रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौ‌ । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

काठमाडौँ  : जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै जाँदा संलग्न देखिएमा त्यस्ता व्यक्तिको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाउने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनामा संलग्न भएको आशंका भएका र केही प्राथमिक रुपमा प्राप्त प्रमाणका आधारमा यस्तो निर्णय हुने बताए । ‘३ महिनाको म्यान्डेट प्राप्त भएको आयोगले मुद्दा चलाउँदै दोषीलाई कारबाही सिफारिस गर्नेछ,’ उनले भने ।

यसअघिका छानबिन आयोग मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले अहिलेको प्रतिवेदन गोप्य पनि नरहने र दोषीलाई कारबाही पनि हुने दाबी गरे । ‘यो आयोग गठन हुँदा नै मैले सरकारसँग दुईवटा कुरा प्रस्ट सँग राखेको छु,’ कार्कीले भने, ‘एक, यो आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र दोस्रो आयोगको प्रतिवेदन गोप्य राख्न नपाइने ।’ आयोगको प्रतिवेदन गोप्य राख्ने काम भयो भने आफैले सार्वजनिक गर्ने कार्कीले स्पष्ट पारे ।

उनले सरकारमा रहेका र सत्ता गठनबन्धनमा रहेका सबै नेतामाथि अनुसन्धान हुने दाबी गरे । सुरुमा फिल्डमा खटिएका प्रहरी, त्यसपछि आदेश दिने अनि सरकारमा रहेकाहरुलाई क्रमश: बयानमा बोलाउने उनको भनाइ छ । यसरी आयोगले छानबिन गर्दा कुनै पनि पूर्वाग्रह वा हस्तक्षेप नगर्ने उनले दाबी गरे ।

‘कसैप्रति नियोजित रुपमा अनुसन्धान हुनेछैन । कसैलाई अनुसन्धानबाट बाहिर पनि राखिँदैन,’ कार्कीले भने, ‘यो आयोगले पाएको अधिकार क्षेत्रभित्र रहेर ठूला वा साना सबैमाथि अनुसन्धान हुन्छ ।’

आयोगसँग दक्ष जनशक्ति नभएका कारण अनुसन्धानमा समस्या हुने देखिएको भन्दै कार्कीले सरकारसँग त्यसका लागि जनशक्ति माग गरिएको जानकारी दिए ।

जल तथा मौसम विभागमा कार्यालय खडा गरेको आयोगले काम सुरु गरिसकेको भन्दै कार्कीले दसैं बिदा सकिएपछि रफ्तारमा काम हुने दाबी गरे । आफूले कसैलाई कुनै आधारमा पक्षपात वा भेदभाव नगर्ने, अनुसन्धानको दायरामा ल्याउन कसैलाई उन्मुक्ति पनि नदिने उनको दाबी छ ।

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

 काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’

पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् ।

पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् ।

माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।

तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरू भङ्ग गरौ’ कार्कीको प्रस्ताव छ ।

अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव पनि बोलेका छन् ।

नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं । नेपाल बिमा प्राधिकरणको नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठककाे निर्णयबाट नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका हुन् । आजै कार्यभार सम्हाल्नेछन्।

आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको छ ।

‘उपर्युक्त बमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ’ निर्देशनमा भनिएको छ ।

जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग जोडिएका (फरवार्ड/ब्याकवार्ड लिङकेज) ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने छन् ।

भारतसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपालकाे प्रारम्भिक टाेली घाेषणा

काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली महिला टोलीले आउँदो कात्तिक ९ गते सिक्किममा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

न्यौपाने हिजो मात्रै राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।

यस्तो छ नेपाली टोली–

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
डिफेन्डर : निषा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हीराकुमार भुजेल, नेहाकुमारी चौधरी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिम राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया
फरवार्ड : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी

रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।

‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने । यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।

 

 

 

शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।

आन्दोलनकै उपलब्धिस्वरूप तत्कालीन केपी शर्मा ओली सरकार पतन भएको थियो । अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी छन् ।

कार्की मन्त्रिपरिषद्‌मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । उनले घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे ।

घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावको विपक्षमा उभिए राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भङग गरौ’ कार्कीको प्रस्ताव छ ।

बाँकी बोल्ने नेताहरूले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् । हालसम्म पदाधिकारीतर्फबाट नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव बोलेका छन् ।

उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बकनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ।

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

काठमाडौँ ।  नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो ।

व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताउछन ।

उनका अनुसार ग्लोबल डायरी नेपालको माटोमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ ।

नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको उनको भनाइ छ ।

नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिए ।

उनका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य ९स्केलेबल० बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।

व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको सङ्कलन ९पोर्टफोलियो०, उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी, र स्वतन्त्र पेसागत ९फ्रिलान्स० अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।

साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली, र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउछन । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए।

परम्परागत डिजिटल मञ्चले नेपाली प्रयोगकर्ता, व्यवसाय र सरकारी निकायलाई पर्ने वास्तविक समस्या समाधान गर्न सक्दैनन् तर ग्लोबल डायरीले भने देशभरका व्यक्तिहरू र व्यवसायलाई एउटै डिजिटल मञ्चमा जोडेर डिजिटल समावेशिता तथा नवप्रवर्तनको मार्ग खोल्नेछ । यसले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च घटाउने, स्थानीय रोजगारीका अवसर, व्यक्तिगत रुचिअनुसारको खोज र भरपर्दो सम्पर्कको पहुँच बढाउने मात्र नभई केन्द्रीय व्यावसायिक तथ्याङ्क, डिजिटल समावेशीकरणमा सहयोग र विदेशी डिजिटल मञ्चमा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च रोक्ने उनको दाबी छ ।

यस प्लेटफर्मले स्थानीयस्तरमै विकास र विश्व बजारसम्म पुग्ने क्षमता राख्नेछ । यस्तै सस्तो र सबैलाई समेट्ने खालको तथा केबल सुविधा दिने मात्र नभई वास्तविक समस्या समाधान गर्ने, समुदाय–केन्द्रित विकासलाई अगाडि बढाउने माध्यमका रुपमा लिइएको संस्थाले जनाएको छ । यसमा अन्य सामाजिक सञ्जालमा जस्तै व्यक्तिहरूले आफ्नो सीप, अनुभव, उपलब्धि र पोर्टफोलियो सजिलै प्रदर्शन गर्न सक्छन् भने साना व्यवसायदेखि ठूला कम्पनीसम्म आफ्ना सेवा र उत्पादनहरू डिजिटल रूपमा प्रस्तुत गर्न सक्छन् ।

यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन, र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ । रासस

ट्रम्पको नयाँ शुल्क घोषणा: औषधि, ठूला ट्रक र फर्निचरमा कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन्।

गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।

अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भने, “जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ।”

यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसङ्घको कमट्रेड डाटाबेसले देखाउँछ ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भने, “उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।”

औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गरेका छन् । उनले भने, “पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।”

यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ।

राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाए। उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोजेका छन्।

यसै क्रममा, ट्रम्पले घर नवीकरणका सामानलाई पनि करको दायरामा ल्याएका छन् । उनले घोषणा गरे, “अक्टोबर १ देखि सबै किचन क्याबिनेट, बाथरुम भ्यानिटी र सम्बन्धित उत्पादनमा ५० प्रतिशत करका साथै साथै अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ।”

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा फर्निचरको कुल बिक्रीमध्ये ६० प्रतिशत आयातमा आधारित थियो। यसमा ८६ प्रतिशत काठको फर्निचर र ४२ प्रतिशत अपहोल्स्टर्ड फर्निचर बाहिरबाट आयात भएको थियो। घोषणापछि आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूको सेयर तत्काल घटेको छ ।

आइफोन–१७ सिरिज सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं । अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन–१७ नेपाली बजारमा आएको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेन–नेक्स्ट प्रालिले आइफोन–१७ सिरिज आधिकारिक रूपमा बजारमा ल्याएको हो।

आइफोन–१७ सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–एयर, आइफोन–१७ प्रो र आइफोन–१७ प्रो म्याक्स छन्। यी सिरिजमा ठूलो डिस्प्ले जडान गरिएको छ। कम्पनीका अनुसार आइफोन–१७ सिरिज बिहीबारदेखि नै खरिद गर्न सकिने छ।

फोन खरिदमा कम्पनीले निशुल्क दुई पटकसम्म स्क्रिन, फोनको पछाडिको कभरमा भएको सिसा फेरि दिने र २० वाटको ओरिजिनल एडेप्टर निशुल्क दिने बताएको छ।

पहिलो दस दिनभित्र फोन खरिद गर्ने ग्राहकमध्ये १७ जनाले लक्की ड्र मार्फत एप्पल वाच सिरिज ११ र सय जनाले एयरपड–४ जित्न सक्नेछन्।

यी फोनकाे मूल्य न्युनतम एक लाख ५७ हजार दुई सय ९९ देखि तीन लाख ९७ हजार ९ सय ९९ रुपैयाँसम्म छ।

राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’

उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।

‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरु दिएको छु’ उनले भने ।

चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दसैँ, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको तयारीमा जुट्न उनले सुरक्षा निकायलाई आग्रह गरे ।

समाजमा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलाप नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ सजग रहन उनले सुरक्षा निकायलाई निर्देशन दिए ।बैठकमा हालै देशका विभिन्न ठाउँमा भएका घटनाहरूले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र विद्यमान अवस्थाबारे पनि छलफल भएको थियो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिलाई सामान्य बनाउँदै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरी र अन्य सरकारी निकायहरूले नागरिक समाज र पेसागत समूहहरूसँग मिलेर संवाद र सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने विभिन्न समस्यालाई रोक्न ठोस कदम चाल्न निर्देशन दिएका छन् । उनका निर्देशनहरूमा बजारमा खाद्यान्नको सहज आपूर्ति गर्ने, कालोबजारी नियन्त्रण गर्ने तथा चोरी, डकैती र लुटपाटका घटनाहरूलाई रोक्न प्रभावकारी सुरक्षा योजना बनाउने रहेका छन् ।

यस्तै, बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका खाद्यवस्तुको बिक्री जस्ता अस्वाभाविक गतिविधि नियमन गर्न अनुगमनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा चाडपर्वको बेला हुन सक्ने लुटपाटका घटनालाई नियन्त्रण गर्न र भारत आउने(जाने नागरिकलाई सहज बनाउन आवश्यक सहकार्य गर्न पनि मुख्यमन्त्रीले जोड दिएका छन् । उनले सुरक्षा निकायहरूलाई यात्रुमैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा समेत आगजनी भएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा पनि क्षति पुर्‍याइएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रहरी, स्थानीय तह र प्रदेशअन्तर्गतका बाहेक संघअन्तर्गत ४३५ सरकारी संरचनामा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यसमा अदालत, मन्त्रालय, संसद भवन, मन्त्री निवास, प्रधानमन्त्री निवास र राष्ट्रपति निवास समेत छन् ।

क्षतिको अवस्था बुझ्न शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन सहितका प्रतिनिधिहरुले अध्ययन अवलोकन गरेका थिए ।

सो टोलीले २५ वटा कार्यालयका ६२ वटा भवन अवलोकन गर्दा २४ वटा तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको छ । प्रयोग गर्नै नमिल्ने भवनहरुमा रातो स्टिकर टाँसिएको छ ।

रातो स्टिकर टाँसिएका भवनहरुमा प्रधानमन्त्री निवास परिसरका दुई, प्रधानन्यायाधीश आवासको एउटा सहायक भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिम भाग, सर्वोच्च अदालत,  काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल बार एसोसिएसन, यातायात व्यवस्था विभाग र नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत छन् ।

यसैगरी १४ वटा भवनमा मर्मत गर्न मिल्ने संकेत अनुसार पहेंलो स्टिकर छ भने २२ वटा भवनमा सामान्य मर्मत गरेर पनि प्रयोग गर्न मिल्ने भनेर हरियो स्टिकर टाँसिएको छ ।

आन्दोलनका क्रममा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको आवास (राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री निवास), सिंहदरबार, संसद् भवनसहित ५५ वटामा क्षति पुगेको तथ्यांक छ ।

यसमध्ये तीन वटा भवन प्रयोग गर्न नमिल्ने भनेर रातो स्टिकर टाँसिएको छ । ९ वटा भवनमा पहेंलो स्टिकर टाँसिएको छ । ३ वटामा हरियो स्टिकर टाँसिएको छ । क्षतिग्रस्त थप करिब ४० वटा भवनको अध्ययन अवलोकन गर्न भने बाँकी छ ।

जेनजी युवा आन्दोलनको क्रममा भएको क्षतिको आकलन र पुनर्निर्माण गर्ने उद्देश्यले यही असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । यो समितिको अध्यक्षता अर्थमन्त्रीले गर्दछन् । समितिमा गृहमन्त्री, सहरी विकास मन्त्री र मुख्य सचिव सदस्य छन् । सहरी विकास मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

समितिले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणको क्रममा अदालतलाई पहिलो प्राथमिकता दिने निष्कर्ष निकालिएको एक सदस्यले बताए । सर्वोच्च अदालतका कागजपत्र र पुराना सबै रेकर्ड जलेर खरानी भएका छन् । भवन पनि पूरै क्षतिग्रस्त भएकाले पाल मुनिबाट सेवा सञ्चालन गरिएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा निजी र सरकारी गरी एक खर्ब भन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

आठ हजारभन्दा बढी कैदी फर्किए, साढे छ हजार अझै फरार

काठमाडौं : देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्। फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैं आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनको अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनको खोजी जारी रहेको न्यौपानेले बताए।

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्। रासस

एशिया कपमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एशिया कप टी–२० अन्तर्गत सुपर ४ मा आज भारत र श्रीलङ्का खेल्दैछन । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । एशिया कपअन्तर्गत सुपर ४ को १८औँ खेलमा भारत र श्रीलङ्काबीच आज खेल हुन लागेको हो ।

हिजो पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ । दुबई क्रिकेट रङ्गशालामा पर्सि फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा ‘फेक’ अकाउन्ट

काठमाडौँ-  अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा छद्म सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ । सामाजिक सञ्जाल एक्समा ‘सुशीला कार्की अफिसियल’ नामको एकाउन्ट छद्म रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट नभएको प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले बताए ।

उनले भने-‘प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट खुलेका छैनन् । जति सञ्चालनमा आएका छन् ती सबै छद्म हुन् । त्यो बन्द गर्नका लागि हामीले सीआईबीमा पत्राचार गरिसकेका छौँ ।’

A 'fake' account on social media in the name of the Prime Minister

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल हुने

काठ्माण्डौ- अर्थ मन्त्रालयले डिजिटल टिप्पणी सुरू गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरू भएको जानकारी गराएका हुन्।

डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो।

यसले मुख्यतः तीन वटा प्रभाव पर्नेछन्।

पहिलो, पटक-पटक कागज प्रिन्ट गर्ने काम गर्नुपरेन।

दोस्रो, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा-कोठा चाहार्नुपर्ने छैन। डिजिटल सिस्टमबाट नै काम हुनेछ।

तेस्रो, प्रक्रिया घटाउनेछ। कुनै पनि निर्णय वा काम गर्ने टिप्पणी कुन समयमा उठेको हो, सदर कहिले भएको हो, सबै प्रणालीमा बस्नेछ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो।

अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि शुक्रबारबाट सुरू गरिएको हो।

दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं ९ असोज। चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।

यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो ।

यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।

काठमाडाैं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहाेरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै

काठमाडौं १० असोज । आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।

भ्रष्टाचारको छानबिन हुन्छ, संविधान संशोधन यो सरकारको म्यान्डेट होइन

काठमाडौं १० असोज ।  प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले भ्रष्टाचारको छानबिन गर्ने स्पष्ट पारेकी छिन् । २३ र २४ भदौको जेन–जी आन्दोलनको जगमा २७ भदौमा प्रधानमन्त्री नियुक्त कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचारको जाँचबुझ र छानबिन सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् ।

विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा सरकारले छोटो समयमै स्पष्ट जानकारी पाइसकेको पनि उनको दाबी छ । अब आवश्यक छानबिन गरेर दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाइन् । ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् ।

सरकारले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट, बलप्रयोगलगायतका घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । उक्त आयोगले काम थालिसकेको प्रधानमन्त्री कार्कीले बताइन् ।

शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त्य, सुशासन, चुस्त र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह, विकास र समृद्धिको आकांक्षा राखेर गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपछिको जटिल परिस्थितिमा निर्वाचन गराउने गरी आफू प्रधानमन्त्री भएको उनले बताइन् । आन्दोलनका मृतकलाई सहिद, परिवारलाई आर्थिक राहतको व्यवस्था, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको प्रबन्ध गरिएको भन्दै कार्कीले आन्दोलनका क्रममा जेन–जी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकारसम्बद्ध दोषउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।

संविधान संशोधन भने यो सरकारको म्यान्डेट नभएको पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । निर्वाचनबाट आउने सरकारले संविधान संशोधन गर्न सक्ने उनको भनाइ छ । ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनको क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवापुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।

तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको पहिरो पन्छाउने कार्य अहिले पनि जारी रहेको छ ।

हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनकार्यालय भरतपुरले जनाएको छ ।  सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ ।

सडक डिभिजनले आज रातिसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् सङ्गठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् । उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने विषयमा जोड दिएका छन् ।  उनले अहिलेको अवस्था देश सङ्कटमा रहेको बताउँदै आफूले नेतृत्वबाट टाढिन नपर्ने बताएका छन् ।

जेनजी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

‘जिम्मेवारीबाट पन्छिने, पलायन हुने र अब पुग्यो भन्ने पक्षमा छैन, तर मलाई पदमा बसिरहनुपर्छ भन्ने लाग्दैन’, उनले भने, ’एउटा निश्चित विधि र प्रक्रियाबाट नयाँ नेतृत्वमा जानु पर्छ । कसैलाई टीको लगाएर हुँदैन । अहिले जसरी कुरा उठेको छ, यो विषय संवेदनशील हो, यसबारे सोच्नै पर्छ । मैले अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन । अहिले देश जुन बिन्दुमा आइपुगेको छ, पहिले कहिल्यै थिएन । नेतृत्वबारे प्रश्न उठेको छ। हामी यसबारे कुरा गर्छौँ  ।‘

प्रचण्डले राखेको राजनीतिक एवम् सङ्गठनात्मकमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक, लगत्तै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि बैठक बसिरहेको छ। बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।

यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

देउवा दम्पतिको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो ।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो, ‘ती प्रमाणको वस्तुपरकता, यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको डिएफएलमा आफैं प्रमाण सहितको पत्र पठाइएको हो ।’

कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण संकलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान शुरु हुन्छ । विभागले देउवा दम्पत्ती र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रुपमा त्यहाँ पुगेर केही प्रमाणहरू संकलन गरेको थियो । त्यसपछि अरु प्रमाण पनि संकलन गरेर पत्र पठाइएको स्रोतले बतायो ।

विभागसम्बद्ध स्रोतका अनुसार, पैसाका टुक्राहरू, खरानीका साथै देउवा र खड्का निवासको भिडियो संकलन भएको थियो । त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो । तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन् ।

के छन् आरोप ?

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रुपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आरजुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय कामकारवाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आरजुमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । उर्जामन्त्री खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ । उनको घरमा भेटिएको प्रमाण पनि परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बतायो ।

देउवा परिवार श्रृङखलाबद्ध अनियमितताको घटनामा मुछिँदै आएको छ । केही वर्षयताका घटनाक्रम हेर्दा एकपछि अर्को अनियमितताका घटनाहरू उनीहरूसँग जोडिएको हुन्थ्यो ।

मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अवकाशमा जान लागेका डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन देउवा परिवारको पनि भूमिका थियो ।

अर्याललाई मुख्यसचिव बनाउन सक्रिय रहेका सुनिल पौडेल र विकल पौडेल भ्रष्टाचारको आरोपमा थुनामा छन् । उनीहरू आबद्ध करिब एक दर्जन भ्रष्टाचारमुद्दा सर्वोच्चदेखि विशेष अदालतमा विचाराधिन छ ।

देउवा दम्पत्तिका छोरा जयवीरमाथि समेत राज्यशक्तिको दुरुपयोग गरी कतिपय सरकारी निर्णयहरूलाई प्रभावित पारेको आरोप छ ।

सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलीङ प्रणालिमा त्यो समूहको नाम जोडिन्थ्यो । तर, राजनीतिक संरक्षणका कारण प्रमाणको अभाव भन्दै अख्तियारले त्यस्ता निर्णयमा संलग्न राजनीतिज्ञहरूमाथि अनुसन्धान गर्न सकेको थिएन ।

कसरी हुन्छ अनुसन्धान ?

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार, केही निश्चित संलग्न भएको प्रमाण नभेटिदासम्म सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा चलाउन मिल्दैन । तर गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा भने स्वत: भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।

विभागले अरु प्रमाण भेटेन भने पनि गैरकानूनी रुपमा सम्पत्ति कमाएको आरोपको अनुसन्धानको फाइल अख्तियार पठाउन सक्छ ।

२०४८ सालपछिका एकाध वर्ष बाहेक सधैजसो सार्वजनिक पदमा बसेका देउवा दम्पत्तिले सम्पत्तिको बैध स्रोत पुष्टि गर्न नसके भ्रष्टाचारको आरोप सामना गर्नुपर्ने हुनसक्छ ।

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

काठ्माण्डौ – सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।’

स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ ।

पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।

ती बाहेक अरूको हकमा सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेर्ने भनिएको उनले बताए ।

यसक्रममा शपथ लगत्तै काम सुरु गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री कार्यालयले राहदानी रोक्काबारे परामर्श गरेर प्रक्रिया समेत अघि बढाएको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘राहदानी रोक्काबारे केही परामर्श भइसकेको छ । त्यसपछि प्रक्रिया अघि बढाएका छौं । अहिले काम हुँदैछ,’ उच्च स्रोतले भन्यो ।

सरकारले केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो । छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानुनबारे ब्रिफिङ गरेको थियो ।

सो क्रममा विभागले कस्तो अवस्थामा राहदानी रोक्का हुने, त्यसका लागि के–के चाहिने जस्ता विषयहरूबारे जानकारी गराएको थियो ।

कुनै आधार प्रमाण बिना कसैको पनि राहदानी रोक्का गर्न नमिल्ने, यदि रोक्का गर्नुपरेमा त्यसको कारण खुल्ने किसिमको पत्र चाहिने कानुनी व्यवस्थाबारे छलफल भएको थियो ।

अहिलेसम्म कुनै पनि शीर्ष नेताको राहदानी रोक्का नभए पनि यसको अहिले तयारी भने अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ ।

उच्च स्रोतका अनुसार तीन मुख्य दलका शीर्ष नेताहरूको राहदानी रोक्ने प्रक्रिया अघि बढाइएको हो ।

राहदानी रोक्का गनुपर्ने कारणसहितको पत्र अध्यागमन विभागमा पुगेपछि राहदानी रोक्का हुने बताइएको छ ।

अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको प्रक्रिया समेत अघि बढाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार मात्रै विभागको टोली पुगेर अनुसन्धान अघि बढाएको थियो ।

हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो ।

जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनीहरूको घर जलेको थियो । जलेको उक्त घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो ।

यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो ।

यता खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए ।

जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ ।

यता देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै रकम राख्ने सुरुङ र पैसा नभएको दाबी गरेको थियो । उक्त सुरुङ नभई पानी ट्यांकी रहेको दाबी देउवाको सचिवालयको थियो ।

विभागले बुधबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को खुमलटार निवासमा पुगेर मुचुल्का गरेको छ । प्रचण्डको घरमा पनि जलेको रकमका केही टुक्राहरू भेटिएको भन्दै तस्वीरहरू बाहिरिएका थिए ।

स्रोतकाअनुसार विभागको टोली एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर पनि मुचुल्का गरिसकेको छ । ओली र प्रचण्ड निवास दुवै जेनजी आन्दोलनको क्रममा जलाइएको थियो ।

२३ भदौमा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु हुँदा ओलीले नै सरकारको नेतृत्व गरेका थिए । गृहमन्त्री भने कांग्रेस नेता रमेश लेखक थिए ।

विभागले मुचुल्का उठाएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेको प्रष्ट हुन्छ । अब उनीहरूका रकमको स्रोतबारे अनुसन्धान हुनुका साथैे सरकारमा रहेकाहरूमाथि गोली चलाइएको प्रकरणमा पनि आयोगले छुट्टै अनुसन्धान गर्ने छ ।

अनुसन्धानमा रहेका व्यक्तिको हकमा भने राहदानी रोक्का गर्न सकिने सकिने व्यवस्था छ ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ ।

ऐनको दफा १२ को ९क० अनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, हाततियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोगमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का गर्न पत्राचार गर्नसक्ने व्यवस्था छ ।

९ख० अनुसार यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ भने केही नेताहरूमाथि जेनजी प्रदर्शनमा दमन गरेको घटनामा छानबिनको दायरामा ल्याउने तयारी छ ।

यही अवस्थामा अनुसन्धान गरिरहेका निकायहरूले आवश्यक कारणसहित पत्रकार गरेको अवस्थामा उनीहरूको राहदानी रोक्का हुनसक्ने देखिन्छ । तर अहिलेसम्म भने कसैको पनि राहदानी रोक्का गर्नुपर्ने भन्दै पत्राचार आएको छैन भने कसैको पनि रोकिएको छैन ।

नेपालमा भेटियो छेपारोका दुई नयाँ प्रजाति

नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन्। संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन्।

वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ।

उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए। भट्टराई फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोकै विषय विद्यावारिधि गरिरहेका छन्।

उनका अनुसार ती दुई प्रजाति चुरे (सिवालिक) पर्वतश्रृंखलाबाट भेटिएका हुन्। चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ।

भट्टराईको टोलीले गत जुन/जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो।

मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरको चुरे पर्वतश्रृंखलामा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ।

मुख्य शोधकर्ता सन्तोष भट्टराईको टोलीले विद्यावारिधि अध्ययनका क्रममा सन् २०२४ को जुन–जुलाई महिनामा नयाँ प्रजाति फेला पारेका थिए। उक्त टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालबाट तीन वटा प्रजाति फेला पारी नामकरण गरेका थिए।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारा संसारभरी ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुई सहित जम्मा सात प्रजाति फेला परेको छ। जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन्।

सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको जनाइएको छ।

सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरुले बताएका छन्।

अध्ययनका लागि नेपालका संरक्षणकर्मी सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी छन्।

वरिष्ठ संरक्षणकर्मी करण शाहले भने, ‘उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो। बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवनजन्तुको आहारा पनि हो। त्यसैले यसले समग्र प्रणालीलाई सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र यसको प्रयोग औषधिका रुपमा पनि गरिन्छ।’

गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको योगदानस्वरूप उनकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो।

खोज्नुहोस