संसद्मा चिप्लिएर लडिन सांसद बसुमाया तामाङ
संघीय संसद भवन परिसरमा चिप्लिएर लड्दा सांसद बसुमाया तामाङ घाइते भएकी छन् ।
उनको खुट्टामा चोट लागेको छ । घाइते भएपछि सांसद तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको छ । उनी संसद भवनमा चिप्लिएर लड्दा खुट्टामा चोट लागेको हो ।
