विपद आउनुअघि नै नियन्त्रण जरुरी : गृहमन्त्री गुरुङ

द एभरेष्ट पोष्ट
१५ चैत २०८२ १६:३४
विपद आउनुअघि नै नियन्त्रण जरुरी : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टसँग छलफल गरेका छन्। प्राधिकरणको कार्यालयमै पुगेर मन्त्री गुरुङले विपद व्यवस्थापनमा विगतमा हुँदै आएका अभ्यासबारे जानकारी लिँदै आगामी योजनाबारे कुराकानी गरेका हुन्।

मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन निर्देशन दिए।

भेटपछि कार्यकारी प्रमुख भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो। विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो।’

गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस