बाजुरा जिप दुर्घटना : कांग्रेस हुम्लाका वडा सचिव बुढाको मृत्यु

द एभरेष्ट पोष्ट
५ साउन २०८३ १२:२५
बाजुरा जिप दुर्घटना : कांग्रेस हुम्लाका वडा सचिव बुढाको मृत्यु

हुम्ला । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ किउडीमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा घाइते नेपाली कांग्रेस ताँजाकोट गाउँपालिका–५ का वडा सचिव अमरसिंह बुढाको उपचारका क्रममा मृत्यु भएको छ।

लोटपाता निवासी ४० वर्षीय बुढालाई दुर्घटनापछि हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत उद्धार गरी कोल्टी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कांग्रेस हुम्लाका जिल्ला कार्यसमिति सचिव तिलकबहादुर शाहीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अर्का हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढाको पनि उपचारका क्रममा मृत्यु भएको छ। दुवै जनालाई दुर्घटनापछि एम्बुलेन्समार्फत कोल्टी अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार सोमबार साँझ ५ः५० बजे उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो।

सोमबार दिउँसो १ः२५ बजे हिमाली गाउँपालिका–५ स्थित क्युडी–कुवाडी सडकखण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस