८.७८ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार एकल अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार करिब ३५ अंकले घटेको सेयर बजार दोस्रो दिन मंगलबार ८.७८ अंकले बढेको हो ।
मंगलबार सेयर ०.३२ प्रतिशतले वृद्धि हुदा नेप्से परिसूचक २७१२.८६ विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम छ ।
मंगलबार तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँबराबरको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भयो । यो ६२ हजार २५ पटक भएको कारोबारबाट भएको हो । जबकी अघिल्लो दिन चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँबराबरको एक करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच भएको थियो ।
बजार सामान्य बढ्दा ३३५ कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य बढेको छ । ९० कम्पनीको सेयर मूल्य घट्दा १६ कम्पनीको मुल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यसदिन सबैभन्दा बढी कमाउने ५ कम्पनीमा अप्पर लोहोर खोला हाइड्रोपावर, सोलु हाइड्रोपावर लि, धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र एनआईसी एसिया ब्यालेन्स्ड फन्ड रहेका छन् । यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्स, सुपरखुदी हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, एनआइसी एसिया ग्रोथ फन्ड–२ र आरबीबी म्यूचुअल फण्ड–१ रहेका छन् ।
