नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको नेता चयन भएका छन् ।
आइतबार बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिटसहित १७ सिट जितेको थियो ।
