बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा छ सय र चाँदीको ८० रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
यता, आइतबार प्रतितोला चार हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार तीन सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
