जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

द एभरेष्ट पोष्ट
५ साउन २०८३ १४:०४
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

काठमाडौं– विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । हिन्दु सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए ।

सो क्रममा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । त्यसलगतै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरू प्लेकार्डसहित मन्दिरको बाहिर गेटमा बसेका थिए । पार्टी कार्यक्रममा सहभागी जनकपुर जाँदा अध्यक्ष साम्पाङले मन्दिरको दर्शन गर्ने तयारी गरेका थिए ।

मन्दिरबाट आफ्ना कार्यकर्ता लखेटिएपछि अध्यक्ष साम्पाङले मन्दिर प्रवेशमा रोक लगाउने गरि कसैले राजनीति गर्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले श्रमदाताहरूलाई दुर्व्यवहार भएको भन्दै संयमित हुन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस