कोहलपुरका सुकुमवासी बस्तीमा चल्यो डोजर

द एभरेष्ट पोष्ट
२७ वैशाख २०८३ ७:२३
कोहलपुरका सुकुमवासी बस्तीमा चल्यो डोजर

कोहलपुर २७ वैशाख ।   कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान नजिकको सुकुमवासी बस्तीमा डोजर चलाएको छ। २५ वैशाखसम्म बस्ती खाली गर्न सूचना जारी गरेको नगरपालिकाले शनिबारबाट डोजर चलाएको हो।

नगरपालिकाले सूचना जारी गरेपछि केहीले घर खाली गर्नुका साथै जस्तापाता र घरमा प्रयोग भएका सामान उठाएर लगेको मेयर पूर्णप्रसाद आचार्य ले जानकारी दिए ।

`पहिलो चरणमा खाली भएका घरमा डोजरले भत्काइएको छ । सामान र घर खाली नभए आइतबारदेखि त्यस्ता घरमा पनि डोजर चल्नेछ,´ उनले भने ।

शनिबार झन्डै ५० घर भत्काइएको बताउँदै उनले बस्ती खाली गराउने काम निरन्तर जारी रहने बताए। कोहलपुर नगरपालिका–११, शान्तिनगरमा ७ सय ५३ परिवार बस्दै आएको उनले जानकारी दिए। वास्तविक सुकुमवासीको पहिचान गर्ने काम जारी रहेको उनको भनाइ छ ।

उक्त बस्तीमा नगरपालिकाको स्वामित्वमा २८ बिघा जमिन रहेको छ । त्यहाँ ३० वर्षदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी तथा दलित सुकुमवासी बस्दै आएका थिए ।

`वास्तविक सुकुम्बासीलाई आवेदन दिन भनेका छौँ। निवेदकको वास्तविकता बुझ्ने काम जारी छ,´ मेयर आचार्यले भने।

सुकुमवासीलाई बसपार्कको भवनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस