परराष्ट्र मन्त्री र श्रीलङ्काली राजदूतबिच भेटवार्ता

द एभरेष्ट पोष्ट
१० वैशाख २०८३ १७:४९
परराष्ट्र मन्त्री र श्रीलङ्काली राजदूतबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलङ्काकी राजदूत महामहिम रुवान्ती डेलपिटियाबिच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा नेपाल र श्रीलङ्काबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा गहन छलफल भएको हो।

भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयाम, आपसी हितका विषय र विभिन्न क्षेत्रमा हुन सक्ने सम्भावित सहकार्यका बारेमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। राजदूत डेलपिटियालाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री खनालले श्रीलङ्का नेपालको पुरानो र घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गरे।

उनले आगामी दिनमा पर्यटन, संस्कृति र व्यापारिक क्षेत्रमा दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

जवाफमा राजदूत डेलपिटियाले आफ्नो कार्यकालमा दुई देशबिचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउन सक्रिय भूमिका खेल्ने विश्वास दिलाइन्। भेटघाटमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस