँ टावर जडान गरी सञ्चालनमाल्याएको छ ।यसका साथै ती स्थानकाग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्चगतिको डेटा सेवाको फाइदालिन सक्ने भएका छन् ।

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेस,बागमतीर कोशीप्रदेशकाविभिन्नजिल्लाका स्थानीयतहमाआफ्नो फोरजी सेवाथप टावरहरुका साथ सुधार गरेको छ ।लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहजबनाएसँगै एनसेलले चाडपर्वका बेलामापनिआफ्नो नयाँ टावरको कार्यहरुलाई तिब्रतादिदै गत १० दिनमायी २० वटा नयाँ टावरहरुसञ्चालनमाल्याएको हो ।

नयाँ टावरहरुको सञ्चालनले तीक्षेत्रकाग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क रफोरजीको गतिमापहुँच सुनिश्चित गरेको छ ।एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमाल्याएको छ र ती स्थानहरु बाराको परवानीपुर, पर्साकोपकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलानबिहुल, धनुषाको जनकपुर, कटैया, कमलार विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमाल्याएको छ ।

कोशीप्रदेशमासुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमादुई गरी ६ वटा नयाँ टावर सञ्चालनमाआएका छन् । बागमतीप्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमाल्याईएको छ।

“हामीनेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्नेहाम्रो प्रतिबद्धताको अनुरूपहाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं। एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमाल्याउँदै आधुनिकमोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापकपहुँच सुनिश्चित गरेको छ।साथै, आगामीदुई दिनभित्रहामीथप १० वटा नयाँटावर सञ्चालनमाल्याउने योजनामा छौं, जसले हाम्राग्राहकहरूलाई अझ राम्रो सेवाप्रदानगर्नेछ।
यो विस्तारतथा सुधारलेफोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरकाआमग्राहकहरुलाई भरपर्दो मोबाइल सेवामापहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्टपारेको छ,”एनसेलका चीफकन्जुमर बिजनेस अफिसर उपङ्गदत्तले भने ।

नयाँ टावरका लागि उपकरण आयातमाबन्देजकाबेलामापनि एनसेलले देशकाविभिन्नभागमाआफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढि नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवाविस्तार र सुधार गरेको थियो ।

फोरजी सेवाविस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्रदेशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागिकामगरिरहेको छ ।यी टावररुको जडान र सञ्चालनले सेवापहुँच र गुणस्तरलाई थप सुढृड बनाउने एनसेलले जनाएको छ ।

आधुनिकप्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहकअनुभवप्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्चगतिको मोबाइलब्रोडब्यान्डमा पहुँच सुनिश्चितगर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा७७ वटै जिल्लामाविस्तार विस्तार भईसकेको छ र कुलजनसंख्याको ९५ प्रतिशतभन्दा बढि जनतामाझ यो सेवापुगेको छ ।

‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन नयाँ नियम र नयाँ प्रतिस्पर्धीको कारण दर्शकमाझ प्रतीक्षित बन्ने गर्छ ।

यस सिजनमा शो निर्माताले एक नयाँ नियम लागू गर्दैछन् । त्यो हो- ‘सुपर-ब्लक’ । केही सिजनयता भ्वाइसमा हामीले ‘ब्लक’को नियम हेर्दै आएको हो । ब्लकजस्तै देखिने तर केही भिन्न ‘सुपर-ब्लक’ के हो ?

ब्लक’ नियम अन्तर्गत कुनै कोचले आफ्नो प्रतिस्पर्धी कोचलाई विशेषाधिकार प्रयोग गरी कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्न सक्थे । तर नयाँ सिजनमा यो नियमलाई थप परिमार्जन गर्दै ‘सुपर-ब्लक’ नाम दिइएको छ ।

‘सुपर-ब्लक’ लागू भएपछि, अब कुनै कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर अर्को कोचलाई कुनै प्रतिभाशाली गायक/गायिकालाई आफ्नो टिममा लिनबाट रोक्ने मात्र हैन, कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्ने छन् ।

पहिलो एपिसोडमै यो नयाँ नियम लागू भएको देखियो । दर्शकले सातौं सिजनको पहिलो एपिसोडमा यो दृश्य हेर्न पाउनेछन् ।

पहिलो एपिसोडमा कोच राजु लामाले कोच मेलिना राईलाई ‘सुपर-ब्लक’ गरेका छन् । तर, यो सुपर-ब्लक नियोजित नभएर झुक्किएर भएको र आफ्नो विशेषाधिकार खेर गएको प्रष्टीकरण राजुले दिएका छन् ।

बिहीबार आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोह बाहिर पनि पत्रकारले कोच राजुलाई यही प्रश्न सोधेका थिए । जहाँ, उनले बटनको सेन्सर जडान गरिएकाले कुहिनाले छोइएर सुपर–ब्लक भएको बताएका थिए ।

यो ‘सुपर–ब्लक’ को नियम एक एपिसोडमा कुनै पनि कोचले एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘द भ्वाइस अफ नेपाल’ सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिकाले खेल्ने

काठमाण्डौ – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाले दिएको तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेटायो । त्यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर पाँच बलमा तीन सय ३८ रनमा अलआउट भयो । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

महेन्द्रनगर: कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ।

बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले  आयोजनाको प्रगति कछुवा गतिमा भएको हो। “मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो”, आयोजनाका सिनियर डिभिजिन इन्जिनियर राजेशभक्त  पोखरेलले भने।

इन्जिनियर  पोखरेलका अनुसार निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको  सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ। हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ। आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालनमा शुल्क तोकियो, दर्ता गर्न ५ हजार, नवीकरणमा २५ सय

काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था मिलाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको हो ।

तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रू २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ ।

कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् रू १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् रू १२ खर्ब ७८ अर्ब सात करोड छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रू पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा रू एक खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६ दशमलव ९३ प्रतिशत बराबर हो ।

आन्तरिकतर्फ रू तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा रू ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ रू दुई खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको चार दशमलव ६५ प्रतिशत अर्थात् रू एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको छ ।

सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष रू चार खर्ब ११ अर्ब एक करोड बराबर बजेट छुट्याएको छ । जसमध्ये असोज मसान्तसम्म रू एक खर्ब नौ अर्ब ८९ करोड बराबर भुक्तानी भइसकेको छ ।

देशभरका नर्स आन्दोलित, यी हुन् प्रमुख माग

काठमाडौं। न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।

नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।

प्रमुख माग

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन

– सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था

– अतिरिक्त कार्यवापत भत्ता

– ज्यालादारीको अन्त्य

– तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी

निर्वाचन आयोगमा पुग्यो गृहको मस्यौदा

काठमाडौं। विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै  मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ।

गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन्। ‘सकारात्मक जवाफ नै पठाउँदै छौं,’ एक अधिकारी भन्छन्, ‘विदेशबाट मतदान गर्न पाउने कानुनी व्यवस्थामा आयोग सकारात्मक छ।’

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ। उक्त मस्यौदाउपर आयोग छलफलमा छ।

गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन्।

यी ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै मतदान गर्न दिन लागिएको हो।

तर, कुन देशकाले पाउने कुन देशकाले नपाउने, यसका लागि खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सुरक्षाको विषयमा विस्तृत छलफल भएको छैन। गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘कानुनी व्यवस्था भएपछि अन्य विषय अगाडि बढ्छन्। आवश्यक तयारी गृहले अगाडि समेत बढाएको छ।’

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल पनि निर्वाचन आयोगबाट मस्यौदाउपर जवाफ आएपछि थप छलफल गरेर हगाडि बढाइने बताउँछन्।

गृह मन्त्रालयका अनुसार कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ।

तोलामा २७ सय बढ्यो सुन

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो ।

अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले पनि सुनचाँदीको भाउ बढ्न दवाव पुग्छ ।

भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने

काठमाण्डौ – सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्ने गरी नयाँ मापदण्डको व्यवस्था गरिएको छ ।

यसअघि दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्ने भए यसको तीन पुस्ते विवरण खुल्ने कागजात, छ महिना अवधि भएको वैध राहदानी, वैध भिसा, पाँच सय डलर साथमा बोक्नुपर्ने लगायतका प्रावधान थियो । यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदीका लागि स्वघोषणा गर्नुपर्ने प्रावधान पनि थियो ।

यी मापदण्डमा विरोध भएपछि विवादास्पद प्रावधान हटाएर अब वैध राहदानी र भिसा, दुईतर्फी टिकट र स्वघोषणा भए पुग्ने प्रावधान राखिएको हो । नयाँ व्यवस्थाले भिजिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने र भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

भोलिदेखि मौसममा सुधार हुने

काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना छैन । यस्तै बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पर्सि कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । पार्टीका संरक्षक तथा उनका श्रीमान रेशमलाल चौधरीले अर्को दल दर्ता गर्ने हल्लापछि उनले फेसबुकमा स्टाटस लेखेर राजनीतिमा दूरी ल्याए पनि सम्बन्धको आत्मीयता कहिले नमेटिने बताएकी छन्।

‘मुटु ,यो फोटो ठीक छ’ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मियता कहिल्यै मेटिँदैन’, उनले भनेकी छन् ।

बिहीबार चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । विगत एक वर्षदेखि रेशम र रञ्जिताबीच पार्टीमा विवाद हुँदा अहिले पार्टी नै विभाजनको अवस्थामा पुगेको हो ।

यस बीचमा जनमत पार्टीसँग एकता गर्ने भनिए पनि केही विवादका कारण त्यो पनि हुन सकेको छैन । रञ्जिता रेशमकी पहिलो पत्नी हुन् भने दोस्रो पत्नी आशा चौधरी हुन् ।

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकतासम्बन्धमा छलफल भएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरूलगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवं सद्भावको सराहना गरे ।

साथै, मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले निर्धारित निर्वाचनको वातावरणका लागि सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूसँग औपचारिक रूपमा वार्ता संवाद अगाडि बढाएको र बुधबार मात्रै सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रूपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको जानकारी गराए ।

सो अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवं समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न उत्सुक रहेको तथा भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराए । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

यसअघि सञ्चारमन्त्री खरेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

मलेसियाले तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रुपमा यस विषयको सम्बोधन गर्नुपर्ने प्रधानमन्त्रीसमक्ष बताएका थिए ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न आग्रह गरेकी छिन् ।

मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ ।

नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन् ।

मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ ।

औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

बिहीबार चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गराउन आयोग गएका हुन् ।

एउटै पोसाकमा सजिएर उनी लगायत अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।  उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

नेताहरूका अनुसार यी नेताहरूले दर्ता गराउन गएको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुनेछन् ।

जनमत पार्टीबाट मन्त्रीसमेत भएका खानले करिब एक महिनाअगाडि पार्टी छोडेका थिए।

यता श्रीमतीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गरेका थिए तर उनले भदौ २३ र २४ गते भएको चेन्ज आन्दोलनपछि पार्टी छाडेको घोषणा गरे।

दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भने, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”

उनले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उनले जानकारी दिए । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।

त्यसैगरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

काभ्रे- जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सुनारमाथि अदालतको अपहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दायर गरिएको थियो । बिहीबार बिहान उनी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

खोज्नुहोस