शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चार विधामा कार्यक्रम सञ्चालन हुने

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:४८
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चार विधामा कार्यक्रम सञ्चालन हुने

काठमाडौं : सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम संचालन गर्ने जनाएको छ।

शुक्रबार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड विनियोजन गरेको बताए।

अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने,विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउने अर्थमन्त्री वाग्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस