मदन भण्डारीको जन्मजयन्तीमा एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल

द एभरेष्ट पोष्ट
१३ असार २०८३ १४:११

काठ्माण्डौ- जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।

कार्यक्रमको प्रमुख अतिथिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्। उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने भएका छन्।

विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सह-संयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस