रास्वपाको प्रवास विभाग प्रमुखमा बोहोरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त भएका छन् ।
केन्द्रीय सदस्य तथा सांसद बोहोरालाई उक्त पदमा नियुक्त गर्ने निर्णय सचिवालय बैठकले गरेको हो । पार्टी उपसभापति रहेका डीपी अर्यालले उक्त विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
उनी सभामुख पदमा निर्विरोध निर्वाचितसँगै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएपछि विभागको नेतृत्व रिक्त थियो । त्यस स्थानमा बोहोरालाई नियुक्त गरिएको हो ।
