महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष भ्रष्टाचार मुद्दामा प’क्रा’उ
कञ्चनपुर: महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ परेका छन्।
महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय गोपाल रसायलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले विशेष अदालत काठमाडौंको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्दामा फरार रहेका रसाइलीलाई ४ वर्ष कैद सजाय र ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना तोकिएको बताए।पक्राउ परेका रसायलीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुँदै कारागार पठाएको छ।
यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पूर्वअध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ। -अन्नपुर्णबाट
