धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस गर्न समिति गठन
काठ्माण्डौ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को सिंहरदबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
